तिमी मेरो आँखाभरि सधैँ सधैँ घुम्ने
सपनीमै भए पनि चुम्बन गरी रम्ने
बिपनीमा ओझेल पर्ने, नशालु ती आँखा
कोकिलको झैँ मिठो बोली, माधुर्य त्यो भाका ।।
यौवनको फूल फक्रि, कति बस्छ्यौ लजाई
चुँडाई बन्धन सरमको, बस् यो दिल कजाई
रेसमी ति केशले मुहार मेरो फुकी
जनु तारा सबै मिले, को पो होला दुःखी ।।
चाल तिम्रो मादकले, भरिएको त्यो घडा
नाइँ तिमीले भन्यौ भने, कहाँ रहुँला म खडा
ओठको त के कुरा भो, अस्त्रसरि नाभि
मेरो दिलको द्वारे तिमी, तिमी नै हौ चाबी ।।
भो भो हुन्न नै तर सुन्नु छैन हेर
पग्लिएको हिउँसरी, बैंस जान्छ खेर
टिकी, गाजल, सोह्रशृङ्गार सबै तिम्रो मुहार
हुन्छ भने जिन्दगीमा पक्कै आउँछ बहार ।।
कामुक त्यो बदनको मूल्य कति कति
डर लाग्छ बिते समय हुन्छ कि त खती
छैन कुरा स्मरणमा, तिम्रो बाहेक केही
हुन्छ भन मलजल गर्छु तिमी मेरी जुही ।।
—प्रध्यापक टेफ दक्षिण अस्ट्रेलिया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला