साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गुप्त प्रधानका कथाहरूमा अभिघात चेतना

कथाकार प्रधानका कथाहरू यथार्थवादी, अस्तित्ववादी, विसङ्गतिवादी, यौनमनोवैज्ञानिक, प्रतीकात्मक, प्रगतिवादी, व्यङ्ग्यात्मक, दर्शन र विचारपरक आदि जस्ता विषयगत र प्रवृत्तिगत आधारमा वर्गीकरण गरी प्राज्ञिक अध्ययन,अनुसन्धान गर्न सकिन्छ तथापि उनी सामाजिक विषयप्रधान कथा लेख्न रूचाउने एकजना समाज सचेत कथाकार हुन् ।

Chovar Blues Mobile Size

गुप्त प्रधानको कथायात्रा एवम् कथात्मक प्रवृत्ति

कथाकार गुप्त प्रधान ज. ४ जुलाई, १९४५० भारतीय नेपाली समाजले जन्माएका एकजना समाज र समय सचेत कथाकार हुन्। उनको जन्म पूरानाम गुप्तनारायण प्रधान भए पनि साहित्य(समाजमा गुप्त प्रधानको नामबाटै सर्वपरिचित छन्। बहुप्रतिभाका धनी श्री प्रधानले नेपाली साहित्यका प्रायः सबै जसो विधाहरूमा धेरथोर आफ्नो पौरखी कलम चलाएको भए पनि उनी मूलतः सामाजिक कथाकारका रूपमा नै नेपाली साहित्य आकाशमा परिचित छन्। सन् १९६९ सालमा जनदूत ९वर्ष(५, अङ्क(६०(मा ‘बनिदेउ’ शीर्षक कविता छपाएर साहित्यमा प्रवेश गरेका श्री प्रधानको प्रथम प्रकाशित कथा भने सन् १९६९ सालमा दार्जीलिङको शारदेश्वरी कन्या उच्च विद्यालयको वार्षिक पत्रिकामा एकजना विद्यार्थी दुर्गा राईको नाममा ‘एक अपराधीः एक सयपत्री’ शीर्षकमा प्रकाशित कथालाई मान्छन् । तथापि उनको आफ्नै नाममा प्रथम प्रकाशित कथा भने ‘समर्पित फूल’ हो जुन कथा चन्द्र शर्माको कुशल सम्पादनमा प्रकाशित हुने अस्तित्व ९पूर्णाङ्क(११, सन् १९७३०(मा प्रकाशित भएको देखिन्छ । यसरी आफ्नो असली नामबाट ‘समर्पित फूल’ शीर्षक कथा प्रकाशन गरी नेपाली कथा साहित्यमा प्रवेश गरेका कथाकार प्रधानको कथालेखन यात्रा आजसम्म पनि अनवरत् रूपमा सक्रिय रहेको देखिन्छ।

गुप्त प्रधान

कथालेखनका सुरूका दिनहरूमा आफू केही हतोत्साहित बनेको समयमा चन्द्र शर्माले आफूद्वारा सम्पादित अस्तित्व पत्रिकामा एक व्यक्तिः सात कथास्तम्भअन्तर्गत समर्पित फूल लगायत प्रेम, सहर रातको शयलभित्र, गल्ली र सडक, जब मान्छेको अनुहार हराउँदै जान्छ, उमेरका लेघ्राहरू शीर्षक कथाहरू प्रकाशित गरी उनको नव उदीयमान कथाकारको लेखन क्षमताप्रति विश्वास र भरोशा राखेर मलजल थपिदिएको कुरा विराम चिन्हहरू कथासङ्ग्रहको आफ्नै पक्षका कुरामा सहर्ष स्विकार गरेका छन्। अतः सन् सत्तरको दशकदेखि कथा लेख्न थालेका कथाकार प्रधानका हालसम्म चारवटा खाइलाग्दा कथा सङ्ग्रहहरू मान्छे मान्छेकै बस्तीभित्र (१९८०, अक्षरै अक्षरको सहर (१९९३, विराम चिन्हहरू(२००२, र समयका प्रतिविम्बहरू (२०११ शिरोनामित कथाकृतिहरू प्रकाशनमा आइसकेका छन् । यी चारवटा सङ्ग्रहमा २५,२२, १४ र १७ गरी जम्मा ७८ वटा कथाहरू सङ्गृहीत छन् । यसका अतिरिक्त असम्झौता९ वितर्क, अङ्क(२०, बाध्यता अघित्लिरको दुई मुहारहरू नवनिर्माण, वर्ष (१, अङ्क (१०, आफ्नै प्रतिविम्ब नालाको पानीमा अङ्गालो, वर्ष १, अङ्क १०, पछिल्तिर छोडिएको जिन्दगी ,विपश्यना, वर्ष(१, अङ्क(१०, प्रेमको दुई पक्ष (रत्नश्री, वर्ष(११, अङ्क ६०) आदि शीर्षक कथाहरू विभिन्न समसामयिक साहित्यिक पत्रपत्रिकाहरूमा प्रकाशित भएको जानकारी पाइन्छ।

