१. कवि परिचय

कवि इन्द्रकान्त कार्कीको जन्म ०२ जनवरी, १९६० मा सिरुवानी, तेजपुर, असममा भएको हो । तर, पछि गएर ओदालगुडी जिल्लाको हाविगाउँमा बसोबासो भयो । यिनका बुबा रणबहादुर कार्की र आमाको नाम कृष्णमाया कार्की । यिनको शिक्षा विशारदसम्म र हरियाणास्थित अम्बालाबाट कहानी लेखनमा डिप्लोमा कोर्स गरेका हुन् । यिनले माजबाट हायर सेकेन्डरीबाट एइच.एस र तेजपुर कलेजबाट बी.ए सम्म शिक्षा हासिल गरेका हुन्। रसराज एम.ई स्कुलमा हिन्दी शिक्षकका रूपमा जागिरे जीवनमा धान्दै १३ मार्च सन् २०२० मा सेवानिवृत्त हुन्छन्। यिनले केवल कविता मात्रै लेखेनन् यिनले कथा, उपन्यास, नाटक, गजल, गीत आदि पनि लेखे । बाल साहित्यकारका रूपमा पनि चिनिए । सिनेमाको पटकथा पनि लेखे। चित्रकारका रूपमा पनि चिनिए। असमिया, साद्री र हिन्दी भाषामा पनि लेखे । गीत गाए पनि । यिनले लेखेका गीतहरू निकै चर्चित पनि भए । गुवाहाटी रेडियोको नेपाली विभागले उनलाई गीत लेख्न प्रोत्साहित गरेको हो।

उनका गीतहरू रेडिओ सहितै दूरदर्शनमा पनि प्रसारण भएका हुन् । पहिलो हिन्दी भिडिओ एलवम ‘दिल के अरमान’ सन् १९९४ मा लोकार्पण भएको हो। अरू गीति एल्बमहरू यस प्रकार छन् (कालो कोठीले ९१९९, जुन छुने रहर ९१९९, परेली ९१९९, मिरमिरे ९१९९, मायाको कोसेली ९१९९, सपोन कुँवरी २००२, असमिया०, यो मन २००५, भिसिडी एलवम , तिम्रो कसम २००५, नतुन शताब्दी असमिया, परदेशी २००४, रुमाल हरायो २००६ , रुमाल भेट्टियो २०१४, होला कि फेरि भेट , नतुन शताब्दी असमिया आदि । चाइनाबोर्डर हिन्दी चलचित्र, २०१४ यस चलचित्रको स्क्रीप्ट राइटर कार्की थिए भने यस चलचित्रका दुइटा गीत कार्कीले लेखेका थिए । जुनेली र जुन छुने रहर( गीति एल्बम तयारीमा छ। प्रायःजसो गीति एल्बममा सङ्गीत कृष्ण मिजारको रहेको छ । सन् २०१३ मा अखिल असम गोर्खा कलाकार संघ जन्म भएको थियो । यसका प्रतिष्ठापक सभापति इन्द्रकान्त कार्की थिए । सन् २०१५ मै कार्कीको अगुवाइमा असममा पहिलोपटक ‘गोर्खा टेलेन्ट शो’ आयोजन भएको हो । असमका कुना(कुनामा रहेका विशेषगरी नृत्य र गीतमा दक्षता भएका गोर्खा युवक(युवतीहरूलाई यस क्षेत्रमा अघिबढाउने उद्देश्य लिएर यस टेलेन्ट शो को सुरुवात भएको थियो ।

