नेपाली साहित्यमा नारी छन्द शिल्पी – सङ्गम सुधा
नेपाली साहित्यको मानचित्रमा सङ्गम थापाको नाम पनि थपिन पुगेको देखिन्छ। उनको साहित्यिक यात्रा गजल लेखनदेखि सुरू भए पनि अब छन्द अध्येताका रूपमा देखिएकी छन् । उमेरले अहिले उन्नाइस वर्षकी मात्र छन् तर सिर्जनाले उनी परिपक्व देखिन्छिन्।

प्रतिभाशाली कविका निम्ति छन्दमा कविता लेख्नु स्वाभाविक हो। उसका निम्ति छविता लेख्दा छन्द साधक हो बाधक होइन। उसको कवित्वको अन्तर्वेगलाई सन्तुलित रूपमा उतार्न छन्दले सहयोग गर्छ। छन्दमा पनि सशक्त कविता लेख्न सकिन्छ। छन्दका कवतामा पनि सौन्दर्यको अङ्कन गर्न सकिन्छ, क्रान्तिको ज्वाला सल्काउन सकिन्छ, जीवनका अनुभव र अनुभूति अभिव्यक्त गर्न सकिन्छ। छन्दमा पनि भावसंवेगलाई उतार्न सकिन्छ। छन्द कविताको निम्ति बाधक होइन बरू साधन हो, सहयोगी

लकडाउनको समयमा नेपाली छन्द कविताको प्रचार भयो। नेपालबाट छवि वैरागी, देवी नेपाल, रामप्रसाद ज्ञवाली, सुदीपभत्रद्र खनाल छन्दमा सशक्त रूपमा कविता लेख्छन्। भवानी खतिवडाले त झन छन्दमा नै कवितात्मक प्रश्नोत्तरी गर्नसक्छिन्, कवितामा नै सहजै आफ्नो भाव अभिव्क्त गर्न सक्छिन्। श्री दुर्गा छेत्री, दुर्गा रिजाल, जीवनहरि शर्मा, गणेश प्रकाश, माधव वियोगी, कविराज पौड्याल आदि पनि छन्दमा नै सहजै कविता लेख्छन्। अमेरिकाबाट सरू गुरागाइँले छन्दोबन्द कविताको अत्यन्तै मिठो वाचन गरेर यसलाई युवा पुस्तालाई छन्दतर्फ आकर्षित पार्न सफल भएकी छन्। उनको छन्दोबद्ध कविता वाचन साँच्चै श्रुतिमधुर, मार्मिक र लयात्मक हुन्छ। यता भारततिर पनि छन्दमा कविता लेख्नेहरूको अहिले बढ्न थालेको छ। असमका छविलाल उपाध्याय, खेमराज नेपाल, विद्यापति दाहाल, अनुप शर्मा, अघिदेखि नै छन्दमा कविता लेख्ने गरेका छन्। अहिले आएर कालिम्पोङका भानु अधिकारीको त छन्दमा कवितासङ्ग्रह छन्दमञ्जरी प्रकाशित भइसकेको छ। सिक्किमका गोपाल ढकाल, मोहन अधिकारी, टार्जन कट्टेल, प्रकाश भट्टराई, भवानी घिमिरे, चक्रपाणि भट्टराई आदि सक्रिय देखिन्छन्। यता दार्जिलिङ – कालिम्पोङका भानु अधिकारी, विमल खतिवडा, मदना ओझा, मणिराज खनाल, आदि पनि छन्दोमा कविता लेख्न सक्रिय छन्।

