अङ्ग्रेजीमा जुवाघरलाई क्यासिनो भनिन्छ । यसको अर्थ हो क्यास इन्, नो आउट । त्यसैले त्यो भवनभित्र क्यासचाहिँ सजिलै लान सक्नुहुन्छ । तर ‘नो आउट’ – भन्नाले बाहिर लानचाहिँ मुस्किल पर्ला है !
जुवाघरलाई संस्कृतमा धुतभवन भनिन्छ । जुन भवनले तपाईँको घर, खेत, दराजको पैसा, इज्जत, मानप्रतिष्ठा, घर, परिवार, सुख, शान्ति, सबै,,धुत गर्ला ! या तान्ला, पैसा हुँदासम्म तपाईँलाई मान्ला, पैसा सकिएपछि कान्लाँ हुत्त हुत्याउला ! चतुर मान्छेलाई अर्थशास्त्रको अन्धकार संसार क्यास इन्नै इन् भनिकन लख काट्न ढाँट्नै नपर्ने ठाउँ होला !
जहाँ तपाईँले क्यासको धोक्रो बोकेरभित्र पसेपछि तपाईँलाई खोक्रो बनाउने उदेश्यले तपाईँलाई टुलुटुलु टुल्क्याउने टेबुल हुन् | बल्याकज्यक बाक्रा, पोन्टोन, रुलेट, पोकर, मिनिफलस,फलस, पप्लु, हुन । ती सजिसजाउ टेबुलहरुमा पनि किट्टीजस्तो रमाइलो खेलले तपाईँ-हाम्रो झिटी-मिट्टीमा नपुर्याए कसरी रङ्गिएला त ती सुन्दर टेबुलका दृस्यावलोकन ?
चारैतिर ऐनै ऐनाले सजिसजाउ ती सुन्दर पर्खालहरु, हाम्रो मनलाई एकनाश तानिरहने सङ्गीतका तरगङ्हरु पुतलीजस्तै उडी-उडी नाचिरहने सुन्दरीहरु ! रोबोटजस्तै निरन्तर जुवाडेको सेवामा तल्लीन मजदुरहरु र हजारौँ लाखौँका चिप्सहरुका साथमा आफ्ना भाग्य अज्माऊँदै गर्ने नयाँ तथा पुराना घरानियाँ सोखिनहरु ।
भित्र पसेपछि रात र दिन छुटाउन गारो अर्कै संसारको यो सारो चौघेराले धेरैको भाग्य नहेरेको र नफेरेको भए हामीले समाचार र टेलिभिजना घटनाक्रमलाई सायदै क्यासिनो भन्ने नामै कुन चराको होला भन्ने सुनिन्थेन होला कि, अझ गाम्मा त झनै थाहा नै छैन होला हैन र ? नामले पनि काम गर्छ भन्ने बल्ल बुझियो पनि ।
महाभारतमा धृतराष्ट्रले पुत्रमोहमा परी काम, कर्तव्य र अकर्तव्यको मोडमा आफूलाई तोडी धुतभवन जोड्न आफ्ना सेवकलाई “तुरुन्तै लागिपर” भनी तोरंग स्फटिक नामको धुत सभाभवनको तुल्याइहाल” भन्ने आदेश गरे । थोरै दिनरात गरी द्रूत गतिका साथ बनेको धुतभवनमा असङ्ख्य रत्नमणि माणिक्यादि लगायतले झकिझकाउ थियो । त्यसैले त होला नि, ‘अर्कालाई पुर्न खनेको खाल्टाँ आफैँ परिन्छ ‘भन्ने उखान जस्तै – ‘धृतराष्ट्रले त्यही झकिझकाउ भवनको निर्माणार्थ सय भाई छोराको मरण र राज्यको हरणमा चित्तलाई पित्तभित्र थुपारेर बुढा र बुढी मात्रै बाँच्न सफल भए । मान्छेले अर्काको लोभ गर्यो कि लाभसँगै बिलाप पनि भोग्नुपर्छ भन्ने कुरा सबैले जान्नै पर्ने रहेछ ।
करीब पचास वर्षअघि नेपालमा पनि पर्यटकका नाममा राजा महेन्द्रका भाइ हिमालयले सोल्टी होटलमा धुतभवनको पहिलो कूत उठाउने द्रूत गतिले भवनलाई महान् जुवाको मोहनी रूपी परी संसार बनाए । जहाँ लरिवरि धन र मन झरिरहे ….फलिरहे ।
