१.
खित्काहरू

जाडाले थरथर काँप्दै
रोइरहेको नाङ्गो
केटालाई हेर्दै
मरी-मरी हाँस्यो
कपासको बोट

हातमा कटौरी
पेटमा सारङ्गी
भोकको सङ्गीत सुन्दै
मच्ची-मच्ची हाँस्यो
धानको बोट

भ्याङ्क लोन तिर्न नसकी
बिच बजारमा झुन्डी मरेको
एक जना किसानको लास थाम्दै
खित्का छोडी-छोडी हाँस्यो
नीमपत्तीको बोट ।

दिलमान राई ‘चोट’

२.
दृश्यहरू

जाडाले थरथर काँप्दै
रोइरहेको नाङ्गो
केटालाई हेर्दै
मरी-मरी हाँस्यो
कपासको बोट

हातमा कटौरी
पेटमा सारङ्गी
भोकको सङ्गीत सुन्दै
मच्ची-मच्ची हाँस्यो
धानको बोट

ब्याङ्क लोन तिर्न नसकी
बिच बजारमा झुन्डी मरेको
एक जना किसानको लास थाम्दै
खित्का छोडी-छोडी हाँस्यो
नीमपत्तीको बोट ।

३.
तिर्खाहरू

सिनित्त लिपिएको
सुशोभित सिकुवा
अनि लिप्ने
कलकलाउँदा निपुण हात
गोबरको हरियो गन्ध
अनि गन्धमा
शुद्ध औषधिको आभास
बस्तीकी सुन्दर सुकोमल बाला
अनि उसका दुई निर्दोष नयनाकाश
मुस्कानमा तिर्खा साटिने,
स्पर्शमा थकान मेटिने,
बातमा भोक बिर्सिने,
खुसीका फूलहरू फुल्ने बारैमास;
म ती झरिला नयनाकाशमा रमणिका
साँझको पाहुना भएर
सुटुक्क पैँचो माग्ने थिएँ
एकरात बास ।