नेपाली साहित्यको मानचित्रमा सङ्गम थापाको नाम पनि थपिन पुगेको देखिन्छ। उनी सिर्जनामा सक्रिय देखिन्छिन्। उनको गजल लेखनदेखि सुरू भएर अब छन्द अध्येताका रूपमा देखिएकी छन्। उमेरले उनी अहिले उन्नाइस वर्षकी मात्र छन् तर सिर्जनाले उनी परिपक्व देखिन्छिन्। सानैदेखि साहित्यप्रति रूचि लिएर अध्ययन, सिर्जना गर्दै जानु हुने बिरूवाको चिल्लो पातको लक्षण देखाएकी छन्। उनी साहित्यमा नै रमाउँछिन्, साहित्यकै गफ गर्छिन्। साहित्यकारहरूसित नै संसर्ग गर्छिन्, साहित्यिक कार्यक्रमतिर धाइरहन्छिन्। अहिले आएर उनले कालिम्पोङ महाविद्यालय नेपाली विषय लिएर अनर्समा भर्ना लिएकी छन्। उनले दार्जिलिङ कालेबुङ र सिकिकमतिरका अधिकांश साहित्यकार चिन्छिन्, सम्पर्क राख्छिन्। साहित्यिक कार्यक्रममा कविता वा गजल पाठ गर्छिन्। अनलाइन साहित्यिक कार्यक्रममा रचना पाठ गर्छिन्। आफ्नो बगली खर्चबाट पैसा बचाएर पुस्तक किन्छिन्। पक्का साहित्यकार भएकी छिन्। सङ्गम थापा अब गजलदेखि पन्छिएर छन्दको अध्ययन र सिर्जनातिर लागेकी छिन्। यी सङ्गम थापालाई छन्दप्रति निकै उच्च रूचि जागेको देखिन्छ। उनले अनलाइन छन्द प्रशिक्षण पनि सञ्चालन गरेकी थिइन्। उनी छन्दमा कविता लेख्ढिन, राम्रो वाचन गर्छिन्। छन्दका लय जान्दछिन्, छन्दको मिठासको भेउ पाएकी छन्। अरूका छन्द कविता पढ्छिन, सुन्छिन् र गुन्छिन्।

उनी छन्दमा कविता लेख्न्, छन्दोबद्ध कविता हुँदै अब छन्दको परिचयसहित लक्षण र मौलिक उदाहरणको एउटा पुस्तक तयारी गरेकी छन्- पुस्तकको नाम छन्दारम्भ। साँच्चै भन्नु हो भने नेपाली साहित्यमा छन्द विषयमा कुनै नारीको पहिलो उपस्थिति मान्न सकिन्छ। यसमा उनले एक सयवटा वार्णिक छन्दहरू, पन्ध्रवटा मात्रिक छन् र उनन्तिसवटा लोकछन्दहरूको अध्ययन प्रस्तुत गरेकी छन्। यति धेरै छन्दहरूको सुचीकृत गरी तिनको लक्षणसहित उदाहरण दिइएको छ । यही नै पहिलो छन्द लक्षणग्रन्थ हुनसक्ने सम्भावना देखिन्छ। हामी धेरै पाठकले यहाँ अध्ययन गरिएका धेरै छन्दहरूको नामै सुनेको थिएन। चाहे प्रचलित हुन् वा अप्रचलित हुन्, छन्द भनेको छन्द हो। उनले थाह पाएजति, सुनेजति, जानेजति सबै छन्दको परिचय दिएकी छन्।
यस पुस्तकमा छन्दको छोटो परिचय, छन्दमा प्रयुक्त तकनीकिगत व्यवस्था, लघु गुरू, लक्षण, गण, यति, वर्णानुसारी लक्षण, नियमावली आदि सबैबारे प्रकाश पारेकी छन्। यसका साथै गजलका छन्द (बहर) र शास्त्रीय छन्दको तुलना पनि कुशलतासँग गरिएको छ। छन्दका ससाना तकनीकि, पद्धति आदिको परिचय दिएकी छन्।
यस छन्द लक्षण ग्रन्थले नेपाली कवितामा रूचि लिनेलाई धेरै सहयोग पुर्याउँदछ। यसका साथै बाह्रौं र कलेजस्तरका विद्यार्थीका निम्ति झन उपयोगी सिद्ध हुनेछ। सङ्गम सुधा जस्ती नयाँ पुस्ताले यसरी छन्दको बारेमा यतिको रूचि लिएर अघि आउनु नेपाली साहित्यको शुभदायक कुराको सङ्केत हो।