साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘अपराध र सुधार’ कवितासङ्ग्रहका लागि कविता आव्हान

Chovar Blues Mobile Size

‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कवितासङ्ग्रह प्रकाशन समिति’को बैठकले ‘अपराध र सुधार’ विषयमा केन्द्रित रहेर सिर्जना गरिएका कविताका लागि आव्हान गरेको छ ।

समितिका अनुसार अहिलेसम्म वरिष्ठ कवि मञ्जुल, विश्वविमोहन श्रेष्ठ, होमनाथ सुवेदी, कृषु क्षेत्री, अस्मिता नेपाल, जनक कार्की, खेम गुरागाईँ, राम गोपाल आशुतोष, ठाकुर बेलवासे, रबिन थपलियालगायतका पचासवटा कविताहरूमा प्राप्त भइसकेको जनाएको छ । समितिका सदस्यहरूले थप कविताका लागि अन्य विशिष्ठ तथा चर्चित कविहरुका साथै विश्वका काव्य सर्जकहरूसँग कविताका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

असामाजिक क्रियाकलापका विरुद्ध कलमबाट प्रहार गर्दै समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन कवितालाई माध्यम बनाउने उदृेश्यका साथ म्याडिसन कोठे गोष्ठी (अमेरिका) र अनेसासको सहकार्यमा ‘अपराध र सुधार’ विषयक अन्तर्राष्ट्रिय कवितासङ्ग्रह प्रकाशन गर्न लागिएको समितिले जनाएकाे छ ।

काव्य सर्जकहरुसँग समितिले नोभेम्बर ३० भित्र मेलमार्फत (aparadhsudharkabita21@gmail.com) आफ्ना उत्कृष्ट कविता पठाउन सबै काव्य सर्जकहरूमा अनुरोध गरेकाे छ ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...