कार्कीले कविता लेख्न थालेका सन् १९७८ देखि नै हो । हाइस्कुल पढ्दादेखि नै उनले लेख्न थालेका हुन्। तर, उनको पहिलो रचना कथा हो । ‘विचार करिव कोनेरु’ कसले विचार गर्छन् असमिया कथा ‘सेउजी’ असमिया पत्रिकामा छापिएको हो । यसरी नै कथाबाट लेखन यात्रा सुरु गरेर कवितामा बढी रमाउने कार्कीले लामो समयदेखि कविता लेखनको अभिज्ञता बोकेर अरू अरू कृतिहरू पनि प्रकाशित गरे। कार्कीका प्रकाशित कृतिहरू पनि यहाँ उल्लेख गरिएको छ। साइनवोर्ड असमिया कथा सङ्ग्रह, १९८९०, महफिल(ए(गजल हिन्दी गजल सङ्ग्रह,१९९०, सरबजानर अतिथि असमिया बाल उपन्यास,१९९०, अभिव्यक्ति कविता सङ्ग्रह, १९९२, महासागरर गर्भत असमिया बाल उपन्यास, २००२, मेरा केही एकाङ्कीहरू एकाङ्की सङ्ग्रह, २००६०, मेरा द्वि सहस्राब्दका कविताहरू कविता सङ्ग्रह, २०१४०, मेरा द्वि सहस्राब्दका कविताहरूलाई ‘आंनि नैरोजा माइथाइनि खन्थाइफोर’ शीर्षकमा तासीराम वसुमतारीले सन् २०१९ मा बडो भाषामा अनुवाद गरेका छन् । नेपाली पुस्तक बडो भाषामा अनुवाद हुनु हाम्रालागि गौरवको विषय हो । सम्पादन क्षेत्रमा पनि केही काम गरेको थाहा लाग्छ । युगसाथी, हरिहर, साहित्य सुवास, अकनिर रोदाली असमिया आदि पत्रिकाहरू सम्पादन गरेका हुन्। थुप्रै एकाङ्की र पूर्णाङ्क नाटकहरू असमका विभिन्न ठाउँमा मञ्चस्थ भएका छन् । ती पूर्णाङ्क नाटकहरू यस प्रकार छन् ( भुल १९७८, प्रतिशोध असमिया र नेपाली दुवै भाषामा, १९७९, काश्मीरको कलि १९८०, जेठो छोरो १९८१, आतङ्क १९८२, डेलि बजार एभेक्सन १९८३, एकमुठी आवाजको हत्या १९८५,जदुपति असमिया, १९८६ आदि ।

कृष्णनील कार्की (असम)

पुरस्कार र सम्मान पनि निकै प्राप्त गरे । फुलचान्द जयदेव खाण्डेलबाल संहति पुरस्कार, असम २०१३, असम नेपाली नाट्य सम्मेलनबाट नाट्य प्रभाकर २०१० जस्ता गरिमामय पुरस्कारहरूले उनी पुरस्कृत भएका हुन्। असम प्रेस करेसपन्डेन्टस युनियनबाट सन् २०१० मा अभिनन्दित पनि भएका हुन्। ६१ वर्ष उमेरमा सन् २०२१ को २३ जुलाईका दिन तेजपुर चिकित्सा महाविद्यालयमा उनको देहान्त भयो।

२. विषयप्रवेश
इन्द्रकान्त कार्कीको ‘मेरा द्वि सहस्राब्दका कविताहरू’मा ४५ वटा कविता सङ्कलित छन् । गोर्खा उन्नयन परिषद्, असम प्रकाशक रहेको यस पुस्तकको मूल्य ६० रुपियाँ रहेको छ । कुनै कविताको शीर्षकबाट कृतिको नामाकरण नगरेर कविले द्वि सहस्राब्दको समयावधिमा कविताहरू लेखेका हुनाले नामाकरण पनि समयावधिलाई समेटेर राखिएको पाइन्छ । कविताका शीर्षकहरू प्रतीकात्मक, अभिधात्मक रहेका पाइन्छन् । शीर्षक र कथ्यका बिच अन्तस्सङ्गति भने रहेको छ ।

३. मेरा द्वि सहस्राब्दका कविताहरूको अध्ययन

विशेषगरी समयबारे सिद्धान्तवादी कविता कोर्ने कार्कीले आफ्ना वैयक्तिक भावना, समाजका विडम्बना, आध्यात्मिक चेतना, विश्वायनका विसङ्गति आदिका चित्रणका माध्यमबाट युगीन यथार्थको प्रकटीकरण गरेका छन्। विषयवस्तुगत विविधताको कसीमा यस कविताकृतिलाई यसरी हेर्ने प्रयास गरिएको छ(

