
युएई / अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमितिले शुभकामना आदान-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली टोपी दिवसको समेत अवसर पारेर शनिबार साँझ जूममार्फत आयोजित अनलाइन कार्यक्रमा उपस्थित समाजमा आबद्ध व्यक्तित्त्वहरूबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदन-प्रदान गरिनुका साथै विभिन्न साहित्यिक सर्जकहरूले रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रममा कौशिकी साहित्यिक मासिक पत्रिकाका सम्पादक तथा साहित्यकार चेतनाथ धमला, समाजका केन्द्रीय उपाध्यक्ष डा. स्वामी कृष्ण, समाजका युएई राष्ट्रिय कार्यसमिति सल्लाहकार तथा गजलकार जे. सागर, कवि डि.जि. शर्मा, समाजका युएई राष्ट्रिय कार्यसमिति उपाध्यक्ष विष्णु प्याकुरेल, महासचिव श्री भवानी नेपाल, प्रवक्ता राजेशराज गड्तौला, कवि गङ्गा भण्डारी, कवि सुमित्रा सुमी, कवि पदम आचार्य लगायतले शुभकामना मन्त्तव्यका साथै आ-आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।
समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्य र कौशिकी साहित्यिक मासिक पत्रिकाका सम्पादक तथा साहित्यकार चेतनाथ धमलाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका युएई राष्ट्रिय कार्यसमिति अध्यक्ष मेघराज धमलाले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष घिमिरेले स्थापना भएको छोटो समयमै युएई राष्ट्रिय कार्यसमितिले देखाएको सक्रियताप्रति आभार प्रकट गर्नुभएको थियो ।
समाजका अन्य राष्ट्रिय कार्यसमिति भन्दा युएई समिति पृथक र उत्कृष्ट बन्दै गएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यसले अझै परिणाममुखी कार्यहरु गर्दै जाने र लोकप्रियता हाँसिल गर्दै जाने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।
समाजका युएई राष्ट्रिय कार्यसमितिका अध्यक्ष धमलाले शुभकामना मन्त्तव्यका साथै कार्यक्रममा उपस्थित सबैमा धन्यवादसमेत ज्ञापन गर्नुभएको थियो ।
समाजका युएई राष्ट्रिय कार्यसमितिका महासचिव श्री भवानी नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा समजाका केन्द्रीय महासचिव अर्जुन श्रीले प्रविधि संयोजन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

