नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यू प्रमुख आतिथ्यमा इन्द्रेनी बाछिटासङ्ग्रहकाे लोकार्पण जुममार्फत  सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजक संस्था नेपाल श्रष्टा समाज तथा समाजका अध्यक्ष एवम् कार्यक्रम सहजकर्ता श्री विधान आचार्य हुनुहुन्थ्यो । समीक्षात्मक मन्तव्यसहित शुभकामना  डा. शान्तिमाया गिरीज्यू र डा. नारायण गैरेले दिनुभएको थियो ।

६० जना बढी सहभागी भएको  कार्यक्रममा बाछिटासम्बन्धी चर्चा परिचर्चा भएको थियो । ७ जना बाछिटाकारले ७-७ वटा बाछिटा वाचन गरेर कार्यक्रममा थप उत्साह थप्नुभएको थियो ।

कार्यक्रमको अन्तमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यूले बाछिटा नवीतम विधा भएकाे र यस विधालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

इन्द्रेनी बाछिटासङ्ग्रहलाई  मातृभाषा संरक्षण समूह अमेरिकाले प्रकाशन हो ।