३.१ समय चेतका कविता

समय गतिशील छ। यो आफ्नै गतिमा प्रवाहमान छ। बितेको समय कहाँ जान्छ कसैलाई थाहै नै हुँदैन। समय बारे आइन्सटाइनको भनाइ यसखाले छ(यो एक जबर्जस्त भ्रम हो, जो छैन तर छजस्तो लाग्छ। सुकरातको भने समय बारे अर्कै विचार छ(मान्छेले फिटिक्कै बुझ्न नसेको कुरा नै समय हो। हो, पनि समयको महत्त्व बुझेर सकिँदैन । तर, समयको सदुपयोग गरे फल राम्रो मिल्छ, यो कुरा मान्नै पर्छ । त्यसैले हार्भे मेकेले भनेका छन् । समय बारे विभिन्न धारणाहरू छन् कवि इन्द्रकान्तले समय चिर स्थिर र तटस्थ छ भन्ने धारणा राखेका छन् र स्थिर समयका कविताहरू यस कृतिमा सामेल गरिएको छ । कविले अतीत, वर्तमान र भविष्यलाई जाँतो भन्दै मनुष्यलाई एक दाना अन्नसँग तुलना गरेका छन्।

‘’समयको महासागरमा
कसैले चुहाइदिएको
म फगत मनुष्यरूपी एकथोपा पानी
अतीत, वर्तमान, भविष्यतकालहरूको
जाँतोमा पिँधिएको
म केवल एक दाना अन्न । (ईश्वर मान्छे र समय, पृ ९०)

समय समागत छ । अब मुटु र मस्तिष्कले बनिएका मान्छेभन्दा ठेला उठेका हातले मात्र विपन्न मानवतालाई बचाउनु सक्नेछ भन्ने भावना पनि कविले व्यक्त गरेका छन् ।

मान्छे अब हातमा रूपान्तर हुने
समय आएको छ।
हो हात।
केवल हात
गर्भबाट उम्रिएको
जरा जस्तो हात। (हात, पृ २२०)

कति समयसम्म अब रहला पृथ्वीमा मान्छे । पृथ्वी त मान्छेकै थियो, तर मान्छे हुन सकेन पृथ्वीको। दिनौँ पृथ्वीलाई ध्वंस पार्नेमा लागिरह्यो मान्छे। समयलाई आफ्नो मुठीमा राख्न खोज्ने मान्छे समयको खाडलमा हराउन धेरै दिन

बाँकी छैन अब,
‘यो पृथ्वी त मान्छेको थियो
तर मान्छे हुन सकेन पृथ्वीको
पृथ्वी त जीउँदो रहने छ
मृत्यु हुनेछ ।सम्पूर्ण एक पृथ्वी मान्छेको
कति समयको नाता होला अब
मान्छे र पृथ्वीको। (नाता-मान्छे र पृथ्वीको, पृ ५५०)

समयको गर्भभित्र रहस्य नै रहस्य छ। कहिल्यै जानेर सकिँदैन। खोज, अध्ययन जारी छ। कवि पनि समयको गर्भभित्र पसेर चिहाउने प्रयासमा छन्। सृष्टिको रहस्य, कालचक्रको सूचीपत्र केही कतैबाट खोज्ने, जान्ने प्रयासमा छन्,

‘एकदिन अवश्य म जानेछु
महासमयको गर्भभित्र
त्यो पुरातन महाइतिहास
अध्ययन गर्न, जहाँ लेखिएको छ(
सृष्टिको असल रहस्य
कालचक्रको सूचीपत्र
महासमयको गर्भभित्र ।’ (महासमयको गर्भभित्र, पृ ५८०)

समयभित्र नै सबैथोक छ। सृष्टि, ध्वंस सबै नै समयको गर्भभित्र छ। जति जे छन् कोही पनि समयको परिधि नाघेर बाहिर जान सक्तैनन्। समयको अन्त पनि छैन आदि पनि छैन समय चिर अनन्त छ। सबैथोक मासिए पनि समय मासिँदैन, सबैथोक निख्रिए पनि समय कहिल्यै निख्रिँदैन। मान्छेले बनाएका मिनट, घन्टा, महिना, वर्ष, युग केवल देखावटी विभाजन मात्रै हो। यो मानविक इतिहास मात्रै हो। समयको कदापि होइन। विशालता कहिल्यै पनि गतिशील हुन सक्तैन। साँचो भन्नु हो भने समयको कुनै परिभाषा नै छैन। समय केवल समय हो। जो चिर अटल,चिर स्थिर हो। समय बारे यसखाले अभिव्यक्ति व्यक्त गरेका छन् कवि कार्कीले।

‘समयलाई गति दिने
प्रयास नगर तिमी
किनकि,गतिशीलता छैन यो समय
गतिशीलतामा हुन सक्तैन विशालता।’ (समयको परिभाषा, पृ ६१०)

