साहित्यकार वसन्त श्रेष्ठले एक कार्यक्रमका बीच बोस्टनमा एक दर्जन कविता वाचन गर्नुभएको छ ।

आइतबार सिर्जना उत्सव, बोस्टनले आयोजना गरेको ‘सर्जकसँग एक साँझ’ कार्यक्रममा उहाँले कविता सुनाउनु भएको हो ।

बोस्टनमा आधा दशक बिताउनु भएका वसन्तले कविता वाचनका क्रममा बोस्टन बसाइको सम्झना पनि सुनाउनुभयो ।

मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उहाँको अन्तर्क्रियात्मक प्रस्तुतिलाई साथ दिन गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडेदेखि नेपाली चलचित्र ट्रक ड्राइभरकी नायिका एलना श्रेष्ठ, समाजसेवी प्रह्लाद केसी, अनेसास बोस्टन च्याप्टरका संस्थापक अध्यक्ष अच्यूत अधिकारी, महेश्वर पन्त, ममता कर्माचार्यसम्मले साथ दिनुभएको थियो ।

गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा थानिरत्न कँडेल, नवीन उप्रेती, लव अधिकारी, विद्ध्या श्रेष्ठ, देवेश मल्ल लगायतको सहभागिता रहेको थियो ।