स्रष्टा साँझ अमेरिकाले साहित्यकार पारिजातको जन्म जयन्ति मनाएकाे छ ।स्रष्टा साँझका अध्यक्ष श्री प्रभात दिक्षितले आमन्त्रित सबैलाई स्वागत गर्दै प्रकाश पाण्डेलाई कार्यक्रम सन्चालन गर्न अनुरोध गरेपछि कार्यक्रमले औपचारिकता पाएको थियो ।

प्राध्यापक श्री मोहन सिटौलाको अध्यक्षतामा सन्चालित कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार विष्णुकुमारी वाइबाकी सहोदर बहिनी सुकन्या वाइबाको समेत उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा आसमबाट साहित्यकार दैवकी सेडाईँ तिमल्सिना, बेलायतबाट कृष्ण बजगाईँ, क्यानडाबाट सुरेन उप्रेती, र कुसुम ज्ञवाली, अमेरिकाबाट कोमल भट्ट, गीता खत्री, शङ्कर भारती,र पवन बुढाथोकी हुनुहुन्थ्य। त्यस्तै गरी नेपालबाट साहित्यकार श्रीओम श्रेष्ठ रोदन,साहित्यकार मन्जु काँचुली,लक्ष्मी उप्रेती डाक्टर सिर्जना शर्मा गीता त्रिपाठी,ईन्दिरा दली सरिक हुनुहुन्थ्यो।

कार्यक्रमकमलाई सम्बोधन गर्दै लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यकी नक्षेत्र पारिजातको चर्चा गर्दै उहाँसँग भएका भेटको संस्मरण सुनाउनु भयो ।त्यस्तै कुशुम ज्ञावलीले साहित्यकार पारिजातलाई सशरीर भेट्न नपाएको तर उहाँको सम्मानमा स्नेह सायमीको नेतृत्वमा नेपाल एफएमद्वारा पारिजात काव्ययात्रा सञ्चालन गर्ने गरेका प्रसङ्ग सुनाउनु भयाे । त्यस्तै प्राज्ञ गीता त्रिपाठीले पारिजातलाई भौतिकरूपमा भेटन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई अगाडि बढाउँदै साहित्यकार कोमल भट्टले सार्दूलविक्रडित छन्दमा श्रद्देय महामना पारिजातमा समर्पित “सम्झनामा पारिजात” कविता सुनाउनु भयो । अनेसासकी पूर्वअध्यक्ष तथा अनेसास बोर्डअफ ट्रष्ट्रीकी अध्यक्ष गीता खत्रीले साहित्यकार पारिजातका कृतिहरूको चर्चा गर्दै पारिजातलाई एक दिन मात्र सम्झनेमा सीमित नभई सधैँ र नेपालबाहिर पनि अध्ययन र चर्चा हुनु पर्ने कुरा राख्नुभयो ।

साहित्यकार मन्जु काँचुलीले पारिजातको सरलपनको साधाजीवन र उच्चविचार भएकी साहित्यकारको चर्चा गर्नु भयो ।पारिजातको पुतली सडक स्थित डेरामा गएर भेट्ने गरेको स्मरण सुनाउनु भयो ।

त्यस्तै गरी क्यानडाबाट साहित्यकार सुरेन उप्रेतीले साहित्यकार पारिजातसँगको अनुभूति सुनाउनु भयो, “प्रदर्शनीमार्ग आरआर क्याम्पस र नेपाल ल क्याम्पसमा प्रत्येक महिनाको पहिलो शनिबार साहित्य सन्ध्या कार्यक्रम हुने गर्दथ्यो । सो कार्यक्रममा साहित्यकार पारिजात आउने गर्नु हुन्थ्यो ।कविता सुनाउनु हुन्थ्यो । एकपटक पारिजात दिदी क्याम्पसको गेटसम्म ट्याक्सीमा आउनु भएको थियो ।एउटा कुर्सीमा राखेर दुईजनाले कार्यक्रम स्थल सम्म बोकेर ल्यायौँ ।यसरी पारिजात दिदी जो विष्णुकुमारी वाइबा र छेकुडोल्मा नाम भएकी नेपाली साहित्यकी उज्वल नक्षेत्रसँग भेट भएकाे थियो ।”

साहित्यकार पारिजाको बारेमा “पारिजातका कथामा नारी चिन्तनमा” विद्यावारिधि गर्नुभएकी डाक्टर सृजना शर्माले पावरप्वाइन्टमार्फत पारिजातका विभिन्न विधा र लेखन शैलीका बारेमा चर्चा गर्नु भयो । त्यस्तै गरी असमबाट सहभागी हुनु भएकी प्राडा दैवकी सेडाईँ तिमल्सिनाले साहित्यकार पारिजातको कीर्तिशेष भएका अवस्थामा पार्थिव शरिरमा पुष्पार्पण गर्न पाएको क्षण सम्झनु भयो । डा. दैवकीले पारिजातको लाहुरेलाई “एक रोगी प्रेमिकाको पत्र” कविता वाचन गरेर सुनाउनु भयो।

पारिजातकी सहोदर बहिनी सुकन्या वाइबाले पारिजातका निडर र सत्य नलुकाउने पक्षको बारेमा जानकारी दिनु भयो । उहाँले भन्नुभयाे, “नीडर भएर उभिन सधैँ प्रेरित गर्ने बानीको चर्चा गर्नुभयो ।त्यो क्षमता लेखकसँग हुन्छ भन्नुहुन्थ्यो । उहाँ सारै रमाइलो गर्ने मान्छे ।बहिनी र म अनि पारिजात दिदी कहिलेकँही रातभरी हाँशेर बिताउँथ्यौँ।एकजना विदेशीले जिशसकोको Resurrection भन्दा नबुझेझैँ गरेर मैलेत exaggeration भन्ने पो बुझेँछु भनेर हसाउँनु हुन्थ्यो ।”

कार्यक्रमका अध्यक्ष प्राध्यापक श्री मोहन सिटौलाले सबै सहभागिहरूको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रशंसा गर्नुभयो । उहाँले पारिजातका कृतिमा बिम्वको प्रयोगका बारेमा अनुसन्धान हुनु पर्ने कुरा राख्नुभयो ।

कार्यक्रमका बीचबीचमा प्रभात दीक्षितले कार्यक्रममा सहभागीहरूका बारेमा जानकारी दिँदै आफू स्थानीय निर्वाचनमा सक्रिय बन्नु परेर तयारीमा खट्न नसकेका प्रति दुख प्रकट गर्नुभयो । कार्यक्रमका बीचबीचमा छन्दबद्ध कविता रच्दै र सुनाउँदै कवि प्रकाश पाण्डेले व्यवस्थित तरिकाले कार्यक्रम सन्चालन गर्नुभएकाे थियो  ।