समयभित्र नै सबै बाँचिरहेका छन्। समय बाहिर कोही पनि छैनन्। बितेका भूतकाल, वर्तमानहरू र आउने भविष्यहरूको आगमन र प्रत्यागमन समयभित्रै भइरहेको छ। समयले नै जन्माउँछ सबैलाई अनि निल्छ पनि सबैलाई। समयलाई दाँज्ने र समयलाई उतार्ने कुनै दर्पण छैन। समय अगाडि समय छ, समय पछाडि पनि समय छ, केवल समय छ। समयसित प्रतिस्पर्धामा कोही नै छैनन्। मान्छेले कागजमा लेखेको अथवा लेख्न खोजेको इतिहास समयको इतिहास होइन। कारण इतिहास पुरानो हुन्छ, समय कहिल्यै पुरानो हुँदैन। मान्छेले बनाएको सभ्यता ध्वंशावशेष बन्छ, तर समय कहिल्यै ध्वंशावशेष बन्दैन। युगहरूको परिवर्तन हुन्छ तर समयको परिवर्तन भने हुँदैन। समय समयभित्र विद्यमान छ। समय त त्यो दर्पण हो जसमा विश्वब्रह्माण्डको सर्वस्व प्रतिपल प्रतिबिम्बित भइरहेको हुन्छ। समय सन्दर्भमा यसखाले गहन विचारहरू कार्कीका कवितामा अभिव्यवत भएका छन्,

‘कारण-साँचो र शुद्ध भन्नु हो भने
समयमा समय नै छैन।
समय त चिर स्थिर चिर अटल
एउटा असमय मात्र हो।
हो, समय स् एउटा असमय मात्र हो।’ (एउटा असमयको कविता, पृ ७३०)

३.२ प्रकृतिपरक कविता

कवि कार्कीले पनि आफ्ना कविताहरूमा प्रकृतिको सजीव चित्र उतारेका छन्। रुखहरूको व्यथा कोरेका छन्, माटाको मर्म बुझेका छन्। मान्छेको अत्याचारले माटो बन्दैछ कङ्किट, प्रकृति दिनौँ मासिएको छ। प्रकृतिलाई चिरफार गरेर फराकिला बाइलेन सडकहरू बनिएकै बनिए छन्। पृथ्वीको अस्तित्व जोगाउन, प्रकृतिको अस्मिता बचाउन माटो चाहिएको छ भन्दै कविले मानव जातिलाई कवितामा सर्तक वाणी सुनाएका छन्,
‘यहाँ त माटोलाई नै अझै

माटो चाहिएको छ(पृथ्वीको अस्तित्व जोगाउन
प्रकृतिको अस्मिता बचाउन।’ (माटो खोज्दै माटो, पृ ५००)

प्रकृतिको हरचिजमा रहस्य लुकेको छ। हर चिज नै प्रकृतिका निम्ति उपकारी हुन्छ। केवल हरियाली पातहरूमा मात्रै नभएर पतझडको उजाड छातीमा पनि वसन्तको आभास हुन्छ। यस्तै विचार पनि कवितामा पोखेका छन् कवि कार्कीले,

‘नगर हेंला
प्रकृतिको पतझडलाई
पतझडको उजाड छातीमा
वसन्तको आभास हुन्छ।’ (नगर हेला, पृ ५६०)

प्रकृतिमा हर चिज आफ्नै धुनमा रमाएका छन्। प्रकृति सधैँ सुन्दर शान्त छिन्। केवल उनले हामीलाई दिएकी छिन्। अनि हामीले उनको ममतामयी छातीमा केवल प्रहार गरेका छौँ। आफ्नो खाडल आफै खनेका छौँ। दिनौँ अन्धकार खाडलभित्र धावमान भएका छौँ।

‘मानव मात्र भयो
प्राकृतबाट झरेर अपभ्रंश
चिनेन आफूलाई हो भनी
प्रकृतिको अभिन्न अंश।’ (अपभ्रंश, पृ ६९०)

