हुरी चलिरहेको छ जोडजोडले । उनीहरू सगरमाथा उक्लिने तयारीमा छन् । र, अघिअघि छन् जीवित खड्का मगर । उनलाई थाहा छ, सगरमाथाको चुचुरोमा एक्लै पुग्नु सम्भव छैन । र, उनलाई अझै राम्रोसँग थाहा छ कि उनीहरूको यात्रा अत्यन्तै जोखिमपूर्ण तर अवर्णनीय सुन्दर पनि छ ।

हिलारी-तेन्जिङले सगरमाथामा प्रथम पाइला राखेको आजका मितिसम्म अठसठ्ठी वर्ष पुगिसकेछ । यसबीचमा हजारौं आरोहीहरू आए-गए । थोरैले सफलता पाए, धेरै यतै हिउँ पहिरोमा पुरिए-मरे । कति चुनौतीसँग डराएर बीच बाटोबाटै फर्किए-बिलाए । यतिखेर भने निकै जोसिलो हिम्मत बोकेर एउटा जम्बो आरोहणदल उक्लिँदैछ, सगरमाथाको बेसक्याम्पबाट यो तर सोलुखुम्बुमा रहेको विश्वकै अग्लो सगरमाथा नभएर, सगरमाथा साहित्य प्रतिष्ठान, युएईको बेसक्याम्प हो । यो आरोहण २/३ महिनाभित्रै शिखरमा पुगिने लक्ष्य बोकेर आएको हुँदै होOन । त्यस अर्थमा पनि झन् चुनौतीपूर्ण यसैले किन छ भने यो यात्रामा आजीवन हिFडिरहनु छ । यसमा धीरताको खाँचो छ । निरन्तरताको खाँचो छ । अध्ययनको खाँचो छ । मेहनतको खाँचो छ । सबैभन्दा ठूलो इच्छाशक्तिको खाँचो छ ।

अब म सगरमाथा प्रतिष्ठानको सारांश कुरा गर्छु —

केही युवाहरू थिए । जो आफू र आफ्नू परिवार मात्रैमा सीमित रहन चाहँदैन थिए । तिनीहरुको सोच व्यक्तिवादी थिएन । त्यसो हुँदो हो त, प्रवासमा दैनिक ओभरलोडेड ड्युटीपछि उनीहरुलाई पनि रहरलाग्दो हो साथीसंगीहरूसित रमाइलो गर्ने । हाँसखेल गर्ने-घुम्ने । या, यस्तै केहीमा सीमित । तर ती युवाहरूको चिन्तन अर्कै केही थिएछ । अर्कै यो कि तिनीहरुको लक्ष्य, युएईमा एउटा दर्बिलो साहित्यिक संस्थाको स्थापना
गरेर नेपालीभाषा साहित्यको संरक्षण-सम्बर्द्धन र प्रवर्द्धन गर्ने । र एकदिन, याने कि त्यो दिन (२५ माघ २०६९ ) तिनीहरु भेला भए आबुधाबीको मुसाफा पार्कमा र ‘सगरमाथा साहित्यिक म१च’ गठन गरे । जसको नेतृत्वमा कवि विवेक दुलाल क्षेत्री र थिए सहयात्रीहरू । उनीसित समर चेम्जोङ ‘आभास’, किरण मेयोङबा, सुवाससंगम राई, नारायण विक, जिपी तिवारी लगायतका करिब एक दर्जन युवाहरू थिए ।

उसोर, बिरुवा रोप्नु मात्रै ठूलो कुरा होइन रहेछ ।

जब मलजल गरिँदैन, वरिपरि उम्रेका झारहरू गोडमेल गरिँदैन-उखेलिँदैन, रेखदेख गरिँदै गरिन्न भने त्यो बिरुवा हुर्किन्न मात्रै, फल पनि दिँदैन । मेरो माने, यस्तै एक समय लगभग सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो अस्तित्व गुमाइसकेको बेला ठीक त्यसै बखत सगरमाथा प्रतिष्ठान नामक संस्थाको गाडीमा आए एउटा युवक । लगभग ग्यारेजमा थन्किसकेको गाडीलाई डेन्टिङपेन्टिङ, रंगरोगन, पंचर भएका टायरहरू, सिटहरू, इन्जिनहरूको फेरफार गरेर हाइवेमा दगुर्न लायक बस बनाए, उनै परिपक्क युवा कवि कृष्ण विश्वकर्माले । अझ प्रष्ट भाषामा भन्दा सन् २०१६ देखि उनले नेतृत्व सम्हालेपछि, संस्थाको गरिमा नयाँ ढंगबाट उचाइ स्थापित हुँदै आयो । सगरमाथा साहित्य मञ्चलाई सगरमाथा साहित्य प्रतिष्ठानमा रुपान्तरण गरी पुरानाहरूलाई समेट्दै एउटा नयाँ कार्य समिति बन्यो । यसले नयाँ नेतृत्व मात्रै पाएन, युएईभरि छरिएर रहेका साहित्य साधकहरुलाई एकताबद्ध गर्दै पनि लग्यो ।

