मन्तव्य राख्दै लोककवि राजभाइ जकःमि

अमेरिकास्थित द नेवाः अर्गनाइजेसनले वासिङ्टन डिसी एरियामा एक विशेष कार्यक्रम आयोजना गरी नेवारी लोककवि राजभाइ जकःमि र उनकी पत्नी भगवती महर्जनलाई गएको शनिबार सम्मान गरेको छ ।

कोभिड १९ को प्रभावका कारण केही सीमित व्यक्तिहरुमाझ आयोजना गरिएको सो सम्मान कार्यक्रममा जकःमिको योगदानको चर्चा गरियो ।

कीर्तिपुर पाँगामा २०१४ सालमा जन्मिनु भएका जकःमिले लामो समयदेखि शिक्षण तथा डबली नृत्यमा काम गर्नुभएको छ । उहाँले नेवाः संस्कृतिमाथि कयौँ कविता, गीत तथा आलेख लेख्नुका साथै पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।

जकःमिलाई २०७२ सालमा राष्ट्रिय नेवाः संघमार्फत लोककवि घोषित गरिएको थियो ।