३.३ आक्रोशका कविता

जनताहरू पसिनामा नुहाएर भोक(तिर्खामा दिन व्यतीत गरिरहेका छन्। जनताको पक्षमा उभिएका हुँ भन्ने नेताचाहिँ हरेक खाले सुख सुविधा भोगिरहेका छन्। पाउनेलै पाइरहेको छ नपाउनेको हरिबिजोग छ। मध्यभोगी र सुविधावादीहरूको पञ्जामा राष्ट्रतन्त्र आबद्ध भएको छ। देशका साधारण नागरिक सधैँ असम्मानित र श्रीहीन छन्। माटोहीन, घरहीन, अन्न(वस्त्रहीन भएर बाँचिरहेका छन् पराधीनझैँ। स्वाधीन राष्ट्र तर भ्रष्टाचारीहरूको अधीनमा छ। आक्रोश यसरी नै जन्मिन्छ। कार्कीका कविताहरूमा पनि आक्रोशको स्वर मुखरित भएको छ।

‘यो राष्ट्रलाई
मेरो एउटा प्रश्न छ
यो देशका मानिसमा गन्ती नआउने
मान्छेहरूको भन अवस्थान कहाँ छर ।’ (अवस्थान, पृ १२०)

भोकातुर मान्छेलाई भोकको परिभाषा सोधेर जिस्काउनु हुन्न। किनकि भोगवादी र गरिबहरूको भोकको पार्थक्यमा आकाश(पातालको फरक हुन्छ। भोगवादी त भोग लगाउनुमा भोकाएको हुन्छ। उसलाई साग र सिस्नु अथवा निस्तो भात र सुख्खा रोटीको स्वाद थाहा हुँदैन। उसलाई त भोगका नौला र विलासी सामानहरू चाहिएको छ। भोग लगाएर रमाउनुमा। तर, एउटा भोकातुर गरिबले भोकाएको बेला जे पनि खान सक्छ। भोक जसका लागि महाकाल बनेको छ, भोक नै समस्या बनेको छ, भोक नै सत्य हुनपुगेको छ भोकातुरलाई भोक लागेको बेला, भोकले त्राहित्राहि पारेको बेला छेउमा परेको जे पनि खाइदिन सक्छ। हो, भोगवादीहरूका विरुद्ध आक्रोशको आवाज कवितामा उठाएका छन् कवि कार्कीले,

‘न जिस्काऊ भोकातुर मान्छेलाई
भोक कस्तो हुन्छ भनेर
आकाश(पातालको पार्थक्य छ
तिम्रो र उसको भोकमा।’ (भोक, पृ ३००)

विद्रोह दमन गर्न राजसत्ता अघिदेखि नै तयार छ। अघि पनि विद्रोह दमन गरेको इतिहास छ, अहिले पनि त्यही इतिहास दोहोराउने प्रयासमा छ। सामन्ती र राजसत्ताको विरोध गर्जिएको आवाजलाई स्तब्ध बनाउनुमा व्यस्त छन्। विद्रोहको राँको बोकेर हिंडेका हातहरूलाई पङ्गु मानिस बनाउनुमा तयार छन्। तर, जति नै हातहरूलाई गिँडे पनि हातहरू उम्रिन छोडेका छैनन्। उनीहरू धरतीको कठोर छातीमा जताततै अद्भुत रुख बनेर, रुखका पातका ठाउँमा पालुवा हालेर उम्रिँदैछन्। संसारका चारैकुनामा बिस्तारै फिँजारिँदैछ हातहरूले सृष्टि गरेको एउटा अरण्य। विद्रोही हातहरू अधिकारको विरोधमा विद्रोह गर्न तयार छन्। गिडिएका हातहरू एकत्रित भएर अभेद्य अरण्य बनाउनुमा जुटेका छन् अहिंसक विद्रोही भनेर। कवि कार्कीले यसरी पनि आक्रोशको स्वर ओकलेका छन् ,

‘जसलाई उनीहरूले
विद्रोही हात भनेर गिडेका थिए
ती पुनर्जीवित भएर मच्चाउन तयार छन्
शाश्वत् अधिकारीको विद्रोह।’ (हातको विद्रोह, पृ ६७०)

युद्ध कहिले सकिँदैन। संसार रहुन्जेल मान्छेको मान्छेसँग युद्ध चलिरहन्छ। मान्छे नै मान्छेको शत्रु भएपछि युद्ध पनि आफ्नै गतिमा चलिरहन्छ। कुरुक्षेत्रहरूझैँ महासमरहरू पनि त्यसै लडिएका थिएनन्। समानताको नाममा, पुँजीवादको नाममा, आतङ्कवादको नाममा, जेहादको नाममा युद्धहरू चलिरहेकै छन्। जे नाम दिए तापनि युद्ध गर्ने र गराउने दुवै मान्छे नै हो। युद्धको नाममा मान्छेको आलो रगतको भल बगि नै रहन्छ। युद्ध कहिल्यै सकिँदैन भनेर कविले आफ्नो अभिव्यक्ति आक्रोशसहित पोखेका छन्,

