‘भेलेन्टाइन्स डे २०२१’ को अवसर पारेर श्रष्टा साँझ अमेरिकाले गत बुधवार फ्रेब्रुअरी १० का दिन ‘प्रेममय कविता वाचन कार्यक्रम’ जुम प्रविधि मार्फत आयोजना गरेको थियो। साहित्यकार बाबा बस्नेतको प्रमुख आतिथि रहेको उक्त कार्यक्रममा श्रष्टा साँझका सभापति एवं सामाजिक अभियन्ता प्रभात दिक्षितका साथै श्रष्टा साँझका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा कल्याण कुमार बस्नेत, विश्वराज अधिकारी, भगबती पौडेल, रश्मी भट्ट, तारा केसी, मंजुश्री गिरी, राधाकृष्ण काफ्ले, सुरेन्द्र केसी, रामकुमार पण्डित, बिटु केसी, कमला अधिकारी लोहनी, गिरिराज डल्लाकोटी, रमिला जोशी, प्रभा पोखरेल, रश्मी भट्ट सुशीला अधिकारी, बैकुण्ठ आचार्य, पवन बुढाथोकी, तीर्थ अधिकारी ले आआफ्ना कविताहरू वाचन गर्नु भएको थियो। उक्त कार्यक्रममा मुख्य रुपमा प्रेममम रचनाहरू वाचन गरिएका थिए।
राधाकृष्ण काफ्लेका अति प्रेमिल मुक्तकहरूले भने उपस्थित सबैको मन खुबै प्रेमिल भएको थियो। सो कार्क्रममा बिटु केसीले आफूद्वारा लेखिएको मुक्तक संग्रह ‘मायाको मात’ बारे छोटो चर्चा गर्नु भएको थियो।
हाम्रो जीवनमा प्रेमको अति नै महत्त्व हुन्छ भन्दै प्रमुख अतिथि बाबा बस्नेतले प्रेमको विशेष चर्चा गर्नु भएको थियो। साथै उहाँले नेपालमा भएका केही प्रेमका घटनाहरूले ‘नेपालमा प्रेमको इतिहास’ कस्तो छ सो बारे प्रकाश पार्ने उल्लेख गर्नु भएको थियो। बस्नेतले आफूद्वारा लेखिएको उपन्यास “रातकी रानी” को छोटो चर्चा पनि गर्नु भएको थियो।
प्रमुख अतिथिले नेपाली साहित्वको विकासमा श्रष्टा साँझ अमेरिकाले खेलेको महत्वपूर्ण भूमिकाको विषेश चर्चा गर्नु भएको थियो।
कविद्वय बैकुण्ठ आचार्य र भगवती पौडेलद्वारा लेखिएका कविता सङ्ग्रहरू क्रमश: “आज फेरि……” र “अक्षरका बीउहरू” बारे साहित्यकार विश्वराज अधिकारीले छोटो चर्चा गर्नुका साथै सर्वप्रथम साहित्यकारहरूले नै एक अर्काको पुस्तकको प्रचार प्रसार गरिदिनु पढ्नु पर्ने विचार राखेका थिए। संसारभरिका साहित्य अनुरागीहरूलाई समेट्ने गरी उक्त कार्यक्रमालाई फेसबुकमा लाइभ पनि गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

