साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मदहोस मदहोस भएर – सोमरसदेखि समरससम्म

Chovar Blues Mobile Size

१. विषय प्रवेश –
साहित्यमा कविता विधा सबैभन्दा बढी लेखिने, पढिने र सुनिने विधा हो। यो व्यापक छ, सार्वभौम छ, लोकप्रिय छ र रूचिकर छ। मानिसका मनका विभनिन भावलाई अभिव्यक्त गर्ने सबैभन्दा सशक्त माध्यम कविता हो। कविता कविले रचेको सुन्दर उपहार हो, कलामध्येको सर्वोत्तम कला हो, मानवी चेतनाको सबल अभिव्यक्ति हो। कवितालाई समाजको प्रतिबिम्बनका साथै मार्गदर्शक पनि मान्न सकिन्छ। कविता समाजमा भएका कुरा देखाउँदै हिँड्ने मात्र नभएर समाजलाई अघि लाउँदै हिँडाउने साधन हो। समाजको आमुल परिवर्तनको हतियार हो, क्रान्तिको ज्वाला हो, चेतनाको झिल्को पनि हो। कविताको विषय सूक्ष्मातिसूक्ष्म चेतनदेखि लिएर विश्व ब्रह्माण्डसम्म रहेको हुन्छ।

२. समाजमा मदिरा प्रयोग र स्थान –

विचन्द्र प्रधान

विश्वका सबै देश र समाजमा मदिरा लोकप्रिय छ। यसको सेवन सबै समाजमा प्रचलित छ। विश्वमा विभिन्न नाम र ब्रान्ड भएका मदिरा उत्पादन हुन्छन्। यो तत्त्व हरेक समाजको अभिन्न अङ्गसरह बनिएको छ। यसले विभिन्न अवसरमा स्थान पाएको हुन्छ। वैदिककालदेखि नै सोमरसको चलन सामान्य रूपमा थियो। ईश्वरको ध्यानको माध्यमको रूपमा प्रस्तुत थियो। उपनिषदमा सोमरसको उल्लेख पाइन्छ भने बाइबलको नयाँ नियममा पनि दाखमद्यको उल्लेख पाइन्छ। हाम्रो गोर्खाली समाजमा मदिराको ठुलो स्थान र महत्व छ। यसलाई पिउने मात्र उपयोग गरिन्न, बरू संस्कृतिको अङ्गका रूपमा पनि उपयोग भएको पाइन्छ। जन्मेदेखि मरेसम्म नै मदिराको प्रयोग हुन्छ। मदिरा देवालयमा चढाइन्छ, पुजा, बिहा र मृत कार्यमा यसको आनुष्ठनिक महत्त्व छ। यसलाई सगुनको रूपमा प्रयोग गरिन्छ। बिहा भोजमा यो लोकप्रिय पेय पदार्थका स्थान पाएको हुन्छ। थोरै मात्रामा पिए यसले हानि नगरेर लाभ गर्छ । बरू बढी मात्रामा सेवन गर्नाले मात्र हानि पुर्‍याएको हुन्छ।

नेपाली समाजमा मदिरा विशेष दुई प्रकारले चलनचल्तीमा पाइन्छन्- घरमा बनिएका र कारखानाबाट बनिएका ब्रान्डेड। घरमा बनिएका मदिरामा अन्न अथवा फलफूलको सिँचित रसबाट तयार गरिन्छ। चाहिँदो मात्रामा यसको सेवनले उति हानि गर्दैन। बरू कवि कलाकारका निम्ति यो बरदान र अभिशाप भएको छ। कलाकारको निम्ति कला साधना गर्ने माध्यम बनेको पाइन्छ। समाजको बोल्नका निम्ति आँट र सहास बटुल्ने साधन बनेको हुन्छ।