‘युद्धको नाम जे भए पनि
युद्धको नाम जे राखे पनि
युद्ध त मान्छेले मान्छेसँग
गर्नुपरेको छ।’ (युद्ध कहिले सकिँदैन, पृ ७५०)

कर्म गरेर बाँचेको मान्छे कहिल्यै नाङ्गो हुँदैन। उसले आफ्नो अधिकार भेटेको हुँदैन अथवा ऊ सधैँ लाञ्छित, प्रताडित भएको हुन्छ। तर आफ्नो स्वाभिमानमा बाँचेको हुन्छ। बरु भोकातुर छन्, बेघर छन्। भौतिक अधिकार खोसिएका छन्, सधैँ हेपिएका छन्, थिचिएका छन्। नाङ्गा भुतुङ्गा भएर बाँच्न विवश छन् तर नाङ्गा भएर पनि नाङ्गा छैनन्। तर, कतिपय धूर्तहरू भोग विलासमा दिनरात डुबेका छन्, गरिबहरूको अधिकार लुटेर मोजमस्ती गरेका छन्। उनीहरू धनीमानी भएर पनि न्यायको दृष्टिमा गरिबभन्दा पनि अधिक नाङ्गा छन् भनेर यसखाले व्यक्तिप्रति आक्रोशित भएर कविले काव्य वाण प्रहार गरेका छन्,

‘गरीबको दुख-दर्द बुझ्दैनन्
उनीहरू मूल्यवान पोशाक
पहिरेर पनि न्यायको दृष्टिमा
गरीबभन्दा अधिक नाङ्गा छन्।’ (सबभन्दा नाङ्गा मान्छे, पृ ५१०)

३.४ जीवनसँग सम्बन्धित कविता

जीवन सन्दर्भमा सबैको आआफ्नो विचार हुन्छ। कसैले जीवन एउटा यात्रा भनेका छन् भने कसैले जिउनुको नाम नै जीवन भनेका छन्। कसैले अनुभवलाई जीवन भन्न खोजेका छन्। कवि कार्कीले पनि जीवन सन्दर्भमा आफ्ना विचारहरू कवितामा पोखेका छन्। जीवनलाई एउटा घटना भनेका छन्। एउटा दुर्घटना। एउटा संयोग भन्दै नैरश्यमय पहाडको नाँघ्न नसक्ने एउटा नाङ्गो पहाड जीवन हो भन्न खोजेका छन्। आफ्नो प्रेयसीको लासलाई विवशतासहित निहालिरहेझैँ अथवा सर्वस्व हारेको जुवाडेझैँ घोलिरहेको जीवन नै कविको जीवन रहेको कुरा कवितामा उल्लेख गरेका छन्,

‘आफ्नो प्रेयसीको लास विवश निहालिरहे झैं
सर्वस्व हारेको जुवाडे झैं घोलिरहेको छु
जिन्दगी नामको आफ्नो जिन्दगीलाई ।’ (जिन्दगी नामको मेरो जिन्दगी, पृ १५०)

स्पर्शले पनि उजागर हुनसक्छ जीवनको गुढतम् रहस्य। जहाँ स्पर्श छ त्यहाँ जिन्दगी छ, जहाँ जिन्दगी छ त्यहाँ स्पर्श छ। सूर्यको सुनौला किरणहरूले जब स्पर्श गर्छ धरतीलाई तब प्राणीमा जीवनको जागृति हुन्छ। पानीको स्पर्शले मरुभूमिमा हरियाली ल्याउन सक्छ भने ढुङ्गामा पनि उम्रन्छ ममताको लेऊ। छिनो र ढुङ्गाको स्पर्शले निर्माण हुन्छ अमर इतिहासको। कलम र वाद्यको स्पर्शले अमर कृतिको सृष्टि हुन्छ भने वाणी र वाद्यको स्पर्शले सुमधुर गीत,सङ्गीतको जन्म हुन्छ। त्यसैले जीवनमा स्पर्शको छुट्टै महत्व रहेको कुरा कवितामा व्यक्त गर्न खोज्छन् कवि कार्की।

