साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्रष्टा संवादमा चित्रकार कृष्ण मर्सानी

Chovar Blues Mobile Size

छैटौँ श्रृङ्खलाअन्तर्गत “स्रष्टा संवादमा” पोखराका चर्चित चित्रकार कृष्ण मर्सानीसँग जूममार्फत् रोचक कुराकानी गरियो ।

हरेक बिहान पेन्सिलले कसैको चित्र कोरेर कृष्ण मर्सानीको दिनको सुरुवात हुन्छ । चित्र कोर्नु सौख भएको बताउने मर्सानीले आफ्नो फेसबुकबाट सार्वजनिक गर्दै जसको चित्र कोरिएको हो उसलाई अविस्मरणीय उपहार प्रदान गर्नुहुन्छ ।
सित्तैमा यस्तो अनुपम उपहार पाउने व्यक्ति सहजै मर्सानीको फ्यान भैहाल्छ ।

आफ्नो बिहानी सित्तैमा कसैको लागि खर्च गरेर के पाउनुहुन्छ ? कार्यक्रम प्रस्तोता बिटु केसीले राख्नुभएको जिज्ञासामा कृष्ण मर्सानी भन्नुहुन्छ, “मैले जसको चित्र कोर्छु, उहाँहरू यसलाई हेरेर खुसी हुनुहुन्छ, उहाँहरुको खुसी देखेर म आनन्दित हुन्छु । मेरो साधना नै यही हो ।”

अहिलेसम्म दुई हजार पाँचजना भन्दा बढीको चित्र कोरिसक्नु भएको कृष्णजीको सुभेच्छुकहरू दिनदिनै बढ्दै गइरहेका छन् । कृष्ण मर्सानी र बिटु केसीको पैँतालिस मिनेटको यो सम्वादमा साहित्यकार ममता मृदुलले कृष्णजीले आफ्नो चित्र कोरिदिँदाको रोचक अनुभव सुनाउनु भएको थियो ।

जूममार्फत् सहित्यकार खेमराज पोखरेलको उपस्थिति रहेको कार्यक्रममा स्रष्टा साँझ अमेरिकाका सक्रिय सदस्य विश्वराज अधिकारीले कार्यक्रमको समष्टिगत समीक्षा गर्नुभएको थियो

sagarmani mobile size

यो जूम कार्यक्रम यूट्यूबमा उपलब्ध छ ।

प्रतिक्रिया
Loading...