आजसम्म कथाकार गुप्त प्रधानका कथासाहित्यको अध्ययनविश्लेषण गर्ने क्रममा प्रा. शान्तिराज शर्मा, प्रा. सुजाता रानी राई, डा.कविता लामा, डा. वीणा हाङखिम, जय क्याक्टस्‍, शरद् छेत्री, सुधीर छेत्री, डा. राजकुमार छेत्री, प्रा. सञ्जय विष्ट, प्रा. नवीन पौड्याल, श्री भानु छेत्री, शोधार्थी विनुपा राई, सुरेन्द्र चामलिङ, जमुना छेत्री, सरोज राई, रक्षा सुब्बा आदिले कथागत प्रवृत्ति तथा शिल्पवैशिष्ट्यको आधारमा धेरथोर अध्ययन(अनुशीलन र मूल्याङ्कन गरेका पाउँछौँ । अतः कथाशिल्पी गुप्त प्रधानका कथाहरूलाई अध्ययनविश्लेषण सुविधाका निम्ति विषयगत र अभिव्यक्तिगत प्रस्तुति र विशेषताका आधारमा यस प्रकार स्थूल रूपमा वर्गीकरण गरी प्राज्ञिक तहबाट अध्ययन अनुसन्धान गर्न सकिन्छ । विषयगत प्रवृत्ति वा प्रस्तुतिका आधारमा सामाजिक सांस्कृतिक यथार्थपरक कथाहरू, रतिराग र यौनजन्य मनोविश्लेषणात्मक यथार्थपरक कथाहरू, विसङ्गतिवादी र अस्तित्व चेतनामूलक कथाहरू, प्रगतिवादी चेतनामूलक कथाहरू, वैचारिक र दार्शनिक दृष्टिचेतका कथाहरू, प्रतीकात्मक र व्यङ्ग्यमूलक कथाहरू, अभिघात चेतनामूलक कथाहरू तथा अभिव्यक्तिगत प्रस्तुति र प्रवृत्तिको आधारबाट वस्तु शिल्पसंरचना, पात्र योजना, परिवेश योजना, रूपविन्यास र दृष्टिविन्दु प्रयोगगत आधारमा उनका कथाहरूको गहिरो अध्ययनअनुशीलन गर्न आवश्यक रहेको देखिन्छ ।

sagarmani mobile size
डा. राजकुमार छेत्री

कथासर्जक प्रधानका प्रायः सबै जसो कथाहरू सामाजिकता प्रधान अर्थात् सामाजिक यथार्थपरक नै छन् । उनले आफ्ना प्रायः सबैजसो कथाहरूमा आफू बाँचेको समाज र समयलाई निकै गम्भीरतापूर्वक अवलोकन गरेका छन्। अधिकांश कथाहरूमा पारिवारिक र सामाजिक जीवनको चित्रण, पारिवारिक कलह र उतार चढाव, हर्ष अमर्ष, मिलनविछोड आदि जस्ता बाह्य आन्तरिक द्वन्द्वको चित्रण पाइन्छ। अतः सामाजिक –सांस्कृतिक विषयवस्तुहरूमा केन्द्रित रहेका कथाहरूमा प्रेम, मान्छे मान्छेकै बस्तीभित्र, सह्य असह्य, निर्णयको स्वतन्त्रता, तलामाथिको पाइला छापहरू, मेरो घर, मूल्य, विपरित दिशा, दिशा दान, मयार्दाको खोजमा, हिसाब गडवडिएको जिन्दगी, गल्लीका खाली पयरहरू, आवश्यकता। फेरि अर्को आवश्यकता, तिरस्कृत प्रतिविम्बहरू, आफ्ना आफ्नै बैठकहरू, भीडमा हराएको अनुहार, अर्द्ध विराम, खेल्न पर्ने एउटा नाटक, संसारको स्वाद, टाइम पास, आदि शीर्षक कथाहरूलाई सफल दृष्टान्तका रूपमा अघि सार्न सकिन्छ। सोही प्रकार यौनजन्य रतिरागात्मक अर्थात् यौनमनोविश्लेषणपरक कथाहरूमा कालो घोडा, जङ्गली घोडा, प्रेम, समर्पित फूल, मूल्यहरू, आफ्नै खोजका कस्तुरीहरू, अमूर्त प्रेम यात्रा, कागजको गुड्डी, लेटर बक्स्, ऐनाबाट यौवन ओझेल परेपछि,, समान्तर रेखाहरू, हिसाब गडबडिएको जिन्दगी, सारस उभिने नदी तट, विपरीत दिशा प्रभृति शीर्षक कथाहरूमा प्रेम, यौन र रतिरागभावका विभिन्न पक्ष र प्रसङ्गहरूको प्रस्तुति पाइन्छ। कतिपय पारिवारिक सामाजिक बाध्यता र विवशताले जान अन्जानैमा वेश्यावृत्ति अपनाएका, अपनाउनु बाध्य तुल्याइएका समाजका ठूला भनाउँदाहरूले पदको दुरूपयोग गरी गरिब र असाक्षर मानिसहरूलाई आर्थिक, शारीरिक शोषण गरेको, यौन शोषण र दुराचारका कारण समाजमा उत्पन्न भएका विभिन्न समस्याहरूको चित्रण यी कथाहरूमा अत्यन्त कोमल र कलात्मक ढङ्गमा प्रस्तुत गरिएको पाइन्छ।

