असमेली सर्जक अर्जुन निरौला । यसै त उनी व्यङ्ग्यकारका रूपमा बढी चिनिन्छन् । मेरो हात परेको हजुरबाको अनुहार र पेन्सन‘ कविता पुस्तकमा कवितागजल र व्यङ्ग्य गाभिएका छन् । यस सङ्ग्रहभित्र २५ वटा कवितागजल २४गीत ६मुक्तक २ वटा अनि व्यङ्ग्य खण्ड भनी छुट्टै राखिएको छ । जहाँ व्यङ्ग्य कविता ७ वटाव्यङ्ग्य मुक्तक ३०व्यङ्ग्य गजल १लिमारिक २स्वतन्त्र चोइटा ८सिलोक २ वटा समावेश गरिएको छ । यसरी एउटै पुस्तकमा यत्राबिना उपविधा समावेश गरिएका हुनाले पाठक अन्योलमा पर्ने सम्भावना देखिन्छतर पुस्तक पढ्दै जाँदा अन्योल त होइन अलग्गै आनन्द चाहिँ पक्कै आउँछ । यो मेरो पुस्तक पढेपछिको अनुभव हो । रचनाहरूमा व्यङ्ग्यको प्रयोग भएकाले मुहारमा स्वत: हाँसो आउँछ ।

निरौलाको व्यङ्ग्यले पाठकलाई केवल हाँसो मात्रै दिएको छैन समाज र जातिमा देखिएका फोहोरमैलो र विकृतिलाई बढार्दैसंस्कारित गर्ने काम पनि गरेको छ त्यसैले होला निरौलाको व्यङ्ग्यमा प्रभावित हुँदै यसै पुस्तकका भूमिकाकार वरिष्ठ साहित्यकार समन्वय साधक हरि गजुरेल यसरी लेख्छन् –‘ अर्जुन निरौलालाई धेरै अघिदेखि नै एकजना व्यङ्ग्य साहित्यकारको रूपमा जान्दथेँजाति र समाजलाई संस्कारित गर्न गद्य र कविता दुवै विधामा दक्षसफल स्रष्टाका रूपमा उनलाई मैले चिनेको थिएँ । विभिन्न साहित्य गोष्ठीहरूमा उनको सहभागिता अनि उनीद्वारा पठित तथा विभिन्न पत्रिकामा प्रकाशित उनका व्यङ्ग्य लेखकविता तथा रम्य रचनाहरूले उपस्थित माहोल तथा पत्रिका पाठकहरूलाई मनोरञ्जन मात्रै प्रदान नगरेर समाज र जातिमा देखिएका फोहोर-मैलो र विकृतिलाई बढार्दैसंस्कार गरिएको काम पनि गरेको मलाई अनुभव हुन्थ्यो । उनका व्यङ्ग्य कवितागजलगीतमुक्तक र लिमारिकहरूमा मानिसलाई हँसाउने छाडा अथवा पातलो व्यङ्ग्य मात्रै प्रयोग गरिएको हुँदैनसमाज संस्कारका निम्ति केही वार्ता पनि दिइरहेको पाइन्छ । 

कृष्णनील कार्की (असम)

असमको विश्वनाथ जिल्ला व्यङ्ग्यकारहरूको भूमि भन्न सकिन्छ । यसै ठाउँका चन्द्रकुमार शर्मापद्म ढकालबृजलाल शर्मा जस्ता प्रसिद्ध व्यङ्ग्यकारहरूले व्यङ्ग्य विधाका थुप्रै रचना अथवा कृतिहरूले नेपाली व्यङ्ग्य साहित्यको ढुकुटी भर्नुमा मनग्गे योगदान दिएका छन् अनि यसै ठाउँबाट प्रतिनिधित्व गर्दै युवा पुस्ताका चहेता बन्न पुगिसकेका छन् अर्जुन निरौला । उनका प्रकाशित कृतिहरूमा हजुरबाको अनुहार र पेन्सन ( कवितासङ्ग्रहसन् २०१६),  चित्रगुप्तको गुप्तचित्र (व्यङ्ग्य  निबन्धसन् २०१८) । साथै उनले धेरै पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । जसमा उमाटुमनि (असम नेपाली साहित्य सभाको १५ औँ महाधिवेशनको स्मारिका)गजल यात्रा ( असमेली गजलकारहरूको संयुक्त सङ्कलन)कलश ( नेपाली संस्कृति सुरक्षा परिषद्, असमको स्मारिका)चन्द्रकुमार शर्मा रचनावली आदि प्रमुख हुन् । यसरी कृतिसम्पादना र विभिन्न पत्र – पत्रिकाहरूमा लेखिएका लेखादिबाट उनले नेपाली साहित्यमा दिएको योगदान बारे जान्न सकिन्छ।

