शान्त र ध्यानमग्न मुद्रामा बसेको छ पर्वत,

कुहिरो बोकेर आएको  बादलले,

पछ्यौरी बनेर ढाकेको छ शिर,

हतप्रभ परिवेशमा मौन बस्नु परेको पिडा,

अव्यक्त वेदना  बोकेर,

बज्र मुटुभित्र यातनाको कथा थुनेर

मौन बसेको छ पर्वत !

 

माथि आकासमा उडिरहेका गिद्दहरू,

झट्ट मानवको भेष धारण गर्छन्,

तल झर्छन, हात हातमा खानाको प्लेट छ,

छातीमा भिरेर चिथोरेका मासुका डल्लाहरू,

पखेटा फरफराउँदै सिरानमा बुच्चो थुतुनो जोत्छन्,

पर्वत बोल्दैन ।

 

रातापिरा नाङ्ग्राबुङ्ग्रा मान्छेका भेषमा राक्षसहरू

नाच्दै गाउँदै हिँडेका छन्,

एकातिर गिद्दको भीड छ,

र्कोतिर कागहरू काईं काईं, काईं काईं गर्दै छन्,

हल्ला गर्छन्,भाग खोसाखोस गर्छन् ।

 

सौम्झौता छ यिनको,

सबै दृश्य हेरिरहेछ पर्वत,

तर मौन छ,

साँतीर बदमाश मान्छेको रूप धरेका छन्

नरपीचासहरू,

यता उता दौडेका छन्,

बिराला जस्ता,व्वाँसाजस्ता, स्यालजस्ता,

कुकुरजस्ता,

छिन्नभिन्न फोहोरको डुङ्गोले छोपेको छ

पर्वत,

हेर्छ,गिद्धहरूको रजगज,

तल त्राहीमाम्को विरक्तलाग्दो रोदन छ,

किन केको प्रतिक्षामा हो कुन्नि ?

बज्र मुटुभित्र यातनाको कथा थुनेर

मौन बसेको छ पर्वत !