कथाकार प्रधानका केही केही कथाहरू सामाजिक,आर्थिक,राजनैतिक विसङ्गतिलाई केन्द्रिय भावभूमिमा राखेर दार्शनिक परिपाटी अप्नाइ अस्तित्वचिन्तनप्रधान कथाहरू समेत सिर्जना गरेको देखिन्छ। उनका यस दृष्टिचेतका कथाहरूमा खोलाहरू यसरी बग्दैछन्, मृत्युको क्रस, एउटा नयाँ छोरोको प्रतीक्षामा, एउटा रेखा कोर्ने प्रयासमा, मान्छे काँसको मूर्ति, ड्याण्डिलायनका फूलहरू, नयाँ वर्ष, सेल्फ पोट्रेट, मृत्युको मूल्याङ्कन, विद्रोहको छाल वाध्यताको प्रतिरोध, उमेरका लेघ्राहरू, गाइनेले छोडेर गएको सहर, कञ्चनजङ्घा, कथाको कथा आदि शीर्षक कथाहरूलाई दृष्टान्तका रूपमा लिन सकिन्छ। यी कथाहरूमा विचारको गहिराइ र जीवनप्रतिको गहिरो चिन्तनको अभिव्यक्ति पाइन्छ। जीवन सधैँ विसङ्गतिपूर्ण छ तर पनि हामी सङ्गतिको खोजमा सदैव लागि परेका छौँ । अतः यी कथाहरूमा विभिन्न प्रकारका प्रतीकहरूको प्रयोगको माध्यमबाट जीवनको अस्तित्व र विसङ्गत जीवनका विभिन्न पाटाहरूहरूको गहिरो अध्ययन,अन्वेषण गर्न खोजिएको भेटिन्छ। प्रधानका प्रायः सबैजसो कथामा प्रेमका विविध पक्षहरू, प्रेम र यौनजन्य मानसिक, वैचारिक बाह्य,आन्तरिक द्वन्द्व तथा यसबाट उत्पन्न विभिन्न समस्याहरू चित्रणका साथसाथै कथामा युगीन विसङ्गति, अनिश्चितता र अन्योलता, विद्रुपता र विध्वंशता, निस्सारता र नैराश्यता, सफलता र असफलता, विष्मय र आर्तनादहरू, अभाव र अपूर्णता एवम् पलायनवृत्ति र लाचारीपन आदि जस्ता पक्षहरूको यथार्थ चित्रण अङ्कन गरिएको भेटिन्छ। यसै क्रममा मान्छे मान्छेकै बस्तीभित्र शिरोनामित कथामा प्रगतिवादी दृष्टिचेत तथा चिन्हारीको पराकाष्ठा, आवरणले छोपिराखेको मान्छे, त्राहि माम्, ट्राफिक जाम, अर्द् विराम, खोलाहरू यसरी बग्दैछन्, प्रभृति कथाहरूमा द्वन्द्व र युद्घका नकरात्मक प्रभावहरूले गिजोलेको सामाजिक,मानसिक र वैचारिक स्थितिहरूलाई अत्यन्त मार्मिक र यथार्थढङ्गमा प्रस्तुत गरिएको छ । वस्तुतः यस किसिमका कथाहरूलाई अभिघात सिद्धान्त अर्थात् अभिघातिक चेतनाका दृष्टिकोणबाट अध्ययन, विश्लेषण गर्न उपयोगी हुने हुँदा यस सिद्धान्तका आधारमा कथाकार प्रधानका केही कथाहरूको संक्षेपमा अध्ययन गर्ने धृष्टता गरिएको छ ।

साहित्य लेखनमा अभिघात चेतना र यसको प्रयोगः

भय र आतङ्कबाट उत्पन्न हुने शारीरिक एवम् मानसिक विचलनका अनेक स्थितिहरू हुन्छन् , त्यही स्थितिलाई अभिघात शब्दले बोध गर्दछ। यो एक प्रकारको पक्षाघातको, विचलनको, अन्तुलनको, विस्मृतिको स्थितिमा पुग्ने अवस्था हो। भट्टराईः २०६४स् २२६० यसले शारीरिक क्षति र असन्तुलनलाई मात्र नबुझाएर मानसिक, वैचारिक र मनोवैज्ञानिक अवस्थालाई समेत बुझाउँछ। वर्तमान समयमा अभिघात शब्दले एउटा व्यक्तिले भोगेका मानसिक आघातदेखि लिएर सामूहिक वा सार्वजनिक जीवनसम्मलाई स्पर्श गरेको देखिन्छ। अतः यौनदुराचारी र विभिन्न प्रकारबाट यसको शिकार बन्न पुगेका मानसिक रोगीहरू लगायत सबै प्रकारका आघातभोगीहरूलाई यसै सिद्धान्तअन्तर्गत राखेर अध्ययन,विश्लेषण गर्न सकिन्छ। अभिघात सिद्धान्तको विशेष अध्ययनले मानिसले दैनन्दिन जीवनमा भोगेका अनेक दुःख र पीरका, सन्त्रास र संकष्टका विभिन्न अवस्थाका अभिघातक मानसिकताका कारणहरू बुझ्नमा महत्त्वपूर्ण सहयोग गर्दछ। वास्तवमा यस सिद्धान्तलाई मानवमनोविज्ञानकै अध्ययनको एउटा परिपाटीको रूपमा हेर्न सकिन्छ। आज विश्वका धेरैजसो उच्च शैक्षिक अध्ययन संस्थानहरूमा साहित्य सिर्जना र समालोचना क्षेत्रमा अभिघात सिद्घान्तलाई लिएर र यसका परिणामहरूबारे पठनपाठनका साथसाथै विविध प्रकारले अध्ययन,अनुसन्धान हुँदै आइरहेको जानकारी पाइन्छ।

