

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)
1 अगस्त 2021 (रविवार) का दिन नेपाली साहित्य परिषद्, मणिपुरद्वारा प्रकाशित युवा स्रष्टा हर्कबहादुर लामगादे ‘रोहित’ को ‘मन बल्झिन्छ’ काव्य संग्रहको गुमलमिटका माध्यमबाट लोकार्पण सम्पन्न भयो ।
रोहितले यसै कृतिबाट साहित्यको संसारमा प्रवेश गर्नुभएको हो । यस लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार नव सापकोटा (आसाम) मुख्य अतिथिका रुपमा रहनु भएको थियो भने त्रिभुवन विश्वविद्यालय काठमाण्डौंका प्राध्यापक महेश पौड्याल, पत्रकार तथा उपन्यासकार अश्विनी कोOराला (काठमाडौँ), सनातन संस्कृत विद्यालय-मणिपुरका प्रधानाचार्य शंकर खतिवड़ा एवं जी.बी.के.वाई.ओ.एम.का सल्लाहकार कृष्णलाल रामुदामु विशिष्ट अतिथिका रुपमा रहनु भएको थियो ।
नेपाली साहित्य परिषद्,मणिपुरका अध्यक्ष भवानी अधिकारीले अध्यक्षता गर्नुभएको सो कार्यक्रममा अनुष्का एवं सुस्मिताको सरस्वती वन्दनापछि परिषद् सहसचिव होमनाथ चापागाईले स्वागत सम्बोधन प्रस्तुत गर्नुभएको थियो ।
परिषद् सचिव दीपक पन्थले सचिवको वक्तव्य प्रस्तुत गर्दै मणिपुरका सबै साहित्यिक संस्थाहरूले नवोदित युवा स्रष्टाहरूलाई मार्गदर्शन गर्दै अगाडि बढ्ने प्रेरणा दिनुपर्ने कुराको उठान गर्नु भयो ।
विशिष्ट अतिथि महेश पौड्याल, शंकर खतिवड़ा एवं मुख्य अतिथि नव सापकोटाले पनि कार्यक्रममा सारगर्भित मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मन बल्झिन्छ कविता संग्रहको समीक्षा साहित्यकार पं. राम प्रसाद पौड्यालले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा मणिपुर निवासी त्रिपुरा केन्द्रीय विश्वविद्यालयका उपकुलपति प्रो. गंगा प्रसाई, डॉ. टंकनाथ खतिवड़ा, दुर्गा शर्मा, लोकबहादुर बस्नेत, अशोक चौराशिया, मोहन कार्की, मुक्ति गौसम, गोमा शर्मा, विलोक शर्मा, नितेश दवाड़ी, शुकराज दियाली, भोलानाथ शर्मा, खेमानन्द सापकोटा, भीम कोइराला, रीता सिंह, विशाल केसी, खेमानन्द खतिवड़ा, हरिदास बस्नेत, सीताराम अधिकारी, सीता देवी छेत्री आदि विशेष व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।
अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन, नेपाली संस्कृति सुरक्षा परिषद्, मणिपुर, गोर्खा ज्योति प्रकाशन, मणिपुर, हाम्रो स्वाभिमान ट्रस्ट, एकल अभियान,राष्ट्र सेविका समिति जस्ता विभिन्न संघ संस्थाहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सुरज चापागाईं, रोशन दियाली, विलोक शर्मा आदि कविहरूले आ-आफ्ना रचनासमेत पाठ गर्नुभएको थियो । परिषद् कोषाध्यक्ष वसन्ती देवी पौड्यालले सञ्चालन गर्नुभएको यस कार्यक्रममा नेसापका सह सचिव मुक्ति बरालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
दीपक पन्थ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

परदेशबाट प्रधानसम्पादकलाई पत्र – छाेरा हामीसँग हिन्दी बाेल्न सर्माउँछ, चित्त प्रशन्न हुन्छ
