अन्तर्राष्ट्रिय नेपाली समाजअन्तर्गत भाषा तथा साहित्य समितिको आयोजनामा २०८ औँ भानुजयन्ती विशेष दोस्रो दिनको सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । शरूभक्तकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएकाे हाे ।

आफ्ना रचनाहरूको माध्यमबाट कार्यक्रम उद्घाटन गर्नुभएका सरूभक्तले भानुभक्तका कृतिमाथि छोटो विश्लेषणसमेत प्रस्तुत गर्नुभएकाे थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कवि शिव सङ्कल्प, कवि लालगोपाल सुवेदी र कवि शिव त्रिपाठीले भानुभक्तका रचनाहरू वाचन गर्नुभएकाे थियो ।

कार्यक्रममा अनुग्रह रानामगर, अरुण भेटवाल, अर्जुन श्री, इन्दिरा गौतम, उज्ज्वलराज भट्टराई, एलिजा हुमागाइँ, एसपी उप्रेती, झलक बुढाथोकी, तेजबहादुर गुरुङ, दुर्गाभवानी भट्ट, नमिता दवाडी, प्रतिमा केसी, प्रमोद पाण्डे, प्रभा पन्त, भागिरथी प्रकृति, रोमकान्त सापकोटा, लिली अधिकारी, विक्रम याक्खा, विप्लवी तेन्जु योञ्जन, विन्दा पराजुली, बैद्यनाथ श्रमजीवी, शरद पोख्रेल, सुभद्रा भण्डारी, शुभलक्ष्मी कोइराला, शोभा दाहाल, सीता अधिकारी, सीता पन्थी, सुजनबाबु बस्नेत, सुप्रिया वस्नेत घिमिरे, किस्मत भण्डारी, बलबहादुर कार्की, प्रबिना बराल, विजयदत्त मणि लगायतले आफ्ना रचना वाचन गर्नुभएकाे थियो ।

दुई दिने कार्यक्रमको अध्यक्षता भाषा साहित्य समितिका अध्यक्ष डा. जानुका नेपालले गरेकी गर्नुभएकाे थियो ।

कार्यक्रमको सञ्चालन भाषा साहित्य समितिका महासचिव चैतन्य अधिकारी तथा सहमहासचिव महालक्ष्मी अधिकारीले गर्नुभएकाे थियो भने उपाध्यक्ष दिनेश घिमिरेले स्वागत मन्तव्य राख्नु भएकाे थियो । त्यस्तै, इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले दुई दिनकै कार्यक्रममा सफल भएको र थप समीक्षा हुने बताउनु भयाे ।