पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले राष्ट्रव्यापीरूपमा माध्यमिकस्तरमा कविता प्रतियोगिता आयोजना गरिने भएको छ ।प्रतिष्ठानले माध्यमिक तहमा (कक्षा ९ देखि १२ कक्षासम्म) अध्ययनरत दलित समुदायका छात्रछात्राहरूको सहभागिता रहने गरी नेपाली भाषामा दुई सय शब्दमा नबढाई लेखिएको कविताहरू प्रतियोगितामा समावेश गर्न विद्यार्थीहरूबाट कविता आव्हान गरेको छ।

कविता जातीय भेदभाव र असमानताको विरुद्ध लेखिएको चेतनामूलक तथा स्वयं विद्यार्थीले लेखेको मौलिक र अप्रकाशित हुनुपर्ने छ । गालीगलौज, अश्लील शब्द प्रयोग गरिएका तथा व्यक्तिगत आक्षेप लगाएका कविताहरू प्रतियोगितामा सामेल गरिने छैनन् ।

राष्ट्रियस्तरमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई एक समारोहमा पुरस्कार स्वरूप क्रमशः रु. ३०,००० (तीस हजार), रु. २०,००० (बीस हजार) र रु. १०,००० (दश हजार) नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । कविता २०७८ भदौ ३१ गतेसम्ममा padamliterature@gmail.com मा वा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान वा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान, अनामनगर,काठमाडौंमा पठाउन अनुरोध गरिएको छ ।

यसका अतिरिक्ति कविताको साथमा एक प्रति फोटोसहित सहभागीको नाम, ठेगाना, विद्यालयको नाम, कक्षा र सम्पर्क फोन नम्बरसमेत उल्लेख गर्न अनुरोध गरिएकाे छ । प्रथम, द्वितीय र तृतीय प्रतियोगीहरूले पुरस्कार वितरण समारोहमा स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने छ ।यससम्बन्धमा अन्य जानकारी आवश्यक भएमा padamliterature@gmail.com मा इमेल गर्न वा ९८४७०६८१२५ (आर बी निश्चल) मा सम्पर्क गर्नु प्रतिष्ठानले अनुराेध गरेकाे छ ।

प्रतियोगिताका लागि थप जानकारीका लागि हेर्नुहाेस् प्रतिष्ठानले जारी गरिएकाे प्रेस विज्ञप्तीः