sagarmani mobile size

३. कवि विचन्द्रको साहित्यिक परिचय –
नेपाली साहित्यमा एकजना विशिष्ट कवि नाम हो। उनी पुलिस विभागमा अधिकारी भएर सेवानिवृत्ति भएर हालमा स्वतञ्त्र लेखनमा व्यस्त छन्। उनी जन्मजात कवि हुन। उनी कविता लेखनका साथै वाचन अझ रोचक हुन्छ। आफुले लेखेका लामा र छोटा कविताहरू कागज नहेरी भन्न गर्छन्। उनले युवा जमातमा कवितालाई लोकप्रिय बनाउने जमर्को कसेका छन्। असाहित्यिक मानिसहरूलाई रोचक कविता सुनाएर आनन्दित तुल्याउँछन्। उनी कविता लेख्न, सुनाउनमा नै आनन्द दिन्छन्। कविता उनका निम्ति अभिन्न अङ्ग हो। यसका साथै उनी नेपालीबाहेक हिन्दी, बङगला, राजबङ्शी कविता पनि लेख्छन्। सन् १९४५ मा तीनधारे खरसाङमा जन्मेका चन्द्रकुमार प्रधान मूलनाम भए पनि साहित्यमा विचन्द्रका रूपमा परिचित यी कविका धेरै कविता प्रकाशित देखिन्छन्। उनका प्रकाशित कवितासङ्ग्रहहरूमा व्यतिक्रम (बङ्लभाषामा, १९८६), विपश्यना (२०००), वितृष्णा (२००३), आवेगहरू आवेशहरू (२००३), यी हाइकु हुन यी हाइकु होइनन् (२००५), वास खोज्दै आएँ (२००९), लौ सुन म भन्छु मेरो राम कहानी (२००९), शून्य शून्य शून्य (२००९), बसगाडीको यात्रा र अन्य कविका कविता (२००९) मदहोस मदहोस भएर (पहिलो भाग, २००९), मदहोस मदहोस भएर (दोस्रो भाग, २००९), अनाम अक्षरहरू (२०१८), एकान्तवासमा (२०१९) आदि हुन्। यीबाहेक उनले आँखाभरि (अनूदित कवितासङ्ग्रह) र तसलिमा नसरिनका कतिपय कविता (बङ्लाबाट नेपाली अनूदित) गरेका छन्। उनी निबन्ध लेखनमा पनि सिपालु छन्। उनको निबन्धसङ्ग्रह ‘तीतामिठा कुरा’ (२०१९) पनि प्रकाशित छ।

४. मदहोस मदहोस भएर मुक्तकसङ्ग्रह-
२००९ मा प्रकाशित मदहोस मदहोस भएर नेपालीमा सम्भवतः पहिलो एक विषयकेन्द्रित मुक्तकसङ्ग्रह हुनसक्छ। यो गोजिका आकारका प्रथम र दोस्रो खण्डका रूपमा दुई अलगअलग रहेका छन। पहिलो खण्डमा एक सय पचहत्तरवटा र दोस्रो खण्डमा एक सय त्रिहत्तर गरी जम्मा तीन सय अड्चालिसवटा छ। छोटा मुक्तक रहेका छन्। कम्तीमा चार पङ्क्ति र बढीमा छोटाछोटा आठ पङ्क्तिमा रहेका यी मुक्तकहरू नेपाली कविता सहित्यका निम्ति नौलो प्रस्तुति हान्नु सकिन्छ। यस मदिराका विभिन्न रूप, अवस्था, समर्थन, सकारात्मक पक्ष र यसकै वरिपरि केन्द्रित रहेर कविता सिर्जिएका छन्। कविका निम्ति मदिराको नशाभित्र आनन्द, मनोरञ्जन, मुक्ति, तृप्ति र प्राप्ति छ। पाठकका निम्ति सबै कवितारोचक छन्। कवितामा अन्तर्लय, अन्त्यानुप्रास र कोमल शाब्दिक प्रयोगले पाठकलाई निकै रूचिकर नौलो र सुस्वाद्य लाग्दछन्।

५. विषयगत वर्गीकरण –
प्रस्तुत मुक्तकसङ्ग्रहभित्रका पाठहरू अध्ययन गरे हामी मुख्य गरी छवटा विषयवस्तुमा वर्गीकरण गर्न सक्छौं।

५.१. ईश्वर चिन्तन – यस सङ्ग्रहको सबैभन्दा प्रबल पक्ष नै ईश्वर चिन्तन हो। मदिराको मातलाई सामान्यदेखि लिएर ईश्वरीय चैतन्यसम्म पाइन्छ। मदिराको मदको अवस्था अघि बढेर ईश्वरीय चेतनासित तादात्म्यको आभास भएको छ। यसलाई ब्रह्मानन्दकै सहोदरका रूपपमा प्रस्तुत छ। सांसारिक चेतनादेखि पर गएर ईश्वरीय सत्तासम्म मदको चेतना पुगेको छ। कविका निम्ति मदिरा अमृतसमान हो। मद पिएर प्राप्त हुने शून्यता नै ईश्वरीय चेतना हो। जब मानिस सामाजिक जञ्जालबाट मुक्तिको कामना गर्छ तब कुनै युक्ति खोज्न थाल्छ। त्यस्ता युक्तिहरूमा एउटा मदिरापान हो। हरिवङ्श राय बच्चनको ‍बहुचर्चित खण्डकाव्य मधुशालामा पनि यी मदिरापानबाट प्राप्त अवस्थालाई ईश्वरीय चेतनासम्मको स्तरमा पुर्‍याइएको पाइन्छ। मदिरालयलाई देवालयसमान बनाइएको छ। हाम्रा विचन्द्रले पनि छोटा छोटा मुक्तकका मदिरापानलाई मुक्तिदातासम्मको अवस्थाको चिन्तन गरिएको छ।

