स्रष्टा साँझ अमेरिका-नेपालकेा आयाेजनामा  “मनसुन विशेष” रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ । स्वदेश तथा विदेशका कविहरु जुम प्रविधिमार्फत् भेला भएर “मनसुन विशेष” कविता वाचन कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तीर्थराज अधिकारीकाे उपस्थिति रहेकाे थियो । त्यस्तै, विशेष अतिथिका रूपमा डा. शैलेन्द्र नेपाल र दुर्गाप्रसाद भ्रमरकोटेकाे उपस्थिति रहेकाे थियो ।

कार्यक्रमको सुभारम्भ स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दिक्षितले गर्नुभएको थियो । कार्यक्रमलाई अगाडि बढाउने क्रममा कार्यक्रम सन्चालक पवन कुमार बुढाथोकीले सम्पूर्ण सहभागीहरूलाई कार्यक्रममा स्वागत गरेर कार्यक्रमको थालनी गर्नुभएको थियो ।

कार्यक्रममा मनसुन, मौसम तथा वर्षा ऋतुमा केन्द्रित भएर रचना वाचन गर्न आग्रह गरिएबमोजिम सबै सहभागीहरूले आआफ्ना कविता, मुक्तक, सुसेली र कोपिलालगायत विधाका वाचन गर्नुभएकाे थियो । ।कार्यक्रममा आफ्ना रचनाहरु

कार्यक्रममा गीताश्री शर्मा, सरला सिस्ट, सुशीला ढकाल, तारा केसी, चित्रा कोइराला पौडेल, राम कुमार पण्डित, स्मृति लक्ष्मी, सीता बिष्ट कार्की, विश्वराज अधिकारी, भगवती पौडेल, चन्द्रा न्यौपाने, दुर्गा अधिकारी भ्रमरकोटे, पवनकुमार बुढाथोकी, तीर्थ अधिकारी, प्राडा शैलेन्द्र नेपाललगायतले आफ्ना फरक फरक विधाका सिर्जनाहरू वाचन गरी सुनाउनु भएकाे थियो ।