निरौलाको व्यङ्ग्यले औधी नै प्रभावित पारेको कुरा यसै पुस्तकका अर्का एकजना भूमिकार वरिष्ठ साहित्यकार रेवतीमोहन तिमसिनाको भूमिका लेखबाट थाहा लाग्छ – ‘ सम-सामयिक पत्र- पत्रिका अर्थात् देशवार्तापरिवारमाइलखुट्टीमनआरोहण आदि पत्र- पत्रिकामा निरौलाका  कृतिहरू पढ्नेहरू अवश्य नै एकान्तमा खित्का छाडी हाँस्ने गर्छन्। सम-सामयिक विषयको छनौटले तीक्ष्ण वाक्यवाण निक्षेप गरी र पाठकमा मनौवैज्ञानिक प्रभाव पार्न निरौला पारखी देखिएका छन् । 

हजुरबाको अनुहार र पेन्सन असमविश्वनाथ चारालीको मन परिवारले प्रकाशित गरेको छ । यसको मूल्य भारू . ६०/- रुपैयाँ रहेको छ । भिन्न स्वादहरू सन्निविष्ट यस पुस्तकको व्यङ्ग्यस्वाद चाख्ने मेरो उद्देश्य रहने छ ।

‘——- देवीपूजा चहलपहल लुगाफाटो चन्दा
जुवा खेल्नेमासु खाने माल पिउने धन्दा ।
—— छोरो रुन्छ अघि ल्याको सर्ट भयो छोटो
भान्साघरमा गर्जन हुन्छ ब्लाउज हो कि भोटो?
——- तिहारको बैठक त झन् रातभरि बस्छ
ओछ्यान छाडी उठ्ने बेला छोरो घर पस्छ ।‘ ( छड्के दसैँपृष्ठ -६९)

हाम्रो समाजमा दसैँतिहारको सामाजिकधार्मिकपौराणिकसांस्कृतिक महत्त्व छ । तरचाडपर्व मनाउने नाममा कतिपय विकृतिहरू भित्रिनाले हाम्रो संस्कृति लोप हुने सम्भावना रहन्छ । दसैँतिहारको नाममा खेलिने जुवातासकौडा आदिबाट धेरैको घरसंसार भत्किएको कुरा नौला होइनन् । मनोरञ्जनका नाममा खेलिने जुवातास सम्पत्ति सखाप पार्ने माध्यम बनेपछि यसलाई निरन्तरता दिइरहनु बुद्धिमत्ताको काम होइन । परिवर्तनका कुरा गर्ने हामीले नराम्रालाई पन्छाएर अथवा छोडेर राम्रालाई अपनाउनु नै बुद्धिमत्ता हुन्छ । निरौलाले व्यङ्ग्यवाणले यस्तै धेरै विषयहरूका उठान गरेका छन् । चाड-पर्वको नाममा विकृति भित्र्याएको प्रसङ्गलाई जोडदार व्यङ्ग्यवाण प्रहार गर्दै संस्कृतिलाई सुन्दर स्वच्छ बनाउने गुहार लगाएका छन् ।

‘…. एउटा जान्छ अर्को आउँछ राजा सबै उस्तै
निखारेरै  छोड्छन् क्यारे रगत चुस्ताचुस्तै ।
ठिटाहरू यता बोलाउँदा उता जान्छन्
जे चाहिँ खानु हुन्न भन्यो खोजी खोजी खान्छन् ।
धुवाँ तान्न छोड है बाबु पछि पर्ला चर्को
लामो अर्ति सुनेदेखि झन् पो लामो सर्को । ‘(तेर्सो वचनपृष्ठ – ७२)

