नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच विमला निरौलाका “ओथारो बसेका सपनाहरू” र “काव्य पराग” नामक दुई कृतिहरूको लोकार्पण गरिएकाे छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा समाजकी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्व तथा प्रा.तुलसी दिवसको प्रमुख आतिथ्यमा कृतिहरूको लोकार्पण गरिएको हो ।
समालोचक डा. शान्ति माया गिरी तथा साहित्यकार दामोदर पुडासैनिले विमोचित पुस्तकहरूमाथि समालोचकीय मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि प्रा. तुलसी दिवसले कृतिहरूमाथि आफ्नो विचार राख्दै आगामी कृतिका लागि समेत शुभकामना व्यक्त गर्नुभएको थियो ।
दुबै कृतिको सम्पादनलगायत प्रकाशनको सम्पूर्ण कार्य रमेश दाहालले गर्नुभएको थियो । कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल माइलाको शुभकामना मन्तव्य नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले वाचन गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका विभिन्न पदाधिकारीहरूको समेत उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रन्जना निरौलाले गरेकी थिइन् भने गीता मैनालीले स्वागत मन्तव्य राखेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।