‘जहाँ स्पर्श छ,त्यहाँ जिन्दगी छ
जहाँ जिन्दगी छ,त्यहाँ स्पर्श छ।’ (स्पर्श, पृ ३२०)

जीवनको ढोका नै विचित्रको छ। आउँछु भन्दैमा आउन सकिँदैन अथवा जान्छु भन्दैमा जीवनलाई त्यागेर जान सकिँदैन। अथक प्रयास गरेर मात्रै जीवनको ढोका उघार्ने ताल्चा पाउनु सकिन्छ। तर, धेरैजसोले ताल्चा पाएर पनि जीवन ढोका उघार्न जान्दैनन्, सक्दैनन्। जीवनको कारागारमा धेरैजसो मानिस थुनिएका हुन्छन् असहाय कैदी बनेर। जीवनभरि सङ्ग्राम गरेर मात्रै कोही एकजनाले जीवनको ढोका उघार्ने अवसर पाउँछ। तसर्थ धेरै कष्ट गर्नुपर्ने हुन्छ जीवनको ढोका उघार्न भन्नखोजेका छन् कवि कार्कीले,

‘जिन्दगीभरि सौभाग्यको
प्रतीक्षा गरेर तर लाखौंमा एकजना मात्र हुन्छ
सौभाग्यवान अनि उसले मात्र उघार्छ
जिन्दगीको ढोका।’ (जिन्दगीको ढोका, पृ ६२०)

लक्ष्य हासिल गर्नु भनेको जीवनको प्राप्ति हो। जीवनमा सबैको आ(आफ्नो लक्ष्य हुन्छ। लक्ष्य प्राप्तिको निम्ति विजयी मनोभाव लिएर अघिबढ्दै जानुपर्छ। पथ दुर्गम छ। दुर्वलभएर जीवनको लक्ष्यछेउ पुग्न सकिँदैन। हताश हुनु हुँदैन। आफूभित्र अपार शक्तिलाई जगाएर जीवन पथमा अघिबढ्दै जानुपर्छ। अवश्य पनि प्राप्त गर्न सकिनेछ जीवनको लक्ष्य। यस्तै विचार व्यक्त गर्दै कवि कार्की भावी पिँढीलाई जीवन पथमा सबल र आत्मविश्वासी भएर अग्रसर हुन आह्वान गर्दछन्।

‘जति जति तिमी अघि बढ्दै जानेछौ
त्यति ,त्यति दुर्बलता र पराजयहरू
शक्ति र विजयमा
रूपान्तर हुँदै जानेछन् तिमीभित्र।’ (दुर्बलता नै शक्ति हो, पृ ३५०)

उनको प्रमुख स्वर आशावादी रहे ता पनि जीवन विवशताको चित्रण पनि कविताहरूमा पाइन्छ। सायदै उनले भोगिआएको आफ्नै कथा पनि हुन सक्छ। एउटा लामो समयसम्म भेन्सर स्कुलमा शिक्षकता गर्दै अवकाशको केही वर्षअघि मात्रै स्कुल सरकारीकरण हुनु अथवा भनौँ लामो समयसम्म साहित्य सेवामा लीन भएर उचित मर्यादा नपाउनु जस्ता कारणहरूले पनि जीवन विवशताको चित्रण कोर्न बाध्य बनाएको होला। गीत, कविता, नाटक, कथा लेखनमा विशेष दखल भएका कार्कीका रचनाहरूमा जीवनका विभिन्न पक्षको चित्रण सहितै जीवन विवशताले पनि ठाउँ पाउनु एकजना नेपाली सर्जककै आत्मकथाझैँ होला। धनवानहरूको मान(इज्जत(प्रतिष्ठा सबैथोक नै समाजमा छ, उसको जयजय मयमय अवस्था छ। तर एउटा सर्जक मूल्यहीन भएको छ, समाजमा। उसले उचित मर्यादाका लागि सङ्घर्ष गर्नुपरेको छ।

‘साँच्चै मूल्यहीन भएँछु आज म
तिम्रो यो आधुनिक समाजमा।
तिमीले कसरी कसरी धन कमायौ
मूल्य छ तिम्रो, मैले कसरी कसरी कविताहरू रचें
तर मूल्य छैन मेरो।’ (मूल्यहीन म, पृ ४००)

