नेपाली साहित्यिक समाज क्यानडाको हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रम यो महिना नोभेम्बर १२ तारिख नेपालमा शनिबार बिहानै सम्पन्न भयो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ लक्ष्मी जयन्तीको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रम क्यानाडाको भेन्कोभर शहरबाट ई. मातृका कोइरालाले भर्चुअल रुपमा सञ्चालन गर्नुभयो।

ई. मनकाजी जेइनाले देवकोटा नेपाली साहित्यिक अमर नक्षत्र हुन् भन्नु हुँदै सबै सहभागीहरूलाई नेपाली र अंग्रेजी भाषामा स्वागत गर्नुभयो।

क्यानाडाको ओन्टारियो, ब्राम्टन शहरबाट रञ्जना सैंजू र अमर सैंजूले देवकोटाद्वारा रचित ‘कुन मंदिरमा जान्छौँ यात्री…’ बोलको गीत गाएर कार्यक्रमको सुरूआत गर्नुभयो ।

त्यसपछि गंगा लिगल, भैरहवा, संगीता ठाकुर, सर्लाही, रेणु घिमिरे, सिरहा, राजेश्वरी काफ्ले, लालबन्दी, सरिता भट्टराई नेपाल, बिराटनगर सहित काठमाडौंबाट जनार्दन अधिकारी धडकन, महेशराज खरेल, मणिराज सिंह, रश्मि रिमाल, राजनविक्रम थापा, उर्मिला पन्त, सुधा बास्कोटा ढकाल, बिमुन्स पौडेल, दुर्गा जोशी पाण्डे, भीमकुमारी श्रेष्ठले कविता र गजल वाचन गरी कार्यक्रममा रौनकता थप्नु भयो।

त्यसैगरी देविका मंग्राती राई, खर्स्याङ दार्जिलिङ तथा पशुपति कर्माचार्य र डा वीरेन्द्र केसीले कविता वाचन गर्दै न्युजिल्यान्डबाट सहभागिता जनाउनु भयो।

प्रेम देवकोटाले भ्यानकुभर, क्यानडाबाट कविता वाचन र अन्त्यमा डा. मेघराज ज्ञवालीले भ्यान्कुभर आइलैण्ड कैम्वेल रिवरबाट मिठासपूर्ण स्वरमा देवकोटाको गीत गाएर कार्यक्रमलाई अझै रोचक तुल्याउनु भयो।

कार्यक्रममा बिना श्रेष्ठ, डा. किश्मत भण्डारी, जयराज गौतम लगायतको भ्यान्कुभर र टोरोन्टोबाट उपस्थितिले गर्दा महाकविकै जन्म मिति कार्तिक २७ गते भएको यो कार्यक्रम निकै आकर्षक हुन गयो।