एउटा औँलाले
भूमण्डललाई
रेखा गराइदियो……
चार औँलाले
मनलाई
खण्डन गराइदिए
मनको सागरमा
अनुभवका चट्टानहरूले
राज गरिसकेपछि पनि
भावनका छालहरूले
अनुभवलाई छुन मात्र पाए……
लेउ लागेका किनारमा
कोरिने भाग्यको उपनाम
अस्ताउन कति बेर पो लाग्छ र ….
सन्धान र साधनका बिचमा
अस्त, व्यस्त र ग्रस्त
यो जुनी
यो चोला
कति बाँचिरहूँ म……….
बाँचिरहनु दोष हो कि
बाँच्न पाउनु नै दोष हो ?
दोधारमा छु….
यो भाग्यको गहिराइमा
म पौडेर
मुक्तिको किनार खोज्दै छु…..
मुक्ति किनारमा छ कि गहिराइमा ?????,
तीलक पोखरेल म्यान्मार
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला