जूममार्फत भएको पत्रकार सम्मेलनमा गजल यात्रा-४ आयोजनाबारे जानकारी गराइएको छ । सम्मेलनको आयोजना अन्तर्राष्ट्रिय सहित्य समाज ह्युस्टन र गजल यात्रा तयारी समितिले गरेको हो ।
यो उत्सव प्रतियोगितात्मक नभएको र हाल अमेरिकाबाट मात्र सहभागी हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष तथा गजल उत्सव – ४ तयारी समितिका संयोजक सतिश त्रिपाठीले बताउनु भयो । कार्यक्रमको भव्य तयारीको बारेमा बोल्दै त्रिपाठीले भन्नुभयो, “यो उत्सव गजल वाचन, गजल गायन र गजल नृत्यको त्रिवेणी सङ्गम हुनेछ । अमेरिकामा रहेका गजल प्रेमीहरुको लागि अर्को महान् चाड हो यो ।”
नोभेम्बर २० शनिबार हुने यो कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट जम्मा ४४ जना गजलकारहरु सहभागी हुने उनले पत्रकारहरुलाई जानकारी गराउनु भयो । अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष गोवर्द्धन पूजाले गजललाई सम्मानित विधाको रुपमा अघि बढाउँदै अन्तर्राष्ट्रिय स्तरमा लग्ने अभियान रहेको बताउनु भयो ।
गजल यात्राका अभियानकर्ता वासुपुष्पा अधिकारी र पवन लामिछानेले गजल उत्सवका शुरुवाती दिनका तीता मीठा अनुभवहरु सुनाउनु भयो । आइएनएलएस ह्युस्टनका वासु पौडेलले धन्यवाद मन्तव्य राख्दै यो उत्सव आफैँमा गजल प्रेमीका लागि एउटा कुम्भ मेला भएको बताए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला