भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसको रुपमा मनाउँदै गैरआवासिय नेपाली सङ्घ (एनआरएन) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले यस वर्ष ‘नेपाली भाषा साहित्यको विश्वव्यापीकरणको अवस्था र चुनौति’ विषयक विचार गोष्ठी सम्पन्न गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल पज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीकाे उपस्थिति रहेकाे कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ समालोचक एवम साहित्यकार प्राडा. गाेविन्दराज भट्टराईकाे उपस्थिति रहेकाे थियो ।
गोष्ठीमा नेपाली भाषा साहित्यको संसारका विभिन्न मुलुकहरूमा भइरहेको विस्तार र आएका चुनौतिहरूका बारेमा प्राडा. भट्टराईले मुख्य वक्ताको रुपमा आफ्ना विचारहरु राख्नुभएकाे थियो । त्यस्तै, क्यानडाका साहित्यकार डा. गोविन्दसिंह रावत, म्यान्मारका साहित्यकार लक्ष्मण न्यौपाने र बेलायतका नियात्राकार कृष्ण बजगाईँले समेत आफ्ना धारणाहरू प्रस्तुत गर्नुभएकाे थियो ।
जुम प्रविधिबाट भगवती बस्नेतले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रम आइतबार बेलुकी नेपाल समय ८ बजेबाट सञ्चालन भएकाे थियो ।
उक्त विचार गोष्ठीमा नेपालभित्र र प्रवाससमेत साहित्यकारहरू सहभागिता जनाउनुभएकाे थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।