नेपालका दरबारले एक वर्ष चलाएपछि भुटानी दरबारका अर्का सर्दार लेनी दोर्जे नामका दरबारीयालाई एक वर्षसम्म व्यवस्थापनको पदभार ग्रहण गरी आफ्नै देश फर्केका हुन् । तत्पश्चात अर्को एक वर्ष नेपालकै दरबारले सरासर चलाई १९७१ मा हिमालले व्यवस्थापनको पदग्रहणको भार आरडी टटललाई दिएपछि स्टाफ बढाउने , जुवाघर चढाउने , नेपाली सदाउने , नाममा फ्रीमा प्रवेश पाउने नेपालीले २०३६ सालबाट रु. ५० शुल्क तिरी छिरिलिने नियम बसालियो ।
२०४० सालदेखि बाहिर बोर्डमा ‘नेपाली नागारिकलाई प्रवेश निषेध’को जोर्डले अर्को कोड झुण्डाइयो पैसा क्यसिनोले भन्कायो विदेशीले नेपालको नोट थन्कायो । जेहोस् नेपालमा पनि धूतभवनले दरबारको कुत उठाउने बिरुवा फल खाने विदेशी भएर होला, हाङ्गाबिङ्गा, फल, सबै हुर्कीबडी चढ़ी सक्यो, धुतैधुत भवनैभवनको वमनले सात समुद्र वरिपरिको हावासँगै हरियाली छाउन विदेशी व्यवस्थापनको पाउना आए के गर्ने स्वदेशी त नखाएरै, नपाएरै, नलाएरै, सिद्धिएरै सिनित्तै अघाए ।
एक जना ठूला लेखक ‘डेबिड जी स्वार्चले’ रोल द बोन्स’ भन्ने किताबको ‘द हिस्ट्री ऑफ़
ग्याम्बलिङ्ग’ भन्ने शीर्षकमा आधुनिक क्यासिनोको उत्पत्तिको बारेमा भन्छन्, “गणितज्ञहरूले गणितको ब्याख्या नगर्दै जुवाडेले चौका पञ्जा छक्का भनेर जोड़घटाऊ तथा हिसाबको काम सुरू गरे |” उनको भनाइमा बैंकको आविष्कार पनि जुवाले नै गरेको र सातौँ शताब्दिमा चीनमा मुद्राको आविष्कार भए तापनि मुद्रा र बैंकको प्रचार ग्याम्बलिङ्गले गर्दा नै यूरोपमा आएको हो ।
त्यसताका यूरोपमा जुवाका व्यवसायीहरूले चाँडोभन्दा चाँडो ग्याम गराउने र पैसाको पनि चाँडो हारजीत गराउने काममा लाग्दा-लाग्दै मार्केन्टैजले रूलेटको आविष्कार गर्यो । जुवा खेल्ने घरहरू धमाधाम बन्न थाले । १६५० देखि १८०० सम्म त जुवाको बाढी नै आयो । यूरोप जुवामय भयो । त्यहाँ हाम्रो तिहारजस्तो जुवाको स्थान विशेष भयो | राणा कालजस्तो भव्य भयो । त्यसै वर्ष सरकारले लोट्टोको आविष्कार गर्यो र सरकारले जुवालाई व्यवसायीकरण गर्यो ।
उनी भन्छन् “तत्पश्चात यूरोपमा लाइसेन्स प्राप्त घरको स्थापना भयो | यो नै क्यासिनो को सुरुवात हो “। यूरोपमा पनि पहिला पहिला ठूलाबड़ा, राजा महाराजाबाट यस्ता कुराको सुरुवात गराएकै हुन् । जे होस ठूलाबड़ाले हामी जस्ता सस्ता जनतालाई जुवा, तास, सूरासुन्दरीमा र भट्टीमा खट्टी बस्ने बनाई आफू चाहीँ राज्य र सत्ता समाइरहने अनौठो खेलको सुरुवात परापुर्वकालदेखि नै चलेकै रहेछ भन्दा खेर नजाला ।
