नेपाली साहित्य समाज न्युजिल्याण्ड तथा विश्व भूटानी साहित्यिक सङ्गठन न्युजिल्याण्डकाे संयुक्त आयाेजनामा न्युजिल्याण्डवासी नेपाली भाषी स्रष्टाहरूबिच प्रथम अनलाइन साक्षात्कार कार्यक्रम सम्पन्न भएकाे छ । विजया दशमी, शुभ दिपावली, छठ, उधाैली तथा नेपाल संवत् ११४२ काे अवसरमा स्रष्टाहरूबिच औपचारिक भेटघाट, परिचय एवं शुभकामना आदनप्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयाेजना गरिएकाे हाे ।

कार्यक्रममा विश्व भूटानी साहित्यिक सङ्गठनका केन्द्रीय उपाध्यक्ष गाेपाल पाैडेलले कार्यक्रम धेरै पहिलादेखि भाैतिक रूपमा सम्पन्न गर्न तयारी भए पनि काेभिड र अन्य प्रतिकूलताले अनलाइनमार्फत् गर्नुपरेकाे बताउनुभएकाे थियाे । साझा भाषा बाेकेर प्रवासमा सङ्घर्षरत स्रष्टाहरूलाई सामूहिक रूपमा अगाडि बढ्न कार्यक्रमले ऐतिहासिक जग बसाएकाे स्रष्टा पाैडेलले उल्लेख गर्नुभएकाे थियाे ।

नेपाली साहित्य समाजका अध्यक्ष सञ्जय शान्ति सुवेदीले नेपाली भाषी भूटानीहरूले नेपाली भाषा र साहित्यकाे उत्थान तथा प्रवर्द्धनमा गरेकाे सतत् प्रयास तथा आत्मीय सम्बन्धकाे चर्चा गर्दै आगामी दिनहरूमा पनि यसरी नै मिलेर कार्यक्रम गर्न सुझाउनुभएकाे थियाे ।

कार्यक्रममा गैर आवासीय सङ्घका अध्यक्ष उद्धव अधिकारी, साहित्य समाजका सल्लाहकार श्रीधर बस्न्यात, रडियाेकर्मी टीका रेग्मी, साहित्य समाजका पदाधिकारीहरू लगायत भूटानी तथा नेपाली स्रष्टाहरूकाे उपस्थिति थियाे भने कार्यक्रम नेपाली साहित्य समाजकाे फेसबुक पेजबाट लाइभ प्रसारण गरिएकाे थियाे ।

कार्यक्रममा एक दर्जनभन्दा धेरै स्रष्टाहरूले रचना वाचन एवं शुभकामना आदानप्रदान गर्नुभएकाे थियाे ।