भर्खरै गठन भएको “अन्तर्राष्ट्रिय नेपाली समाज”को युएई राष्ट्रिय कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार दुबईमा सम्पन्न एक भेलाले ६ जना सल्लाहकारसहित यसअघि गठित कार्यसमितिलाई केही परिमार्जन गर्दै पूर्णता दिएको हो ।
भेलाले युएईका नेपाली व्यवसायी कुल लेप्चा, साहित्यकार डा. गोपाल पौड्याल मण्डने, गजलकार टक गुरुङ, गजलकार तथा व्यवसायी जे सागार, पत्रकार रामप्रसाद ढुङ्गेल र कवि तथा साहित्यपोस्टका युएई संयोजक डि जि शर्मालाई सल्लाहकारमा नियुक्त गरेको छ । त्यसैगरी भेलाले वरिष्ठ उपाध्यक्षमा विष्णु प्याकुरेल र महिला उपाध्यक्षमा सरु कावियालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विस्तारित कार्यसमितिको सचिवमा कान्छो भुपेन्द्र आचार्य र महिला सचिवमा सावित्रा अधिकारी, सह-कोषाध्यक्षमा अटल उपेन्द्र र प्रेम गौतम र सदस्यहरुमा घायल दीपक कार्की र सोनी भण्डारीलाई नियुक्त गरिएको महासचिव श्री भवानी नेपालले जानकारी गराउनु भयो ।
समाजका युएई अध्यक्ष मेघराज धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवगठित युएई राष्ट्रिय कार्यसमिति सदस्यहरु बिच परिचयात्मक कार्यक्रम र शुभकामना आदन-प्रदान गरिनुका साथै संस्थाको भावी योजनाबारे बृहत् छलफल गरिएको थियो ।
विश्वमा छरिएर रहेका नेपालीहरुलाई गोलबद्ध गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने उदेश्यका साथ स्थापना भएको “अन्तरास्ट्रिय नेपाली समाज” (इन्स) ले आफ्नो कार्यसमिति बिस्तार गर्ने क्रममा गत मङ्सिर ११ गते शनिबार “युएई राष्ट्रिय कार्यसमिति” गठन गरेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।