एकाबिहानै
सुस्तरी आँखा खोल्छे फूलमाया
जीवन युद्धको घोडा
अघिल्तिरै आएर खडा रहेछ, ठिङ्ग
जुरुक्क उफ्रिएर चढ्छे ऊ
सम्हाल्दै लगाम
अघि बढ्न उद्यत
आँखामा जोर बत्ती सजाएर!
यत्रो दिनसम्म छिचोलेको बाटादेखि उँभो
हिजोका थाँती इच्छा आकाङ्क्षाका मेनु बोकेर ।
..
तर
खुत्रुक्क ओर्लिन्छे ऊ
केही बिर्सिएजसरी
लम्किन्छे सटासट्
भान्साकोठातिर
अनि
अगुल्टो ठोस्छे आशाको,
भुटुन हाल्छे इच्छाको
र
सपनाको कराहीमा
ओइरिन्छे अभिलाषाहरू ।
अनि
स्वादिलो र रङ्गिन पार्न जिन्दगी
खोलेर हाल्छे मनको डिब्बाबाट
उसको पकवानमा
कल्पनाको नुन,
भावनाका बेसार,
र
ओर्काइफर्काइ पार्छे
उमङ्गका डाडुले
गुनगुनाउँदै सपनाका गीतहरू ।
तर
जब पस्कन आँट्छे उल्लासको थालमा
एक्कासि ऊ झस्कन्छे
प्रेसर कुकरको सिटीमा ।
..
एक्ली महिला हुनुको तनाव,
जागिर नपाएको निराशा,
योग्यता भएर पनि सफल नहुनुको क्षोभ,
दिशहारा भविष्यका उद्वेगहरूले
एकजुट भई
बजाएको विद्रोहको सिटीमा !
…
अहिले फूलमाया भयभीत छे
प्रेसर कुकुरको बिर्को खोल्न !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।