साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

नासाको नेतृत्वमा कृष्ण श्रेष्ठ

ratna book ads

अमेरिकाको दक्षिणपूर्वी राज्यहरूको पुरानो संस्था ‘नेप्लिज एसोसियसन इन साउथइष्ट अमेरिका’ (NASA) ले सन् २०२१ देखि २०२३ सम्मको लागि नयाँ नेतृत्वमा कृष्ण श्रेष्ठलाई चयन गरेको छ । गत २१ नोभेम्बरमा फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा सम्पन्न नासा एन्माको संयुक्त सम्मेलनमा सम्पन्न निर्वाचनले उनलाई चुनेको हो ।

सन् १९८३ मा स्थापित नासाले दक्षिण पूर्वी अमेरिकी राज्यका नेपाली समुदायको हितका लागि काम गर्दै आएको छ । सन् २००० मा यही संस्थाको नेतृत्वमा नेपाली संस्थाहरूको अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो । जुन सम्मेलनमा शेरबहादुर देउवा, झलनाथ खनाल, मिनेन्द्र रिजाललगायत सहभागी भएका थिए ।

सो अवसरमा अन्तरराष्ट्रिय कविता प्रतियोगिता समेत गरिएको थियो । १६ वर्षदेखि यस संस्थाले मध्य अमेरिकी राज्यहरूका नेपालीहरूको संस्था एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका अर्थात् एन्मासँग संयुक्त सम्मेलन गर्दै आएको छ ।

नवनिर्वाचित कृष्ण श्रेष्ठ ‘अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका फ्लोरिडा च्याप्टर’का पूर्व अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया
Loading...