गैरआवासीय नेपाली सङ्घकाे भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिकाे साप्ताहिक अनलाइन कार्यक्रमकाे ५४ औँ शृंखलामा अर्थविद् तथा गीतकार प्रा.डा. विश्वरम्भर प्याकुर्यालकाे अतिथ्यता रहने भएकाे छ । उहाँसँग “गीत, कविता, अर्थनीति र समृद्धिका कुरा” शीर्षकमा रहेर अन्तरङ्ग कुराकानी गरिने भएकाे हाे ।
वरिष्ठ अर्थशास्त्री तथा श्रृलङ्काका लागि राजदूतसमेत भइसक्नुभएका प्रा.डा. प्याकुर्यालले विश्व बैङ्क तथा अन्य थुप्रै अन्तर्राष्ट्रिय वित्तीय संस्थामा आवद्ध भएर काम गरिसक्नुभएकाे छ । वि.स. १९८८ जेठमा काठमाडाैँकाे धर्मस्थलीमा जन्मिनुभएका उहाँका कविता, गीत तथा लेखहरू देशका विभिन्न प्रतिष्ठित पत्रपत्रिका प्रकाशित भएका छन् ।
स्वरसम्राट् नारायणगाेपालकाे स्वरमा रहेकाे “तिमीले भनेका सारा देव ….” जस्ता कालजयी गीतका रचनाकार प्रा.डा. प्याकुर्याल स्वयं नारायणागाेपालका अत्यन्त नजिकका साथीसमेत हुनुहुन्थ्यो । गत वर्ष उहाँकाे आत्मकथा आफैँलाई खाेज्दा फाइन प्रिन्टबाट प्रकाशनमा आएकाे छ ।
गैरआवासीय नेपाली सङ्घकाे भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाका अनुसार कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने तथा संरक्षक राम प्रताप थापाले प्रा.डा. प्याकुर्यालप्रति स्वागत मन्तव्यका लागि उपस्थिति रहनेछ ।
कार्यक्रममा कान्तिपुरका पूवआर्थिक ब्युराे प्रमुख तथा हाल अमेरिकामा बसेर पनि सक्रिय पत्रकारिता गरिरहनुएका विजय घिमिरेले प्रा.डा. प्याकुर्यालसँग आर्थिक नीति र एनआरएनकाे नेपालकाे अर्थतन्त्र र समृद्धिमा भूमिकाबारे संवाद गर्नुहुनेछ । त्यस्तै कार्यक्रम सञ्चालक भगवती बस्नेतले उहाँका साहित्यिक पाटाहरूका बारेमा चर्चा गर्नु हुनेछ ।
कार्यक्रम २०७८ असार १३ गते (27 june 2021) का दिन नेपाली समयअनुसार बेलुकी ८ बजे प्रवासी प्रवाहकाे फेसबुक पेजमार्फत् लाइभ हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।