साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा भाषा तथा समिति गठन

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले भाषा तथा साहित्य समिति घोषणा गरेको छ ।
समाजले डा. जानुका नेपाल पौडेलको अध्यक्षतामा भाषा तथा साहित्य समितिको घोषणा गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा हालै सम्पन्न भर्चुअल प्लेटफर्म जुममार्फत भएको कार्यक्रममा ४९ सदस्यीय समिति घोषणा गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराईले समितिका पदाधिकारीहरुको नाम वाचन गरेर घोषणा गर्नुभएको थियो ।

समितिमा वरिष्ठ उपाध्यक्ष रोमकान्त सापकोटा रहनुभएको छ भने डा. चैतन्य अधिकारी महासचिव हुनुहुन्छ ।

त्यस अवसरमा साहित्यकार भट्टराईले जहाँ भए पनि जहाँ रहे पनि आफ्नो पहिचान छोड्न नहुने बताए ।

समितिका अध्यक्ष पौडेलले नेपाली भाषा र साहित्यलाई उत्थान तथा प्रवर्द्धन गर्ने उद्देश्यले समितिको निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा साहित्य समितिका उपाध्यक्ष शर्मिला पौडेल लगायतले नेपाली भाषा साहित्यको विविध आयामका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरुले रचना वाचन पनि गर्नुभएको थियो । कार्यक्रम समाजका केन्द्रीय महासचिव अर्जुनश्री तथा नवगठित समितिका महासचिव र सहमहासचिवले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
Loading...