साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः भोलिको नेपाल

Chovar Blues Mobile Size

 

नेपालीकै मातहत र सम्मानमा
नेपालीकै स्वाभिमान र अभिमानमा
स्वाधीनताले मुस्कुराउनु पर्छ
पहरा र पाखाहरुमा मात्र हैन
कलेँटी परेका ओठहरुमा पनि
गुराँसहरु फुल्नुपर्छ
सुनगाभाहरु झुल्नुपर्छ
गालीमा रमाउँदै ताली बजाउने जमात भन्दा
शुभेच्छा र हार्दिकतामा समाहित हुने खुशीहरु
लहराउनु पर्छ
पुर्खाको नासो र सन्ततिको भविष्य
मातृभूमिको धुकधुकीलाई सम्झेर
हरेक नेपालीको मन मस्तिष्कमा
राष्ट्रको झन्डा फहराउनु पर्छ।

प्रतिक्रिया
Loading...