
यस उपन्यासमा के छ ?
- कोरोनाको कहरले आक्रान्त मानसिकताको पोल खोलिएको उपन्यास ‘क्वारेन्टाइन’ ।
- पढ्न रहर लाग्ने मन थाम्न नसकिने एउटा समकालीन दस्ताबेज ।
- अमेरिकामा Fall Season मा रुखबाट पात खसेसरि मानिस आफ्नो लीलाबाट खसेको भान हुने ।
- कोरोना कहरले पैदा गरेको अल्पकालीन तथा दीर्घकालीन असर ।
- बिरामी, निको भएका, गर्भवती महिला, युवा, वृद्ध, स्वास्थ्य कार्यकर्ता, फ्रस्टलाइनर आदिको मानसिकतामा पैदा भएको उतारचढाउ ।
- नगरको जनसङ्ख्या गाउँतिर पलायन, सबैभन्दा प्यारो आत्मरक्षाको भावना जागृत ।
- मानवीय भावनामा ठेस ।
- सार्वजनिक सञ्चारमा लगातार कोरोनाको समाचारले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव ।
- आफन्तको स्याहर सम्भार गर्न नसकिने अवस्था, मूकदर्शक ।
- भावनात्मक असर ।

तीर्थराज अधिकारी
कथाकारको उपस्थिति –
(क) पात्रलाई जीवन्त बनाउनका लागि लेखकले समसामयिक परिस्थितिसँग साक्षात्कार गरेका छन् ।
(ख) मानव जीवनसँग सम्बन्धित सुखद/दुःखद मर्मस्पर्शी घटनाको चित्रण ।
(ग) विनय र पार्वतीको विदीर्ण मानसिक अवस्थालाई उपचारस्वरूप व्यावहारिक मिलन गराएर केवल दुई आत्माको कल्याणमात्र होइन सामाजिक न्याय गरेका छन् ।
(घ) मानव इतिहासले विभिन्न कालक्रममा भोग्नुपरेको विडम्बना विनयका बाबुको मुखबाट अभिव्यक्त गराएर पारिवारिक सान्त्वना दिँदै आफूलाई एउटा अनुभवी तथा सहनशील साहित्यकारका रूपमा उभ्याएका छन् ।
उपन्यासकारको सावधानी –
- चाहिनेमात्र पात्रहरूको उपस्थिति ।
- मिठासपूर्ण संवादशैली ।
- ग्रामीण तथा सहरी मिश्रित भाषाशैली ।
- देश, काल र विश्वासित सम्बन्धित विषयवस्तुको उठान ।
- अत्यन्त मार्मिक र रोचक संवाद ।
- समसामयिक कथावस्तु ।
- भाषामा स्वाभाविकता र परिमार्जन ।
- उपन्यास भित्रका केही मार्मिक अंश-
‘तेरी अमाले दुःख सहन सम्म सहेकी छ बाबु! सात वर्षको कलिलो उमेरमा दुलही बनेर आई, त्यति बेला सात वर्षका उमेरमा नै विवाह गरिदिने चलन थियो । पुतली खेलेर दिन बिताउने………………ऊ भित्रिएदेखि नै हाम्रो घरको मुहार फेरिएको हो । न कहिले भोको बस्नुपर्यो न अँध्यारो मुख नै देख्नुपर्यो हामीले ।’ – (पेज २५ तेस्रो अनुच्छेद)
‘पाँच-छ महिना लगाएर मेक्सिकोको झाडी, जङ्गल हुँदै महिनौँसम्म पैदल हिँडेर कति सास्ती छ, कति यातना छ भन्नै पीडा………………चप्पलका लोती फुत्तफुत्त निस्कन्थे ।’ – (पेज १३ दोस्रो अनुच्छेद)
‘हेर्दाहेर्दै उसका लागि छोराछरी पाहुनामा परिणत भए । परिस्थितिले पूर्णिमाको जूनजस्तो…………………..मिठो सपना देख्दादेख्दै बिउँझिए जस्तो ।’ - (पेज १७३ तेस्रो अनुच्छेद)
यस उपन्यासमा वास्तविक घटना आफूलाई नै घटेको भान हुने गरी सम्पूर्ण किताब भरिएको छ। लेखक एक सफल साहित्यकार भएको हुँदा बडो सतर्कताका साथ घटनाहरूको विश्लेषण गरेको पाइयो । उपन्यास अति रोचक र मार्मिक छ । कल्पना बहुत कम र सबै पात्रहरू चिनेजानेजस्तो भान हुन्छ । किताब पढिरहँदा चलचित्र हेरिरहेको जस्तो लाग्छ । हृदयविदारक घटनाहरू छन्, पढिसकेपछि गम्भीर भएर मनलाई शान्त राख्न विनम्र अनुरोध छ ।
छोटकरीमा उपन्यास :-
उपन्यासकार – पदम विश्वकर्मा
प्रकाशक- साङ्ग्रिला पुस्तक प्रा.लि. काठमाडौँ, नेपाल
फोन – +९७७ ०१४२२९०८८
प्रमुख वितरक- सम्पूर्ण किताब, भोटाहिटी, काठमाडौँ, नेपाल
फोन – +९७७ ०१४२६६१६७
पृष्ठ – १८४
खण्ड – ४०



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ माघ २०८२, आईतवार 