कृष्ण विश्वकर्माकै नेतृत्वमा विश्वव्यापी गजल प्रतियोगिता-२०७५ सम्पन्न गराएर यसले विश्वभरि छरिएर रहेका साहित्यिक पाठकहरूमाझ यस संस्थाले जिउँदो हुनुको परिचय दियो । यसरी सिङ्गै भूगोललाई साहित्यमार्फत जोड्ने कामको गणना गर्दा युएईमा यो संस्था अग्रनाममा आउने संस्थाहरू मध्येको एक हो भन्न पाउँदा निकै गर्व लाग्छ । यसै संस्थाले गत वर्ष विश्वव्यापी कविता प्रतियोगिता गरेर, केही महिना पहिले पोखरामा भव्यतापूर्वक पुरस्कार वितरण मात्रै गरेन, उक्त प्रतियोगितामा समावेश भएका उत्कृष्ट कविका उत्कृष्ट कविताहरू र संस्थामा आवद्ध कविहरूका प्रतिनिधि कविताहरू समावेश गरेर ‘कविताहरूको सगरमाथा’ बजारमा ल्याइसकेको छ । त्यसोर, यसअघि पनि “अक्षरहरूको सगरमाथा”, “प्रवासका फूलहरू” ‘हाम्रो प्रतिबिम्ब’ नामक सगरमाथाबाट प्रकाशित साहित्यिक कृतिहरू हुन् ।

युएईमा नेपाली साहित्यको प्रार्दुभाव भएको यकिन तिथि-मिति यकिनका साथ भन्न अभिलेखित दस्तावेज फेला नपरे पनि यसको शुरुवात सन् २००० देखि भई सकेको तथ्य भने सर्वप्रथम साहित्यकार दलवीर सिंह बराइली ” घायल”को नेतृत्व र अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति सहित स्थापना भएको साहित्यिक संस्था- नेपाली साहित्य परिषद, युएई र यसबाटै प्रकाशित पत्रिकाहरू ‘अरब’ र ‘प्रतिध्वनि’ आदिले प्रमाणित गरिसकेको छ । समयक्रमसँगै यसले पनि जमेर गतिशीलता लिन सकेन ।

खाडी मुलुक युएईको उष्णतामा पल्लवित भएको नेपाली साहित्यको बिरुवा यहीँको हावापानी र भूगोल सुहाउँदो हुँदै धीमा धीमा विकसित हुँदै सन २००९ अर्थात २०६६ तिर सर्वदा बाङ्मय प्रतिष्ठान युएई शाखा साहित्यकार लक्ष्मण सापकोटाको नेतृत्वमा सोह्र सदस्यीय कार्यसमिति निर्माण गरी विभिन्न साहित्यिक गरिविधिहरू गर्दै आएको देखिन्छ । उतिबेलादेखि नै प्रखर कवि समदर्शी काइँला पनि यसै संस्थामा आबद्ध भई युएईमा निरन्तर साहित्य विकास लागेको देखिन्छ । युएइमा पहिलो पटक मोतिराम भट्टको १४३ औं जन्म जयन्तीको अवसर पारेर गजल गायन र गजल मुशायरा गर्ने श्रेय पनि यही संस्था नेतृत्वमा भएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०० औं जन्मजयन्तीको अवसर पारेर युएईबाटै “कविता सर्वदा” संयुक्त कविता कृति निकालिसकेको यो संस्थाले आशातीत गतिशीलता लिन सकेको देखिदैन । परिणाम स्वरुप चार वर्षको अन्तरालपछि केही क्रियाशील साहित्य साधकहरू सहित २०१३ मा साहित्यकार महादेव अधिकारीको नेतृत्वमा सत्र सदस्यीय कार्यसमितिसहित नेपाली साहित्यिक फूलबारी, दुबई स्थापना भएको इतिहास स्थापित भई सकेको छ । यो संस्थाले साहित्यसाधक कृष्ण विश्वकर्मा, ओमकुमारी खाँडसहित अन्य साहित्य साधकहरुलाई साथमा लिएर मासिक रुपमा बरदुबइको खुल्ला पार्कमा रचना वाचन सुन्दै सुनाउँदै आएको थियो । यही संस्थाले आबुधाबी बस्नु हुने साहित्य साधक सुवास संगम राई, रामकुमार दिल्लगी, विद्रोही साइँला (मुम्छे राई ) लगायतलाई आबद्ध गर्दै व्यापक आकार लिने भीमकाय प्रयत्न गर्दै आएको तथ्य साँचो हो । यही संस्था स्थापना कालकै दौरानमा यसै संस्थाका संस्थापक अध्यक्ष महादेव अधिकारीले नेपाली साहित्यमा एउटा नवीन विधा “तियाली कविता ” सिर्जिएका हुन् । प्रवासबाट यो संस्थाले नेपाली साहित्यमा भित्र्याएको यो नवीन विधाको श्रेय अभिलेखीकरण हुन आवश्यक पनि छ । यसै संस्थाका पदाधिकारीहरूका प्रवासी कार्यव्यस्तता र प्रवास त्यागी स्वदेश गमन आदि आदिका कारणले यो संस्थाले पनि आफ्नो अस्तित्व निरन्तर अक्षुण्ण राख्न सकेन ।

अहिलेको हकमा युएईमा आफ्नो दर्बिलो अस्तित्व स्थापित गरिसकेको संस्था भनेको सगरमाथा साहित्य प्रतिष्ठान मात्रै हो भन्दा अत्युक्ति नहोला ! अझ भन्नुपर्दा यो संस्था विस्तार भएर अहिले नेपाल शाखा र प्रदेश कमिटीहरूमा पुगिसकेको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय रूपमै शाखा विस्तार गर्ने योजनाअनुसार नै लागिरहेको संस्था हो सगरमाथा । यसभन्दा पहिले तीन अध्यक्षले आआफ्नो कार्यकाल पूरा गरिसकेपछि जसको नेतृत्वमा आएका छन्, रंगकवि जीवित खड्का मगर । मलाई यिनीमाथि आशा र भरोसा पनि छ, पक्कै यिनको नेतृत्वमा सगरमाथा प्रतिष्ठानको आयाम फैलिएर अझै उचाइमा पुग्नेछ ।

जीवितलाई मनग्गे शुभकामना !

(लेखक निवर्तमान केन्द्रीय कोषाध्यक्ष हुन् । )