पहिला पहिला राणाका कालमा जुवा फुक्यो कानुन सुत्त्यो भनी बाटै भरी जूवाको उर्दी लागाउने आफू भने ठुला ठुला बर्दी लगाउने गरेकै हुन् क्यारे ! आफूचाहिँ राज्यमा ब्रम्हालुट गरिरहने आनौठो धूर्त बठ्याइँ जनतालाई धुतभवनमा खटाइ वर्षौँ राज्यसत्ता दत्तचित्त टिकाइरहने हो कि ? भन्ने मेरो शङ्काले लङ्का चुटेको चाहिँ हो ।
त्यसैले पैसा भएका, बुद्दी भएका, राम्रा -राम्रा मान्छेहरुले राम्रा राम्रा काम गरेर देशलाई, समाजलाई, अराजनीतिको गोटीबाट जोगाइदिने हो भने सबैले कोटीकोटी नमस्कार गर्थे नि ! त्यसको सट्टा झन् झन् दल दलमा अपराधको, कालो धन्दाको गन्दमा मन्द मन्द कुकर्मको सरम हराएपछि खरायो जस्तै बन्न खोज्नी अनि कालान्तरमा सन्तानको कसरी ठुलो सपना खोज्नी होला त ? यसरी नै यूरोपमा जुवाका खाल बढेपछि अपहरण चोरी, लुटपाट, झैझगडा, बढ्ने नै भयो !
त्यसैले त जुवाको स्वतन्त्रताबाट बन्देज लगाउनु पर्यो नि !
जुवा घर हेर्ने र केर्ने हिसाबले खल्तीमा डलरै डलरले घेरे । त्यो जुवा खेल्ने मैदान अमेरिकाको ‘ओक्लोहामाको ‘ “उइन स्टार वोर्ल्ड क्यासिनोलाई बनाएँ “धुत घरमा गरमा गरम खल्ती मा छिरेको त ……., आमै नि !, माहुरी महमा लट्ठिए लट्ठिएजस्तै मैले पनि पोकर खेलेर जोक्कर पो हुन पुगे । मेरो गएको पैसा उठाउने धुनमा हातको सुन पनि साथीलाई नुनको भाउमा गुन लगउन पुगेँ ! अरू त अरू.. कुरै नगरम्……………….. .!! ओहो आउँछ ………. आउँछ ! …. आउँथ्यो !…….. आउँथ्यो ……… आयो ! ……………… आयो ..!……………. आउँछ ! …………… आउँछ ! आउँला.. आउला मैँ जाउलो पनि नपाउने स्थिति आयो मलाई ।
…….. उठाउनैपर्छ…… !! त्यो पनि ब्याजसमेत !! कस्तो सोच !! केको खोज !! … कहाँसम्मको सोच ? झम्म ……….. झम्म ……… मनै को हो हाँ ????? म कहाँ छु ?………………….. कस्तो छु ? मेरो हैसियत के ???
…………… .उठाउनैपर्छ……………………. !!!! के हो यो …………….? मेरो मनलाई कसले हल्लाएको छ ???? यो मनलाई कसले समाएको छ ???? चिरिच्याट्ट परेका कुइरिनी सोडशिहरू धुइरिएपछि …….मलाई त हुस्कीको चुस्कीमा सबै अप्सरा पो लाग्यो नि ? स्वर्ग नै यही हो कि ……!.. हो कि ….!! साँच्ची ……… हो ! मलाई त दारु र पारुको नशाले घर , परिवार , धन , सम्पत्ति ,उत्तपत्ति , इज्जत , भएभरको सबै बचाउन सारो गारो गारो धौ धौ पर्यो त बा !! म त कस्तो कस्तो हराएको… बिराएको… डराएको ……कस्तो न कस्तो मलाई पैसा भउन्जेल गोरा .. गोरा चम्डाले नम्र हुँदै कस्तो .. …सराएको त ? हैन कस्तो ठाम……. जे खाम जे गरम , मेरो त् हरायो सबै सरम !! ओहो क्यासिनो ! भित्र छिरेपछि क्यास मात्रै इन हैन रहेनछ !!! म… आफैँ आउट हुन पनि मलाई त डाउट……. लाग्यो भने अरूलाई के के भयो होला, हैन र हजुर ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।