ह्युस्टनमा गजल उत्सव – ४ भव्यरूपमा सम्पन्न भएको छ । अन्तरार्ष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टर र गजल यात्राको आयोजनामा सम्पन्न महोत्सवमा अमेरिकाको विभिन्न राज्यबाट चालीस जना गजलकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा गजल वाचनका साथमा गायन र नृत्यको पनि बेजोड प्रस्तुति रहेको थियो ।
गजल उत्सवमा गजलकारहरू गोवर्धन पूजा, कृष्ण कुसुम, डिल्लु चम्लागाईं, रोहित राना, पुरानाघरे, भूपेन्द्र महत, सतिश त्रिपाठी, वासु पौडेल, पवन लामिछाने, राधाकृष्ण काफ्ले, वासुपुष्पा अधिकारी , बिटु केसी, सारदा पाठक, पूजा वागीश, खेमराज गैराघरे, विदुर दवाडी, मोदनाथ सादा, निलहरि आचार्य, मदन दुलाल, शारदा धिताल, रोशन श्रेष्ठ, अमृत कँडेल, मणि गौतम, कञ्चन भुषाल, अश्मिता आचार्य, आनन्दमोहन खनाल, मिलन कोइराला, दीपेन्द्र गौतम, पुण्य प्रकाश, राजीव घिमिरे, मिलन खराल, मोहन भण्डारी र केशवराज ज्ञावलीले गजल वाचन गर्नुभएको थियो । त्यसैगरी महेश्वर पन्त, केशव पौडेल, विमल पराजुली र सविन दङ्गालले गजल गायन प्रस्तुत गर्नुभएको थियो भने गजल नृत्यबाट रूपेश उप्रेतीले दर्शकलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।
महोत्सवका संयोजक एवं अन्तर्राष्ट्रिय सहित्य समाज ह्युस्टनका उपाध्यक्ष सतिश त्रिपाठीले गजल उत्सवलाई विश्वव्यापी बनाउने सोच रहेको बताउनुभयो भने अन्तर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष वासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत गर्दै लैजानुपर्ने विचार राख्नुभयो । त्यसैगरी गजल यात्राका अभियन्ताद्वय पवन लामिछाने र वासुपुष्पा अधिकारीले नियम, सङ्गत र कार्यको समान बाँडफाँड गरी आगामी दिनमा गजल उत्सवलाई अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा गजल उत्सव -४ लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय र अमेरिकाका अन्य सहरहरूका सहयोगी संस्था र व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
गजल उत्सवका सम्पूर्ण कार्यक्रम हिमालय खबरका सह-सम्पादक सुजन पण्डितले प्रत्यक्ष प्रसारण गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।