राजसत्तामा आसीन भएकाहरूबाट आमजनताको भलाइ हुने आशा केवल आशा नै रहन्छ । सकारात्मक परिवर्तनलाई संस्थागत गर्दै जाने र नकारात्मक कुराबाट समाजलाई जोगाएर लाने राजसत्ताधारीका हातमा हुन्छ । परिवर्तन र समृद्धिबिच तालमेल मिल्यो भनेमात्र समाजको भलो हुन्छ । केवल जनतालाई सपना देखाएर मात्रै हुँदैन । सपना साकार पार्ने योजनाहरू बनाउनु पर्दछ । जनताको हितमा योजनाहरू नभए राजसत्तामाथि जनताको आस्था रहँदैन। जुन जोगी आए पनि कानै चिरेको‘ उखानलाई वास्तविक रूप मात्रै दिएका छन् राज सत्ताधारीहरूले । यस उखानबाट जोगीलाई अपमान गर्न खोजेको पटक्कै होइन । यस उखानले यस तेर्सो वचन‘ कविताको जम्मै विषयहरूलाई एकत्रितरूपमा बखान गरेको छ । समाजमा व्यापक मात्रामा फैलिएको अनुशासनहीनता र अराजकताको चित्रण गरेको छ। त्यसै गरी युवाहरूमा पनि राम्रोभन्दा पनि नराम्रो कर्मतिर लगाव बढेको छ र ज्येष्ठजनको अर्ति- उपदेशलाई गुरुत्वहीन बनाइएकामा पनि कवि चिन्तित देखिन्छन्।

‘….. एउटा पसल अर्को पसल हिँड्छन् रोजी रोजी
आतङ्कले हेर्छु आफ्नो च्याप्टिएको गोजी ।
कस्मेटिक्सका पसल तर्किई हिँड्न खोजेँ भरसक
के चल्थ्यो र सबै किन्न म त मौन दर्शक ।
कुन नारीका कस्तो साडी कस्ता लुर्का – चुरा
मेलाबाट घर फर्के पछिका यी कुरा ।
सपरिवार मेला घुम्ने देख्यौ भने सपना
भन्दिएँ  है सबैलाई अब नसिब अपना अपना । ‘ (‘झ-मेला‘ पुष्ठ -७४)

मेला घुम्न गएका पत्नी र छोराछोरीहरूलाई सीमित पैसाले बजार गरिदिन नसकेर खोल्ती रित्तिएको पतिको हरिबिजोगलाई दह्रो व्यङ्ग्यले प्रहार गरेका छन् । घाँटी हेरी हाड निल्नु‘ उखानको भावार्थ बोकेको यस कविताले आफ्नो क्षमता नहेरीकन अर्काको देखासिकी गर्न थाल्यौँ भने साधारण जीवन- यापनमा कठिनाइहरू आउनसक्ने सम्भावनाहरू देखाएको छ । हामी आफ्नो रवाफ र तडकभडक देखाउन ऋण काटेर पनि घरमा खसी ढलाउने प्रवृत्तिले हाम्रो समाजमा नराम्रो रूपले जरा गाडेको छ ।

‘….. चिल्ला राम्रो नोकरीचाहिँ अघिबडै सेट छ
जति ठुलो चाकरी त्यति ठुलो रेट छ ।
कानुनको दृष्टिमा नि सानो ठुलो भेद छ
ओरालाको मृगलाई बाछाले नि खेद्छ ।
धेरै कुरा के भन्नु र यत्तिमै पाउँ माफी
सम्झदार जनलाई हुन्छ इसारा नै काफी । ( व्यवस्था! के वास्ता?, पृष्ठ – ७७)

