अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको कार्यसमिति बैठकले संस्थाको २०२१ – २०२३ कार्यकालका लागि ९ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षतामा सम्पन्न भएको बैठकले जापानका विभिन्न स्थानमा रहेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अविच्छिन्न योगदान पुराइरहनुभएका विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वहरूलाई प्रस्ताव गरी सल्लाहकारमा मनोनित गरेको हो ।
मनोनित सल्लाहकार समितिको सदस्यहरूमा जापानी नागरिक हारुहितो नोजुसहित डा. बुनु दाहाल,धीषण निरौला,यशोधा बस्नेत,शेखर बिकल्प, सुमित गिरी, प्रदिप थापा, शरद कुमार गौचन र जयन्ती मगर सरगम रहनुभएको छ।
भर्चुअल माध्यम जुममार्फत् सम्पन्न भएको कार्यसमितिको बैठकले आगामी जनवरी १ तारिखमा गर्न आँटिएको टोक्यो कविता कन्सर्ट-२०२२, का लागि पनि बिभिन्न कामको बाँडफाँड गर्ने गरी अन्तिम तयारीमा जुटेको र टोकियो आसपास रहनुहुने सम्पूर्ण नेपाली साहित्य अनुरागीहरूमा उपस्थितिका लागि पनि अनुरोध गरेको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।