चुनाव भनेको सही व्यक्ति चुन्न टन्न कार्यकर्ता फन्फनी घुम्दै छन्न भोट हाल्ने गतिविधिभित्रको प्रवृत्ति हो । जुन जुन नेता भए पनि कुन कुन टीम भन्ने होइन । सही व्यक्ति चुन्न सफल हुनैपर्छ पुन: पछुताउने होइन हजुर । चुवावमा सही व्यक्ति चुन्न पछुताँ अछुतो हुनुभन्दा अक्कलको बिर्को खोली सक्कली समाजसेवी चुनौँ । तानाबाना राम्रो बुनौँ, नराम्रो चाहिँ नबुनौँ ।
चुनावमा फुच्चे नेता चुच्चे जुँगामा ताउ लगाउँदै बाउबाजेका जुगको इतिहास पल्टाउँदै पैसा र डलर, डरधम्कीले कर लगाएरै पनि भोटको पक्का बनाउन कच्चा खेल नखेल्ने लक्का नेताले चट्ट चुनावमा फट्ट चुनिनु अगाडि सट्ट आउनु र लट्ट धाउनु कोन्सा ठूलो कुरा हो र ? बाकसमा भोट नखस्दासम्म नोटको बिटादेखि साम, दाम, दण्ड, भेद, पद र पावरको रस्सीले नकस्सिएसम्म नेताज्यूको लामखाम बन्दीको तमाम खेलले चुवावी मेलालाई फेला पारेरै भए पनि रेला ख्वाई देला है हजुर ?
चुनावमा चुनिनु नेताजीको उत्कृष्ट महत्वाकांक्षाले जुँगे लडाइँलाई जुग जुगसम्म जिउँदै जाग्ने गरी जुँगा रङ्गाइ दिन, नेताहरुको नतमस्तक कार्यकर्ता फन्काइदिन चुरीफुरीको पुरी बनाएर प्रसाद लगाउन, मन्दिरमा चढाउने भेटी जसरी सेल रोटी पकाइन्छ । सक्नेलाई फकाइन्छ नसक्नेलाई उसकै नाममा बिनापैसा माहोल तताइन्छ । अर्कैबाट भोट खसाइन्छ । सेलरोटी जस्तै गरी फनक्क घुमाइन्छ । तात्तातै सकाइन्छ ।
भोट त भोटै हो नि हजुर ! त्यो पनि चुनावको निर्वासनमा पुनर्वासको निर्वाचन होस कि चुनावको चुनाइ या अदालतको सुनुवाइ । जसरी पनि जित्नै पर्छ भन्ने कुराले हित नै गर्छ भन्ने त छैन ? दमडीको दमै किन नहोस्, चाहे डलरको डोनाल ट्रम्प, चाहे भोटको नेता, चाहे चुनावी फुच्चे नेता । टिममा परेपछि सबैको हुङ्कार, माइकको भाषण, भोटर्स्को आस्वासन, मैदानको लडाइँ, ठूलाबडाको बढाइँ, मन्त्रीको झन्डा, गुण्डाको डण्डा सबै साम, दाम, दण्ड र भेदको अंशबण्डा पार्टीभित्रका सम्पत्ती साठी ठाउँमा आपत्ति बिपत्ती निम्त्याउने निमन्त्रणा नबनुन् भन्ने जनताजनार्दनको जनआवाज चुनावमा चुनिनु पर्छ भन्ने पक्कै होला । हैन त हजुर ?
चुनाव भनेको चुवावै हो । चाहे त्यो एनआरएनएको होस्, चाहे सङ्घ, संस्था र दलैको बलैमा किन होस् । छलै प्रयोग गर्ने चलखेलै भयो भने कसको के लाग्यो ? चुनावमा प्रयोग हुने दलको दल र बलभित्र द्रूतन्तर किसिमले मिसिएपछी चुनावको रन्कामा सात फन्का घुमाएन भने मलाई भन्नुहोला । नेपालका नेताहरूको सवारी, फोनको तयारी चुनावको मौकामा चौका हान्न तिहारमा जुवाडेले घुँडा धँसेर, कौडा कसेर छाड्दा झैँ प्लेनमा छुटेका राजनीतिले सबैको गतिविधिलाई यतिविधि हेरेको छ कि, छर्लङ्गै राजनीतिका सीटमा फिट हुन छलाङ्ग मार्नलाई पलङ चढनु पर्दैन ।
चुनावले निर्वासनमा राँइता निर्वाचन भएन भने नेपाल कसरी देख्ने, नेपाली भनेर कसरी नलेख्ने, आफ्नोपन कसरी नबोक्ने ? नेपालका महामहिमले ल्याउनुभएको आदर्श बलले बलेकै नीति नियमभित्र सिद्धान्तले समाज कसरी सिध्याउला त नि ? राजनीतिक त आदर्शभित्रको पराकाष्ठभित्र केलाउने ऐतिहासिक कोशेली मानेर यहाँ समाहित गर्नैपर्ने भएको रे नि ! चुनावमा सबैको मायाले चुनिने आशा अङ्कुर बनेर अङ्गुरजस्तै रसिलो बनोस् भन्ने हाम्रो प्रेरणा चुनावै हो, हैन त हजुर ? तर अदालत र कोटा फैसला यसपालीचाहिँ नपर्ला कि नपर्ला भन्ने हौसला पो भयो त हजुर, हैन र ? तर सबैको चाहना, सबै मिलुन् भन्ने बाहना चुनावै हो हजुर ।
आफ्नो त हाम्रो हैन हजुर राम्रो हुनु पर्छ भन्ने कामनाका साथ शुभकामना । जे जे पर्ला हजुर सबैले जितुन् भन्ने विजयी भवःको अग्रिम भावना । नेपालीले नेपालीलाई सम्पन्न बनाउनु पर्छ भन्ने मात्रै हो र ? उकास्नलाई कम्मर कस्नुपर्छ भन्ने अहो भावनामा लु है शुभकामना । लौ न हजुर, सबै जुटौँ यहाँ धेरै ठाउँ छ एउटैले ओगट्नु हुन्न भन्ने मनसुवा धारणा । ‘समाज सबैको त हो नि, के को लडाइँ ?’ भन्ने बनाउँ, चुनावको अग्रिम अमृतमय भगवानसँग वरदानको कामना । नेपाली समाजको सम्पन्नता र समानता धारणाभित्रको भावना राम्रो संस्कारको थालनी गरौँ, हाम्रो हैन भन्ने सफल सफरको कामना । चुनावमा सबैलाई चुनौँ, चुन्न नसक्नेलाई पनि समाहित गरौँ भन्ने अग्र भावना, जय चुनाव र जय जनताजनाजर्नको अग्रिम समभाव । चुनावी मैदानमा चुन्ने कसरत सही बनोस् मानवताको धारणा न कि पैसामा बेच्या अर्का देशमा चेकभित्रको चुनावरूपी मुट्ठीभित्र सयौँ र हजारौँ मानवता एउटैले हाक्छु भन्ने अशुभरूपी कुसंस्कृतको छाडौँ, एक अवधारणा।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।