युद्धसाहित्य वास्तवमा भनौं नै भने एकप्रकारको पीडालेखन पनि हो, जहाँ ती दुःख र भयप्रद मानिसले भोगेका र अनुभव गरेका त्रासद स्थिति, आतङ्क, विध्वंश, पीड़ानुबोध, असुरक्षा भावना तथा अवसाद र वेदनाका अभिव्यक्ति बढी मात्रमा प्रस्तुत हुन आउँछ। यसले सदैव पीडा, मृत्युचेतना र अन्तर्वेदनालाई साथ दिन्छ। युद्धले सिर्जना गरेको अभिघातिक अनुभूतिलाई अन्य कुराहरूले भन्दा साहित्यले नै बढी सुरक्षित राख्न सक्छ। घात, प्रहार, चोट, धक्का, आर्तनाद, वेदना आदि जस्ता अर्थ सम्प्रेषण गर्ने शब्द अभिघातले बाह्य र आन्तरिक दुवै अवस्थामा प्रभाव पार्छ। वास्तवमा आन्तरिक भयकै कारण मानिस धार्मिक, आर्थिक, वैचारिक, मानसिक, मनोवैज्ञानिक र सांस्कृतिक अभिघातको सिकार हुन पुग्छ। अभिघात, संङ्घात, आघात वा व्याघातका नामबाट परिचित हुन सक्ने यो चिन्तन समालोचना चिन्तनका क्षेत्रमा अभिघात सिद्धान्तका नामबाट आजको समालोचना साहित्यजगतमा परिचित बनेको छ। (सुवेदीः२०६८, पृ। १४१० ) वास्तवमा मानसिकलाई कुनै पनि प्रकार चाहे त्यो मानसिक रूपमा होस् चाहे त्यो शारीरिक रूपमा चोट पुर्‍याउने किसिमको पीडा नै अभिघात हो। अतः अभिघातले हिंसा, भय,त्रास, सन्त्रास, ताडना र करूणाका आन्तरिक र बाह्य दुवै अवस्थामा अत्यन्त गहिरो प्रभाव पारेको हुन्छ ।

भारतीय नेपाली साहित्यमा पनि हाम्रो देश, राष्ट्र वा समाजमा विभिन्न सन्त्रास, संकष्टमय र भयप्रद स्थितिमा परेका ज्यान बचाउन आफूखुशी भागेको र जबरजस्ती भगाइएका, उत्छेद गरिएका, सताइएका, हराएका र हराइएका अनेकौं जवान छोराछोरी, अनाहकमा थुनिएका र वेपत्ता पारिएकाहरू , विस्थापित भइ गाउँ शून्य पारेर गएकाहरूका त्रासद अनुभव र अनुभूतिका बिम्बाङ्कन कतिपय कथाउपन्यासकृतिहरूमा देख्न पाइन्छ। यस किसिमका आख्यानकृतिहरूको अध्ययन,अनुशीलन र मूल्याङ्कन गर्नमा अभिघात सिद्धान्तले मात्र मनग्य सहयोग गर्दछ। हाम्रा दाजुभाइहरू हिजो भोटको लडाईँ देखिलिएर दुइदुइवटा विश्वयुद्ध र यसका अतिरिक्त फोकल्याण्ड, पाकिस्तान, चाइना र कारगिलसम्मका क्षेत्रहरूमा विभिन्न समयमा विभिन्न प्रकारका लडाईंहरू गर्दै आएको जीवित इतिहास हाम्रो अघि दृष्टान्त स्वरूप छ। त्यी युद्धका कारण र परिणामहरू इतिहासका पन्नाहरूमा अवश्यै सुरक्षित रहेका छन् तर हाम्रो जातीय साहित्यमा भने त्यी कुराहरू अति थोरै मात्र लेखिएका छन् भन्न सकिन्छ। कैयौं हाम्रा पुर्खाहरूले भोगेका अनेकौं त्रासद घटना र त्यसको इतिहास यसै ओझेल पर्दै गए, भयप्रद साङ्घातिक कथा,व्यथाहरू हाम्रो सम्झनाबाट बिस्तारै बिस्तारै हराउँदै गए किनभने ती घटनास्थितिहरूको कारण र परिणामहरूबारे साहित्यमा धेरै धेरै कुराहरू लेखिनुपर्थ्यो तर लेखिएनन्। ( भट्टराईः २०६४ ) २३३०हिजोदेखि आजसम्म विश्वमा विभिन्न प्रकारका युद्धहरू जस्तो गृहयुद्ध, शीतयुद्ध, जनयुद्ध, जातीय चिन्हारीको निम्ति लडिएको युद्ध आदि जस्ता युद्धहरू जे जति जुनजुन रूपमा सम्पन्न भए वास्तवमा त्यी सबै नै घातक सिद्ध भएका छन्। वास्तवमा युद्ध कहिल्यै टुङ्गिँदैन अर्थात् टुङ्गोमा पुग्दैन तर निर्दोषहरूमाथि अतिक्रमण गरी शत्रुत्व बढाइरहने किसिमका हुन्छन्।

