कविता : पिल्सिरहेको देशको छ हृदय
लालच र सत्ता माेहले धमिलो बादल
थुपारेपछि देशकाे आकाशमा
मान्छेका आँखाले मान्छेलाई
मान्छे नदेख्दाे रहेछ,
महलका हृदयहरूले
छाम्न नसक्दाे रहेछ झुपडीका घाउहरू ।
त्यसैले त,
विभेद निर्दयताकाे बलियो पर्खाल
बनेर उभिरहेको छ,
हत्या, हिँसा र अपराधका
करामतहरू मौलाइरहेका छ्न्
निमुखाको संवेदनामाथि ।
निष्ठुरी समयअघि
निर्भयले नाघेपछि निर्लज्जाकाे परिधि,
सकिएपछि विश्वास मर्यादाको,
ढलेपछि उचाइ मानवताको,
मेटिएपछि फैलावट स्वाभिमानको,
पिल्सिरहेको छ देशको हृदय
दुखको आलापहरूमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला