विश्वमा देखापरेको आपराधिक गतिविधि दिनानुदिन अतिक्रान्त बन्दै गएको छ । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उद्धेश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कवितासङ्ग्रह प्रकाशित गर्ने भइएकाे छ ।

डा. गोबिन्द रावत संयोजक रहेको समितिमा एकबहादुर छेत्री उपसंयोजक र सदस्यहरूमा गोबर्द्धन पूजा, सर्वज्ञ वाग्ले, दिनार श्रेष्ठ, निरन्जन मल्ल, सन्ध्या पहाड़ी, महेश्वर पन्त र रन्जना निरौला रहनुभएको छ । उक्त सङ्ग्रहका लागि आ-आफ्नो कविता पठाएर सहयोग गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कवितासङ्ग्रह प्रकाशन समिति’ सबै काव्यानुरागी  स्रष्टाहरुमा  अनुरोध गरेकाे छ ।

कविता २५० शब्दसम्मकाे हुनुपर्ने छ भने,  २०२१ अक्टुबर २० सम्ममा तलको इमेलमार्फत् पठाइसक्नुपर्ने छ ।

aparadhsudharkabita21@gmail.com

प्राप्त कविताहरूबाट उत्कृष्ट कविताहरूको सङ्ग्रह लेखनाथ जयन्तीका दिन प्रकाशित गरिनेछ ।