मानवताका कविता स् प्रत्येक मान्छेको अन्तस्करणमा सुप्तरूपमा बसेको हुन्छ मानवता। तर, दानवीय प्रवृत्तिले मानवतालाई थिचेर होला मानवतामा स्खलन आएको। मानव भएर पनि मानवताको पक्षधर नहुनु मानवकै लागि अभिशाप हो। अथवा मानवले मानवताको परिभाषा नै ठम्याउन नसकेर होला कि। मानवता भनेको त्यो फूल हो जुनचाहिँ मरूभूमिमा पनि फुल्छ सक्छ, भीर(पाखा, ढुङ्गा अथवा युद्धको मैदानमा पनि मानवताको फूल फुल्न सक्छ। मानवता अमर छ। अमर छ र नै पृथ्वी विद्यामान छ। कतिपय दानवहरू मानवताको विरोधमा खडाहुँदै मानवता निख्रिने होइन। मानवताको पक्षमा जोडदार विचार व्यक्त गर्दै कवि कार्कीले सबैले आ(आफ्नो हृदयको कुनामा मानवताको प्रतीक ठानेर विश्वासको हरियो दुबो रोप्न आह्वान गर्छन्।

‘आऊ
हामी सबैले
आआफ्ना हृदयको
एक एउटा कुनामा रोपौं
विश्वासको हरियो दूबो
मानवताको
प्रतीक
ठानेर।’ (मानवताको प्रतीक, पृ ८००)

मान्छेमा शुद्धता आउनु जरुरी छ। मान्छे शुद्ध नभएर नै होला पृथ्वीको कोमल हरियो वक्षमा रक्तगङ्गा बगेको छ हर युगमा। मान्छे अशुद्ध भएर नै होला दिनौँ ध्वंस भएका छन् मन्दिर, मस्जिदहरू। दिनौँ सभ्यताको विकास भएर चरम सीमा नाघिसकेको छ। तर, शुद्धताको खाँचोले गर्दा धर्म, राजनीति, साम्यवाद अथवा घोर मौलवादको जाँतोमा पिसिरहेको छ। पतित भएको दिनौँ मानवता। मानवताको पक्षधर कविमा अशुद्ध मान्छेहरूप्रति क्षोभ छ। अशुद्ध मान्छेले रचना गरेको साहित्य पनि अशुद्ध नै हुन्छ भन्न पनि पछि हटेका छैनन् कवि कार्की।

‘मान्छे अशुद्ध हुनाले नै
ध्वंस भएका छन् यहाँ मन्दिर, मस्जिद
पतित भएको छ मानवता ।’ (अशुद्ध मान्छे, पृ ७१०)

उपसंहार :

विषयवस्तुगत आधारमा ‘मेरा द्वि सहस्राब्दका कविताहरू’ शीर्षक काव्यकृति गतिलो छ। भावगत आधारमा पनि कविताहरू निकै बलिया छन्। कृति एउटै भए पनि यसबाट भिन्नाभिन्नै स्वाद चाख्न सकिन्छ। यस कृतिमा भएका कविताहरूले कविलाई जिउँदो बनाएर राख्नेछ भन्ने कुरामा द्विमत नहोला । मान्छेको सुप्त चेतना पुनर्जाग्रत गराउनसक्ने खालका कविताहरू यस कृतिमा रहेका छन् । जाति र समाजले भोगेको यथार्थलाई कविताका विषयवस्तु बनाएका छन्। अग्रगामी चेतनाहरू कवितामा भित्रिएका छन्। मिथक, प्रतीक, बिम्बहरूको प्रयोग कवितामा भएको देखिन्छ। बिम्ब र प्रतीकमा कविले व्यङ्ग्यचेतना प्रखर, नवीन र कलात्मक तरिकाले भित्रिएका छन्। कविता लेखनमा कवि स्वच्छन्द छन् र भावनालाई पूर्णरूपले पस्किन कवि सफल भएका छन्। वैचारिक दृष्टिले शक्तिशाली कवितामा कलापक्ष पनि उत्तिकै सबल छ। कविताहरू सारगर्भित मार्मिक भावपूर्ण छन्। अग्रगामी सामाजिक परिवर्तनको पक्षधर कवि कार्कीका काव्यचेतले भावी पिँढीलाई परिवर्तनशील मानवतावादी समाजको दर्पण भने पक्कै देखाएको छ ।

विशेष धन्यवाद : कृष्ण मिजार, टीकाराम कार्की, नेत्र कट्टेल, गोपाल काश्यप र टङ्क कार्की