साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता : दोधारमा परे जन्ती

राजेन्द्र कार्की

प्यारी एमसीसी

गोरी राम्री प्यारी एमसीसी

सबै मिली फकाइयो मरिहत्ते गरेसी ।

 

लाग्यो देख्दा गठ्वाली कसो गरुनी

मोहित भईयो भेटेर ठाटवाली तरुनी

सिन्दुर हालियो, छाड्नु अब कसोरी

घरमा विवाद छ, विवाह दर्ता गर्नु कसोरी ।

 

सम्बन्धित पोस्टहरु

धारा तथा शौचालय महात्म्य

गरे अहित हुन्छ, जन्ती भन्छन

नगरे अहित हुन्छ, बेहुली भन्छिन

केमा हित हुन्छ कोही जान्दैनन्

जता बतास चल्छ

किन उतै मन जल्छ ?

 

नगर्दा पनि पीर छ

गर्दा आँखा अगाडि झीर छ

दोधारैमा परे जन्ती वरी लई ।

प्रतिक्रिया
Loading...