अन्तिम भोजमा परमेश्वर पुत्रले पाप पखाल्नलाई
पिएका थिए रे रक्सी डुबुल्की लाउनुपर्ला
अहो मिल्दो हो मोक्ष हामीलाई कि त गङ्गाजलमा
पिउन पाउँदा हौं यदि कि त प्रेयसीको आँसुमा।
त्यो दिव्य रक्सी अलिकति (२/२)

धर्म कमाउनलाई तर
डुबुल्की लाउनुपर्ला
प्यालाभरिको मदिरामा। (२/४)

जतिञ्जेल मैले ईश्वर पाउनलाई मैले
मदिरा पिउँदै पिइनँ कहिले तिम्रो हात समातें
त्यतिञ्जेल मैले अहो ! ईश्वर पाउनलाई मैले
ईश्वरलाई चिन्दै चिनिनँ ! कहिले मदिराको प्याला समातें। (१/३९)

५.२. जीवन चिन्तन – कविका विचारमा मदिराको मदपानबाट जीवनको नजिकसम्म पुगिन्छ। दैनन्दिन जीवनका विषमता, पुग-अपुग, जडता, दौडधुप, समस्याग्रस्तता, अभाव आदिलाई पन्छाएर मदिराले शान्त, निर्विकार, निर्लिप्त बनाउँछ। जीवनका छेउकुनाका अभाव र अपुगबाट बिर्साएर मुक्ति दिलाएको हुन्छ। जीवनमा मदिरा भनेको सबैभन्दा ठुलो कोसेली, मित्रता, आनन्द, सन्तोष, मानवता, शान्ति आदिको सूत्र हो। कविता अनुसार मदिरा साधन हो। मदिराले जीवन जिउन कला सिकाउँन, जिजीविषा जगाउँछ। मदिराभित्र जीवन छ, यसले जीवनलाई जिउन सुगम बनाउँछ। जीवनमा सफलताको कुञ्जी यसैभित्र छ –

मदिरा पिएर म दीर्घायु बाँचेकामा उधारो नै सही
सबैले मेरो गुणगान गाउने गर्छन् मलाई अलिकति जिन्दगी जिउनुदेऊ
मिरा पिउने चौंसठ्ठी कला सिक्न उधारो नै सही
सबैजना मकहाँ धाउने गर्छन्। (२/६१)

मलाई अलिकति मदिरा पिउनुदेऊ (१/४९)

५.३. जगत चिन्तन – जीवनको चिन्तन जस्तै कविले मदिराको माध्यमबाट समाज र जगतको चिन्तन गरेका छन् । जगतका समस्याको सबैभन्दा ठुलो समाधानको बाटो मदिरा हो।
जगतलाई मैले बिरानो सम्झर के भो ? विश्व-मानचित्रमा कुन देश होला?
जगतले मलाई आफ्नो सम्झिसक्यो जहाँ कुनै क्लेश छैन
तिमीलाई मैले बिरानो सम्झेर के भो ? जहाँ मान्छेको भिन्नभिन् भेष छैन।
तिमीले मलाई आफ्नो सम्झिबस्यौ विश्व मानचित्रमा कुन त्यस्तो देश होला
मदिरालाई मैले पराय सम्झेर के भो ? जहाँ मदिरामा कुनै शुल्क पर्दैन।
मदिराले झन मलाई आफन्त बनाइबस्यो।(२/९६) जहाँ मान्छे मान्छेलाई जात जाति धर्म
अनि मुलुकले छुट्याउँदैन।
हे प्रभु! त्यस्तो देश निर्माण गरन। (२/७२)