गुप्त प्रधानका कथाहरूमा अभिघात चेतना

देशविदेश वा विश्वमा भएका ठूलठूला महासमर मात्र होइन तर आफ्नै देश र राज्य अर्थात् आञ्चलिक तहमा समेत हामीले थुप्रै साना(ठूला युद्धहरू, लडाईँ र आन्दोलनहरू लड्यौँ । अरूसित भन्दा पनि हामीले आफ्नै दाजुभाइसित धेरैवटा घरेलु युद्धहरू पनि लड्यौँ। हामीले लडेका त्यी विभिन्न प्रकारका घरेलु युद्धहरूमा सफलतापूर्वक धेरै जना आफ्नै दाजुभाइ र दिदीबहिनीहरूलाई शक्तिशाली शत्रुहरू बनायौँ र त्यी आफ्नै अनुहारका तथाकथित शत्रुहरूसित एकार्कामा सकेजति युद्धहरू लड्यौं। एकार्कालाई ध्वस्त पार्न दुवैतिरकाले धेरै प्रकारका विभिन्न कलाकौशल सिक्यौँ, धेरैवटा जुक्ति र षड्यन्त्रहरू रच्यौँ र अरूलाई पनि यस्ता विभिन्न षड्यन्त्र रचाउने काममा प्रेरित गरिरह्यौँ । आफ्नै सन्तानलाई काट्न,मार्न, घरगाँउबाट उत्छेद गर्न जान्यौँ र संसारका अरू सम्पन्न जातजातिकाहरूलाई हामी काटमार र आफ्नै दाजुभाइका घर, पुस्तकालय, पाठशाला जलाएर आगो ताप्ने जातिमा हामी श्रेष्ठ छौँ भन्ने किसिमको परिचय दिन सफल भइरह्यौँ । बरू यस्तो परिचय दिने काममा अरूलाई छोडेर आफूअघि हुने काममा लागिरह्यौँ तर आफैआफ ध्वस्त, विध्वस्त भएर सम्पूर्णरूपमा एकार्कामा मासिँदै र सकिँदै गएको समेत थाहै गरेनौँ ।

तल्लो घरकाले माथिल्लो घरकाहरूलाई, बाबुले छोरालाई, दाजुले भाइलाई महाशत्रु ठानेर मार्ने अनेकौं जुक्ति निकाल्यौँ, निकालिरयौँ र आफूआफू सकेसम्म सफल हुने कोसिस गरिरह्यौँ र तथाकथित सफल भएको अंहकारबोधले कुवाको भ्यागुताझैँ फुलियौँ। आफ्नै दाजुभाइका पुर्खौंदेखि बसिआएको भरलाग्दा , मायालाग्दा घरहरू, आफू पढेको, बढेको स्कूल र पुस्तकालयहरू जलाएर आगो ताप्यौँ। खै आजसम्म त्यी पुर्ख्यौली घरहरू, स्कूल र पुस्तकालयहरू जलेर बनेका कोइला र खरानीहरू महँगो दाममा बिकेको पनि केही थाहा भएन। हामीले अकल्पनीय रूपमा भौतिक सम्पत्तिको मात्र विनाश गरेनौ तर मानसिक, वैचारिक र सांस्कृतिक(आध्यात्मिक आदि जस्ता सबै विकास शक्तिको समेत आफ्नै अघि आफैले सर्वनाश गर्‍यौँ। त्यसताक विभिन्न कारणले हजारौंले अनाहकमा ज्यान गुमाए, जल्ने चिजहरू जले तर इतिहासका बन्द किताबमा भन्दा हृदयको गहिराइमा गएर त्यी आतङ्कमय र भयप्रद अवस्थाका जिउँदो तस्वीरहरू कहिल्यै नमेटिने गरी लेखिएका छन्। त्यसताक हाम्रो समाज प्रतिशोधको ज्वालामा निकै दन्कियो, फोस्रो आडम्बर, शत्रुता, उन्माद र अन्धताको ढडेलोमा निकै होमियो तर आफ्नो बलबुता सबै सर्वनाश भएपछि आफू उभेको धरातल निकै कमजोर भइसकेको समेत थाह गर्‍यौँ । त्यसताक आपस्तमा लडिएको लडाईँ विजय र सफलतामा होइन तर भय(त्रास, क्षय(विनाश, पीडा र मृत्युमा गएर टुङ्गिन्छ भन्ने कुरा त्यसबेला कसैले पनि थाह गरेनौं । बरू मसीले लेखिएको अक्षरहरू कुनै समय मेटिन सक्लान् तर रगत र आँसुले लेखिएका पीडा र वेदनाका अक्षरहरू भने मान्छेको मनबाट हत्तपत्त मेट्न सकिँदैन। ती सङ्कटमय दिनहरूलाई आत्मसात् गरी चाहे जति अभिघातका कथाहरू हाम्रो भारतेली नेपाली साहित्यमा लेखिएनन् । तथापि आजभोलि अभिघातीय अनुभूतिले भिजेका केही सिर्जनात्मक साहित्यहरू देखा पर्न थालेका छन्।