योग्य र शिक्षतले जागिर नपाएकामा सरकारी तन्त्रको नै दोष छ भन्दै जागिरअनुसार विभिन्न रेट अनि कानूनमा पनि सानो- ठुलो भेद भएकामा कविले व्यङ्ग्यको सहारामा तल परेकालाई सबैले हेप्छन् भन्ने इसारा दिने मात्रै काम गरेका छन् ।

‘… हेरात्रिका यात्री महाशय
अपार तिम्रो लीला छ,
टेबलमा बोतलसङ्गीत छ
काखमा मुन्नी‘, ‘शीला‘ छ ।
हेसत्ताका मत्ता महाशय
सत्यले थामेको संसार छ,
जस्तो जस्तो काम गर्‍यो
परिणाम उही अन्सार छ । ‘ (भ्रष्टाचार वन्दनापृष्ठ- ७८)

दिउँसो सुकिला वस्त्र पहिरिएर सज्जन-भद्र-सन्त देखाउनेहरू रातi सङ्गीतको लयमा नशा र नारीको साथमा मत्त हुँदा मुखौटोभित्रको अनुहार देखिन्छ । त्यस्ता पाखण्डीहरूको कृतकर्मलाई व्यङ्ग्य वाणले प्रहार गर्दै जस्तो कर्म गर्छन् अनुरूप फल पाउँछन् भन्न पनि कवि पछि हटेका छैनन् ।

‘…… सरकारले जिम्मेवारी लियौक्या बात भो
मल नहाली आलु फल्यो क्या बात भो ।
मन्त्रीले भोकालाई घिउ थप्योक्या बात भो
दानवले राम नाम जप्यो क्या बात भो।
भ्रष्ट नेता पनि जेल पस्यो क्या बात भो
अलकत्रमा दाग बस्यो क्या बात भो । ‘( क्या बात भोपृष्ठ-८५)

सामाजिक व्यवस्थामाथि तीखो व्यङ्ग्य गरिएको छ । राजनीतिको विपरीत चित्र प्रस्तुत गर्दै निरौलाले वर्तमान समसामयिक राजनीतिक परिवेशमाथि दह्रो व्यङ्ग्य प्रस्तुत गरेका छन्।

‘….. सम्मेलनको अधिवेशन भोट हाल्ने मेला
हिलो छ्याप्नेच्याँठिने र खुट्टा तान्ने बेला ।
एउटा भन्छ मै चाहिँ राम्रो अरू कै नकामका
अरू सबै नामका हुन् गन्तीका न दामका ।
यो चामल पकाऊँ भने मिसिएको धान छ
त्यो चाहिँ बेस भन्यो चिरिएको कान छ ।
बुझिराख सेवा गर्न किन हानाथाप छ
गयो भने झटारोआयो भने आँप छ । ‘(अधिवेशनको अघि लेशनपृष्ठ – ८६)

विभिन्न संस्था- सङ्घहरूको अधिवेशनमा देखिएको चित्रलाई कविले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै ‘ अधिवेशन अघि लेशन‘ शीर्षक कवितामा जातीय हितका लागि सेवा मनोभाव राख्ने अपीलसमेत गरेका छन्।

अर्जुन निरौलाले कवितामा व्यङ्ग्यमात्र प्रयोग गर्दै चुप्प बसेका छैनन् । उनले गजलमुक्तकहाइकुलिमारिकसिलोकस्वतन्त्र चोइटा आदि सबैमा व्यङ्ग्यको प्रयोग गर्दै पाठकहरूलाई भरसक व्यङ्ग्यको स्वाद दिने प्रयास गरेका छन् । यस प्रयासमा उनी सफल भएका छन् भन्ने कुरा उनका सिर्जनाहरूबाटै थाहा लाग्छ ।

फेला जे पर्‍यो  त्यै मालमै फुरुक्क
आफू त आफ्ना हालमै फुरुक्क ।
आजका चेलीलाई रामजस्तै देखाऊ
आफैले रोजेको शिशुपालमै फुरुक्क । ‘ ( गजले व्यङ्ग्यपृष्ठ- ७३)

आफूमै रमाएको र आफ्नो हालतसँग सम्झौता गरेको चित्र प्रस्तुत गर्दै गजलमा पनि निरौलाले व्यङ्ग्य स्वाद दिन पछि हटेका पटक्कै छैनन् ।