५.४. प्रेम चिन्तन – यस सङ्ग्रहभित्र प्रेमका अनेक पक्ष छन्। धेरै मुक्तकहरूभित्र प्रेयसी, अधर, चुम्बन, मुस्कान आदि शब्दप्रयोगले प्रेमका विविध भावलाई दर्शाइएको पाइन्छ। कविका निम्ति सुरा र सुन्दरी एकार्काका पूरक हुन्। मान्छेका जीवनका सुखका परम तत्व हुन्, आनन्दका माध्यम हुन्। यी दुई मुक्तकसङ्ग्रहमा अनेक पदहरूमा प्रेमका विविध रूपक प्रतिबिम्बन भएको पाइन्छ। मदिरा र प्रियतमा समान छन्-
मदिरा कहिले काँचको प्यालामा पिएँ पिउनलाई मलाई प्याला चाहिन्न
मदिरा कहिले चाँदीको प्यालामा पिएँ प्रेयसीको गाला भए पुगिहाल्छ
मदिरा कहिले एकान्तमा जिउनलाई मलाई मदिराको साथ चाहिन्न
प्रेयसीको गालामा पिएँ। (२/४२) प्रेयसीको मात भए पुगिहाल्छ।

५.५. सौन्दर्य चिन्तन – कविका निम्ति मदिराबाट सौन्दर्यका अनेक पाटा खुलिन्छन्। यसको माध्यमले मानव चेतनबाट सौन्दर्य प्रकाशित हुन्छ। कविका निम्ति संसार सुन्दर बनाउनका निम्ति मिरा सेवनले थप सहयोग दिन्छ। मदिरा सौन्दर्यको स्रोत हो। बुझ्नेका निम्ति मदिरा सौन्दर्य, आनन्द र सन्तुष्टि छ। प्रकृतिका सौन्दर्यको नजिक पुर्‍याउने माध्यम मदिरा हो।

चाँदीको बुट्टेदार सुराहीबाट
खन्याइदिन्छु मदिरा सुस्तरी सुस्तरी
प्रेयसीको मसृण केशभरि-भऱि
अनि त केशबाट मदिराका मोतीकण
पिउनथाल्छु म त
थापेर अञ्जुलीभरि- भरि(२/३१)

५.६. जातीय चिन्तन – यस सङ्ग्रहमा जातीय चेतना पनि अभिव्यक्त गरिएको पाइन्छ। हाम्रो गोर्खाको आफ्नै जीवनशैली, आफ्नै किसिमको मदिरासेवन र आफ्नै मौलिक मदिराका प्रकार छऩ्। हाम्रो तीनपाने भनिने घरघरमा तयार पारिने मदले पनि राष्ट्रियता मान्यता पाउनुपर्छ। यो पनि राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा व्याकता र मान्यता पाउने कुरामा आशा व्यक्त गरेका छन्-

एकदिन आउला नि त समय एकदिन देशभरि हुने नै छ
मादल, डम्फु, च्याब्रुङको बोल हाम्रो तीनपाने रक्सीको मान-सम्मान
संसद भवनमा हामी सुनाउँला जरूर साथी ! त्यसबेला
एकदिन आउला नि त समय सुरमा सुर मिलाएर
घरको चोखो तीनपाने रक्सी आकाशतिर दुई हात उचालेर
देशका गण्यमान्यहरूलाई हामी खुवाउँला। (२/१)

म पनि भन्नेछु
मेरो देश कति महान !
मेरो देश कति महान !!
मेचीको पानी मिसाएर पनि मैले मदिरा पिएँ
तिस्ताको पानी मिसाएर पनि
मैले मदिरा पिएँ
जहिले जहाँ मैले मदिरा पिएँ
गोर्खाको इतिहास सोध्दै खोज्दै
रूँदै हाँस्दै मैले मदिरा पिएँ। (१/१०३)

५.७. साम्प्रदायिक सम्प्रीति चिन्तन – यस मुक्तक सङ्ग्रहमा साम्प्रदायिक सम्प्रीतिको भावना पनि प्रखर रूपमा पाइन्छ। मदिरा सेवनले सम्प्रदायिक सम्प्रीति, एकता, अखण्डता, आपसी भाइचारा, विश्वशान्तिको कामना, जातीय विभेदको अन्त्य, मानवता प्रेम जस्ता भावना अभिव्यक्त भएका छन्।