हाम्रै भूभागमा बासस्थान, जातीय अस्तित्व र चिन्हारीको निम्ति लडिएको युद्धमा पनि हामीले नजिगबाटै सुरक्षा र ऐन(कानुनको अन्त्य भएको, दैनन्दिन अपहरण, हत्या र हलात्कार, धम्की र उच्छेद र तथाकथित विरोधी मानिएका वा विरोधी ठानिएका मानिसहरूका घरहरूमा आगो झोस्ने शृङ्खलाहरू निरन्तर रूपमा भइरहे। कति कति निर्दोष जनताहरूले अनाहकमा ज्यान गुमाए, कति अङ्गभङ्ग र घाइते भए र कति भने विस्थापित र पलायित समेत भए । कतिको सिन्दुर पुछियो, कति बाब(आमाले आफ्नो एक्लो सन्तान गुमाए। त्यसताक प्रत्येक गाउँ र शहरमा मानवता र आफ्नोत्व शून्य भए पनि भय र त्रासको जगजगी थियो। दिनोदिन ऐनकानुन, शान्तिसुरक्षा, शैक्षिक,आर्थिक, धर्मअध्यात्म तथा नैतिकताका बन्धनहरू मक्किन्दै र चुडिँदै गएपछि स्वच्छ र पवित्र गाउँघरमा समेत लुटपाट अन्यायअत्याचार, पलायन र निराशा, आपसी रिसइबी, चन्दाको आतङ्क, विस्थापन, दोहोरो भिडन्तमा निर्दोष मानिसहरू त्रास र आतङ्कको हावा खाइरहेका थिए । आपसी रिसइबीको पहाड दिनप्रतिदिन झनझन अग्लिएर गइरहेको थियो। कतिकति निरपराध मानिसहरू अपराधमा वा अपराधिक गतिविधिमा सामेल भए। अपहरण, मानसिक अभिघात, ईर्ष्याद्वेष, वैमनस्य, अमानवीय पीडा र विक्षोभका शारीरिक अभिघातका कथाहरूमा मनोवैज्ञानिक, प्रतीकात्मक, व्यङ्ग्यात्मक तथा उपहासात्मक त्रासदीको तिख्खर अनुभूति पाइन्छ। राजनीतिप्रेरित गुण्डागर्दीको बढ्दो आतङ्क, सामाजिक विसङ्गति र विकृतिको सग्लो चित्रण, निर्दोष र निरपराध विस्थापित गाउँलेहरूको कन्दनमय आर्तनादको बादलले गाउँ र सहर ढम्म ढाकेको घटनास्थिति र परिवेशको ज्वलन्त प्रस्तुति पाइन्छ ।

कथाकार गुप्त प्रधानका कतिपय कथाहरू आफ्नै आँगनमा घटेका कथाहरू जस्तो यथार्थ जीवन अनुभवमूलक छन्, समसामयिक चेतना र अभिघात द्वन्द्वचेतनाले अभिप्रेरित भई तिख्खर प्रकृतिका छन्। उनका एकाध कथाहरूको वस्तुविषय हाम्रा आफ्नै घरआँगनका, आफन्त र छिमेकीका, आफ्नै शाखासन्तान, दाजुभाइ,दिदीबहिनी तथा बाबुछोराहरूले ती काला दुर्दान्त कष्टका दिनहरूमा भोगेका तनाव र अवसादका अर्न्तवेदना र अमानवीय पीडा, आर्तनादका, यातना र साङ्घातिक हमलाका, क्षतविक्षत जीवनआदर्शहरू पलायनवृत्तिले विक्षिप्त मानसिकताका तथा जीवन र मृत्यु सङ्घर्षका , अमानवीयता र संवेदनहीनताले पराकाष्टा नाघेका कथाहरू हुन्। उनका यस किसिमका कथाहरूमा मानसिक आघातका गहिरा चोटका खाटाहरू छन्, जो चाहेर पनि कहिल्यै निको हुन सक्तैनन्। सन् अस्सीको दशकमा विशेष उद्देश्यलाई अघि राखेर गरिएको हाम्रो जातीय अन्दोलनको सकरात्मक प्रभावभन्दा नकरात्मक प्रभाव समाजको सबै तहमा प्रत्यक्षपरोक्ष रूपमा परेको देखिन्छ। प्रत्येक घटना,दुर्घटनाको परिणाम, दुषपरिणाम घटना घटेकै समयमा भन्दा केही समयपछि अझ टड्कारो भएर देखा पर्ने गर्छ । साधारण जनमानसमा भन्दा सर्जकहरूलाई अलिक बेग्लै किसिमले गहिरो रूपमा प्रभाव पारेको हुनाले यसै अनुरूप त्यी सर्जकहरू आफ्ना सिर्जनाहरूमा प्रस्तुत हुने गर्छन्। त्यस समयको जन आन्दोलनले जातीय हीत र सामूहिक स्वार्थलाई आफ्नो महत् उद्देश्यभित्र समेट्न खोजेको भए पनि व्यक्तिगत स्वार्थ, अदूरदर्शिता र बलियो नेतृत्वको अभावको कारण आन्दोलन आफैंमा सिमित र व्यक्तिकेन्द्री हुँदै गयो। आन्दोलनको नाममा हामीहरू आफैआफ नासिने,मासिने, टुक्रिने र भत्किने काममा निरन्तर लागिरह्यौँ । अतः सामूहिक स्वार्थभावले गरिएको आत्माचिन्हारी र जातीय अस्तित्वको लँड़ाई भए पनि यसले जन्माएको बेरोजगारी र अनिश्चितता, अन्योल र अराजकता, निर्ममता र बर्बरता, नृशंसता र अमानवीय विभिन्न प्रकारले मानसिक आधात सृष्टि गरेर बौद्घिक दिवालीयपनको मात्र परिचय दिने काम हुन सक्यो ।

