नीलम कार्की निहारिकाको नवीनतम कृति “द्रौपदी अवशेष”माथि प्रवासी प्रवाहले परिचर्चा गर्ने भएको छ । प्रवासी प्रवाहको नियमित शृङ्खला अन्तर्गत ५८ शृङ्खलामा उपन्यास “द्रौपदी अवशेष” माथि चर्चा गर्न लागिएको हो ।

जुम प्रविधिका माध्यमबाट सञ्चालन हुने उक्त परिचर्चा कार्यक्रममा “योगमाया”का लागि मदन पुरस्कार विजेता तथा द्रौपदी अवशेषकी लेखक निहारिकाका साथमा पत्रकार तथा समीक्षक राजकुमार बानियाँको समेत उपस्थिति रहने छ ।

कार्यक्रममा निहारिकाले पुस्तक लेखक तथा लेखन अनुभव बारे बताउनु हुने छ भने बानियाँकाे आफ्नाे समीक्षात्मक दृष्टिकाेण राख्नु हुनेछ ।

भगवती बस्नेतले सहजीकारण गर्ने उक्त कार्यक्रम नेपाली समयअनुसार साउन १० गते (२५ जुलाई) आइतबारका दिन साँझ ८ बजे प्रसारण हुनेछ । कार्यक्रमलाई प्रवासी प्रवाहको फेसबुक पेजबाट लाइभ हेर्न सकिने छ ।

आफ्नो नवीनतम उपन्यास द्रौपदी अवशेष संस्कृतिकाे आख्यानीकरण हाे । यस उपन्यासमा बहुपति विवाह पद्धतिबारे पाठकले पढ्न पाउनु हुनेछ ।