विश्व मानचित्रमा कुन देश होला पिउनेलाई के को दिन के को रात?
जहाँ कुनै क्लेश छैन, के को जाति के को जात?
जहाँ मान्छेको भिन्न भिन्न भेष छैन। पिउनेलाई के को धर्म केको पाप?
विश्व-मानचित्रमा कुन यस्तो देश होला के को आशिष केको श्राप?
जहाँ मदिरामा कुनै शुल्क पर्दैन न त आश न त त्रास
जहाँ मान्छे मान्छेलाई जात जाति धर्म न त ताप न त पश्चताप,
अनि मुलुकले छुट्याउँदैन पिउनेलाई सर्वत्र फलिफापै फलिफाप (२/८९)

हे प्रभु त्यस्तो देश निर्माण गरन। (२/७२)

कविका निम्ति मदिरा –

मदिरा → ईश्वरीय चेतना
धर्म चेतना
आनन्ददाता
सन्तुष्टिदाता
मोक्षदाता
प्रेममार्गी
भाइचारा
सहिष्णुता
पन्थविरोधी
मानवताप्रेमी
सौन्दर्यको स्रोत
सत्यको मार्ग
सहकालको कारण
अन्तर्प्रेरणादायक
सभ्यताको खुडकिलो
संस्कारक
संस्कृतिको चिन्ह
विश्वशान्ति सूत्र
कविको कविताको स्रोत
विषयान्मुक्ति साधन
सम्प्रादायिकता विरोधी
अमृत
मित्रताको माध्यम
अझ उनका निम्ति मदिरा ईश्वर र मुक्ति एकार्काका सम्पूरक र अन्योन्याश्रित छन्। यी तीनको सम्बन्ध यस्तो त्रिकोणीय छ-

क) विरोधाभाष-

कविले मदिराको महिमा गाउने क्रम कवितालाई तीब्रता दिन विरोधाभाषको युक्ति अपनाएका छन्। एकार्काका विपरीतार्थी शब्दलाई विभिन्न प्रसङ्ग जोडेर कवितालाई रोचक तुल्याएका छन्। जीवनमा जुन गर्नुहँदैन,त्यही गरिन्छ, जे भोग्नु नपरोस ठान्यो- त्यही भोग्नुपर्छ। जहाँ निषेध हुन्छ त्यही उल्लङ्घन गरिने मानव स्वभाव हुन्छ –
मदिरा नपिउँदै कसम खाँदै कहिले जगत-सृष्टिको रहस्य सोंच्दै
कहिले म त मन्दिर पुगेँ मैले मदिरा पिएँ
मदिरा नपिउँदै कसम खाँदै कहिले मानव-सृष्टिको रहस्य खोल्दै
कहिले म त रक्सी पसल पुगेँ। मैले मदिरा पिएँ
कहिले तर मदिरा-सृष्टिको रहस्य सम्झँदै
मदिरा पिउनै मैले भुलेँ। (२)

ख) समतुल्यता

कविले मदिरालाई विभिन्न वस्तुसित समतुल्य गरेका छन।

विष सम्झे विष नै बन्छ मदिरा
अमृत सम्झे अमृत नै बन्छ मदिरा
बन्धन सम्झे बन्धन नै बन्छ मदिरा
मोक्ष सम्झे मोक्ष नै बन्छ कविता।

६. मूल्याङ्कन र उपसंहार –
नेपाली कविता साहित्यमा कवि विचन्द्रको एउटा विशिष्ट स्थान छ। उनको मदहोस मदहोस भएर भन्ने मुक्तकसङ्ग्रह नेपाली साहित्यको निम्ति एउटा विशिष्ट कृति हो। यो आफैंमा पूर्ण छ, कलात्मक छ, मौलिक छ, परम्परादेखि अलग छ। मदिरालाई लिएर केही नेपाली कविहरूले कविता लेखेका छन् तर यो एउटै विषयमा दुई-दुईवटा मुक्तकसङ्ग्रह यही नै पहिलो हो। हरिभक्त कटुवाल, भूपी शेरचन, मनप्रसाद सुब्बा आदिका केही कविता छन्। यद्यपि यी कविहरूका एकाध मात्र मदिरामाथि केन्द्रित छन्। मदिरालाई मात्र लिएर पनि कवि विचन्द्रको कविता साधना, समर्पण, मौलिकता, दक्षता, कलाकारिता, सिर्जनात्मकता उत्कृष्ट देखिन्छ। उनको प्रतिभा कौशल कवितामा देखिन्छन्। सिपालु कवि भएर उनले मदिरालाई सामान्य वस्तुदेखि ईश्वरीय चेतनासम्म पुगेका छन्।

कालिम्पोङ

लेखक परिचय
नवीन पौड्याल
प्रतिक्रिया
Loading...