कथाकार प्रधानका खोलाहरू यसरी बग्दैछन्, पराकाष्ठा चिन्हारीको, ट्राफिक जाम, अर्द्धविराम, त्राहि माम्, आवरणले छोपिराखेको मान्छे आदि कथाहरूको वस्तुस्रोत हाम्रो जातीय आन्दोलन र आन्दोलनको नाममा भए,गरेका विभिन्न अमानवीय र अपराधिक गतिविधिहरूले क्षतविक्षत र तहसनहस बनाएको आन्दोलनकालीन समय र आन्दोलनपछिको दार्जीलिङे नेपाली समाजलाई बनाइएको भेटिन्छ। पराकाष्ठा चिन्हारीको कथामा छ्यासीको आन्दोलनले साधारण निर्दोष जनतालाई अनाहकमा आफ्नै दाजुभाइ र राज्य प्रशासनबाट सताएको, उनीहरूले आफूखुसी सास फेर्नसमेत नपाएको उकुसमुकुस स्थिति, अत्यन्त जोखिमपूर्ण र सम्वेदनशील समयको यथार्थ चित्रण अङ्कन गरिएको छ। जातीय अस्तित्वको निम्ति गरिएको आन्दोलनको बाहाना आफ्नै दाजुभाइमा काटाकाट र मारामार, व्यक्तिगत स्वार्थ, रिस,इबी बोकेर कति निर्दोषहरूलाई गाउँघरबाट उच्छेद गरिएको, भौतिक सम्पत्तिको मात्र होइन र शारीरिक र मानसिक रूपमा पनि विभिन्न प्रकारका सन्त्रास र आघात बेहोर्नु परेको समयको प्रतिविम्ब र प्रतिध्वनि यस कथामा पाइन्छ । कथामा कथाकारको यस अन्योलपूर्ण परिस्थिति र गतिविधिबारे यस किसिमको टिप्पिणी रहेको देखिन्छ, ‘निर्ममता, निर्दयता र बर्बरताले जति उचाई टेक्न सक्यो उति नै यो आन्दोलनले सफलता हासिल गरेको मान्यतामा नै सबै सन्तुष्ट छन्।हो रहेछ, आगोले मान्छेको साइनोलाई नचिन्दोरहेछ। त्यसकारण, कतै रातो ता कतै हरियो चश्मा लगाउँदै आफ्नैहरूको घर र सम्पत्ति अधिक मात्रामा जलाउन र ध्वंश पार्नुलाई नै आन्दोलन भनिने गरिएको यो निर्ममतापूर्वक कौतुकहरूको खेलमा मान्छेको संवेदनशीलता जति पनि सबै नै फाँडिएको छ। वीरता प्रदर्शन भइरहेछ घरिघरि हाम्रो मुलुकमा एउटाको खुकुरीले अर्काको घाँटी पार गरेर। चिन्हारीको खोजमा लागेकाहरू यसरी चिन्हारी प्रकट गर्न उत्सुक छन् वरपर सबैतिर नै।’

यस कथामा मान्छेले मानवता बिर्सेर अमानवीयताको हद नाघेको यथार्थ वस्तुस्थितिलाई अङ्कन गरिएको छ।

कथाकार प्रधानका प्रस्तुत पराकाष्ठा चिन्हारीको कथामा एउटा निरीह र निर्दोष बाबुले आफ्नै छोराको शरीरको मासुसित भात खाँदैछु भन्ने कुरो समेत स्वयंलाई पनि थाहा छैन। कथामा रक्तयुद्धको सन्दर्भ, कारूणिक भयप्रद र बर्बर अभिघातिक दृश्यले कथा बुनिएको छ। प्रस्तुत कथामा आशङ्का, भयत्रास, मानसिक प्रताडना र तनाव, आतङ्कको अन्तिम रूप भेटिन्छ। कथाकार प्रधानले आफ्ना कतिपय कथाको आघातमूलक घटनाको विकास पहिल्याउनमा निकै मेहनत गरेका छन्। उनका कतिपय कथामा राज्य प्रशासनको अकर्मण्यता, रक्तपिपासुहरूको अमानवीयता, बर्बरता र क्रुरता, मानसिक प्रताडना, वैचारिक, शारीरिक र भौतिक क्षय, संवेदनशून्यता अन्धता र पाशविकता आदि जस्ता अत्यन्तै त्रासदकारूणिक एवम् भयाक्रान्त परिस्थितिमा जीवन बाँच्ने इच्छाहरू पनि क्षतविक्षत भएर उठ्नै नसक्ने गरी लडेको वस्तुस्थितिलाई अत्यन्त यथार्थ ढङ्गमा प्रस्तुत गरिएको पाइन्छ। यस कथामा मानसिक पीडा, सन्त्रास र अमानवीयपनले हद नाघेको स्थितिलाई दर्शाइएको छ। कथामा निर्दोष पात्रहरू पनि भय र आतङ्कबाट विभिन्न कारणले सताइएका छन्, पिरोलिएका छन्, पिल्सिएका छन् । आतङ्कमय परिवेशको सिर्जना गरी त्यस चक्रव्यूहमा अनाहकमा ज्यान गुमाउने निर्दोष युवा जीवन र उसको मृत्युतुल्य जीवन बाँचिरहेको उसको वृद्ध पिताले भोगेको कारूणिक, दुःखद, अमानवीय अवस्थालाई अत्यन्त इमान्दारीपूर्वक यथार्थ ढङ्गमा प्रस्तुत गरिएको छ।

गुप्त प्रधानको कथाकारिताको मूल्याङ्कन

कथा सर्जक गुप्त प्रधान सन् सत्तरको दशकदेखि अनवरत् रूपमा कथालेखनमा सरिक रहेका एक सफल सामाजिक कथाकार हुन्। सुरूका कथाहरूमा विषयगत, शिल्पशैलीगत तथा भाषागत आधारमा केही कमी कमजोरीहरू अवश्यै देखापरे पनि पछिल्ला चरणमा लेखिएका कथाहरूमा भने त्यस्ता दुर्वल पक्षहरू त्यति पाइँदैन । यिनको मान्छे मान्छेकै बस्तीभित्र र विराम चिह्नहरू कथा सङ्ग्रहमा पुस्तकको शीर्षकनाम भएको कथाहरू परेका छन् भने अक्षरै अक्षरको सहर र समयका प्रतिविम्बहरू कथा सङ्ग्रहमा शीर्षक बोकेका कुनै पनि कथाहरू समाविष्ट छैनन्। उनका कथागत पात्रहरू सुख र शान्तिको तुलनामा बढी दुःख र पीरमा जाकिन पुगेका छन् भने ती चरित्रहरू नियतिको क्रुर प्रहारले क्षतविक्षत र तहसनहस बनेका छन् । यिनीहरूमा नैराश्य, अन्योलता र आत्मपीडाका साथसाथै आफ्नो अस्तित्व र प्रतिष्ठा रक्षाको अहम्‍बोध छ, यसै अहम्‍बोधको द्वन्द्वले पिरोलिएका छन्, गिजोलिएका छन्, सताइएका छन्।