जनताले नेतालाई पालेको हुन्छ
आशा गरीब भोट हालेको हुन्छ,
पछि मक्ख राजमहल नियाल्छ
आफ्नो चाहिँ कुर्ता टालेको हुन्छ । ‘( मुक्तकपृष्ठ- ७९)

राजसिंहासन पुगेपछि नेताले जनतालाई नचिनेको अनि जनताको अवस्था जस्ताको त्यस्तै रहेकोलाई निरौलाले छोटो – मिठो मुक्तकीय व्यङ्ग्य स्वाद दिएका छन् ।

बिरामी भएँ
डक्टर जाँच गर्छ
रोग कि गोजी? ‘ ( हाइकुपृष्ठ- ८४)

निरौलाले हाइकुमा समेत व्यङ्ग्यको प्रयोग गर्ने प्रयास गरेका छन् । डक्टरले आफ्नो धर्म बिर्सिँदै रोगभन्दा रोगीको गोजीमा ध्यान दिएको विषयलाई व्यङ्ग्य हाइकुमा रूपमा प्रस्तुत गरेका छन्।

हाम्री एउटी आमैचुइयाँ कहलिन्थिन्
गाउँभरि सलाइका काँटी माग्दै हिन्थिन्
पान माग्थिन् एउटा घरमा
तामुल अर्कै घरको भरमा
घरमा सबै टन्ज तर ताल्चा लगाइ दिन्थिन् । ‘ ( लिमारिकपृष्ठ- ८२)

एउटी लोभी आमैको घर घर हिँड्ने आदतलाई निरौलाले व्यङ्ग्य लिमारिकरूपमा प्रस्तुत गर्दै अलग्गै स्वाद दिएका छन् ।

एकदिन नारदमुनि सत्यलोक पुगि गया लोकको गरौँ हित भनी ।
पत्नीको लिगेसी खोज्दै ससुराला पुग्दो भएँ म पनि ।।
माइती नै गाउँको कुकुर प्यारो हुन्छ भन्थ्ये लौ सुन ।
ससुरालीका गाउँबुढा त झन् देउतै हुन मनमा गुन ।
कर्म नै फुटेको दैवले कुटेको आङ भइसक्यो थिल्थिलो ।
लाममा कुर्नुछ लिगेसी भर्नुछबसौँ त दुख्छ पिलो । ‘ (सिलोके व्यङ्ग्यएन. आर. सीपृष्ठ- ८७)

असममा बसोबास गर्ने गोर्खाहरूले भोगिरहेको एन. आर. सी ( नेशनल रेजिस्टर अफ सिटिजन्स) समस्यालाई निरौलाले व्यङ्ग्य सिलोकमा प्रस्तुत गरेका छन् ।

पागल कुकुरले उसैलाई टोक्छ
अभागीलाई हेर लुके ठाउँमै खोक्छ ।  ( स्वतन्त्र चोइटापृष्ठ- ८१)

स्वतन्त्र चोइटा निरौलाको व्यङ्ग्य स्वाद चाख्ने खालको पाइन्छ । एकदमै स्वादिलो ।

उल्लेखित सङ्ग्रहका कविताहरूमा व्यङ्ग्यको प्रयोग मात्रै होइन भावको गहनता पनि छ । कविताहरूमा विशेषत विकृतिविसङ्गति आदि विषयलाई निरौलाले प्रमुखातासहित प्रस्तुत गर्दै सुन्दर समाज व्यवस्था र स्वच्छ मनमुटु भएको मानव समाजको चाहना राखेका छन् । कविताहरूको  बिचबिचमा प्रयोग गरिएको उखान-तुक्काले कवितामा व्यङ्ग्य स्वादलाई  अझ स्वादिलो र प्रभावकारी बनाउनमा मद्दत गरेको छ । अन्तमा भन्नुपर्दानिरौलाबाट यसरी नै भविष्यमा पनि भिन्नाभिन्नै व्यङ्ग्य स्वाद पाइरहने आशा गर्न सकिन्छ।