छैटौँ वातावरण साहित्य गोष्ठी सम्पन्न भएकाे छ । प्राडा खगेन्द्रप्रसाद लुइँटेलकाे प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट कार्यक्रम समापन भएकाे हाे ।

पहिलो दिन, ५ जुन, प्रमुखक वक्ताकाे रूपमा तमु साहित्य मन्चका अध्यक्ष गाैरी तमू रहनुभएकाे कार्यक्रममा नेपाल र बेलायतबाट ६५ जना स्रष्टाकाे सहभागिता रहेकाे थियो । कार्यक्रममा  विजय हितानद्वारा सम्पादित इको कवितासङ्ग्रह ‘स्वच्छन्द सुसेलीहरू २’काे विमाेचन प्रमुख अतिथिका हातबाट गरिएकाे थियो ।

साथै कार्यक्रममा गत वर्षका उत्कृष्ट इकाे कवि गणेश राईलाई सम्मान पत्रका साथमा पुरस्कार राशिले सम्मापन गरिएकाे थियो ।

६ जुन, दोस्रो दिनको ‘छैटौं वातावरण साहित्य गोष्ठी’ मनाउने क्रममा भारत र विश्वका अन्य राष्ट्रका ४९ स्रष्टाहरू कार्यक्रममा जोडिनु भएकाे थियो । तीमध्ये ३० जनाले इको मुक्तक तथा कविता वाचन गरी सुनाउनु भएकाे थियो । कार्यक्रममा भारतका साथै जापान, हङकङ, इजरायल, युरोप,  अमेरिका, र बेलायतका स्रष्टाहरुको उपस्थिति रहेकाे थियो ।

दाेस्रो दिनका लागि प्रमुख अतिथिमा प्राडा गोविन्दराज भट्टराई र प्रमुख वक्तामा साहित्कार ज्ञानबहादुर क्षेत्री रहनुभएकाे थियो । साथै, देवेन सापकोटाद्वारा रचित इको कवितासङ्ग्रह ‘परिश्रान्त पृथिवी’ प्रमुख अतिथिको हातबाट विमोचन गरिएकाे थियो ।

त्यस्तै, साहित्यपोस्टमा “पर्यावरण साहित्य” सेक्सनको समुद्घाटन पनि प्रमुख अतिथिले नै गर्नुभएकाे थियो ।

दुवै दिनको कार्यक्रमकाे संयोजन विजय हितानले गर्नुभएकाे थियो भने । प्रमुख संयोजक संस्था विश्व नेपाली साहित्य महासंघ साउथ युके र सहसंयोजक संस्थाहरु बेलायतका अन्य १३ वटा नेपाली साहित्य संस्थाहरु रहेका थिए ।

दुवै दिन वाचित उत्कृष्ट एक इको मुक्तकका स्रष्टालाई रु. १०,०० को पुरस्कार दिइनेछ । सर्वोत्कृष्ट मुक्तकारकाे घोषणा केही दिनमा गरिने जानकारी विजय हितानीले बताउनु भएकाे छ । सर्वोत्कृष्ट हुने मुक्तकारलाई अर्को वर्षको सातौँ वातावरण साहित्य गोष्टठका अवसरमा सम्मान गरिनेछ ।