कथाकार गुप्त प्रधान कथालोखनमा गाउँले जीवन अर्थात् गाउँ –बस्तीको चित्रणभन्दा दार्जीलिङे नागर जीवन र सहरीय परिवेशको चित्रण अधिक रूपमा पाइन्छ। उनको कथाकार व्यक्तित्वको निर्माणमा समेत दार्जीलिङको नागर जीवनले राम्रैसित प्रभाव पारेको कुरो उनका कथाहरूबाट स्पष्ट देखिन्छ । गाउँले जनजीवनको तुलनामा नागर जीवनको कृत्रिमता र देखावटीपन, बढ्दो आपराधिक वृत्ति र दिनप्रतिदिन घट्दो मानवमूल्य र मानवता, स्वर्थपन र स्वकेन्द्रित मनोवृत्ति , समाजमा बिग्रेका र भत्केका , नासिन र मासिन लागेका विविध पक्षहरूको यथार्थ अभिव्यक्ति उनका अधिकांश कथाहरूमा पाइन्छ। आधुनिक समाज र जीवन विसङ्गतपूर्ण छ , मूल्यहीनता र मानवमूल्यको विघटनको जल्दोबवल्दो स्थितिलाई समेत देखाएको छ।

कथाकार प्रधानका कथाहरू यथार्थवादी, अस्तित्ववादी, विसङ्गतिवादी, यौनमनोवैज्ञानिक, प्रतीकात्मक, प्रगतिवादी, व्यङ्ग्यात्मक, दर्शन र विचारपरक आदि जस्ता विषयगत र प्रवृत्तिगत आधारमा वर्गीकरण गरी प्राज्ञिक अध्ययन,अनुसन्धान गर्न सकिन्छ तथापि उनी सामाजिक विषयप्रधान कथा लेख्न रूचाउने एकजना समाज सचेत कथाकार हुन् । मान्छे मान्छेकै बस्तीभित्र र अक्षरै अक्षरको शहर सङ्ग्रहका अधिकांश कथाहरूको शुभारम्भमा भूमिका बाँध्ने, अधिकांश पात्रचरित्रहरूलाई कतिपय ठाउँ लामा लामा र बौद्धिक संवाद बोल्न र साधारण पात्रलाई समेत अनावश्यक विचारको भारी बोकाउने, कथा सङ्ख्याको सापेक्षतामा कथाहरूमा विषयगत र शिल्पशैलीगत विशेषता र कथाको कथ्य प्रस्तुतीकरणमा चाहे जति नवीनता आउन नसकेको देखिन्छ भने विराम चिह्नहरू र समयका प्रतिविम्बहरू कथा सङ्ग्रहमा सङ्गृहीत प्रायः सबै जसो कथाहरूमा विषयगत विविधता र शिल्पशैलीगत नौल्याइ स्पष्ट रूपमा परिलक्षित हुन आएको देखिन्छ। रूपविन्यासगत प्रस्तुति तथा कथानक,योजनाका आधारबाट पनि यस पछिल्ला चरणका कथाहरू निकै खाइलाग्दा र उत्कृष्ट किसिमका देखापर्छन्।

प्रमुख सन्दर्भ विवरणः

१. भट्टराई,गोविन्दराज (२०६४० – उत्तर आधुनिक विमर्श,काठमाडौः मोर्डन बुक्स्
२. भट्टराई,गोविन्दराज र घिमिरे,विष्णुविभु (२०६३० – द्वन्द्व र युद्धका कथा,काठमाडौः मोर्डन बुक्स्
३. गौतम, लक्ष्मणप्रसाद (२०६६० – नेपाली साहित्यमा उत्तर आधुनिक समालोचना, काठमाडौः ओरिएन्टल पब्लिकेसन
४. कोइराला, कुमारप्रसाद (२०६८० – आख्यान विमर्श, काठमाडौः ओरिएन्टल पब्लिकेसन
५. सुवेदी,राजेन्द्र र गौतम लक्ष्मणप्रसाद (२०६८० – सम्पा। रत्न बृहत् नेपाली समालोचना (समालोचना खण्ड), काठमाडौः रत्न पुस्तक भण्डार
६. श्रेष्ठ, अविनाश (२०६४०, सम्पा. आधुनिक भारतीय नेपाली कथा, साझा प्रकाशन, काठमाडौं
७. छेत्री, राजकुमार (२०१३०(सिर्जनाको समावलोकन, दो, सं।, मनमाया प्रकाशन, नागरी चियाबारी, दार्जीलिङ
८. पौड्याल, नवीन (२०११०( आख्यान अनुशीलन, ओरियन इन्टरनेशनल पब्लिकेशन, चन्दननगर, कोलकोता
९. छेत्री, राजकुमार (२०१३०(कृति(आलोकन, मनमाया प्रकाशन, नागरी चियाबारी, दार्जीलिङ

प्रतिक्रिया
Loading...