ए तँ
तैँले मलाई तँ भनिस्
नीच र असभ्य बनिस्
अरुलाई इज्जत गर्न जानिनस्
छाडा नबोल् भन्दा मानिनस्
के ठानेको छस् आफूलाई हँ ?
तँ उन्नाइस भए म बीस
चपरी खन्दैछु म
तैँले खाल्डो खनिस् !

प्रकाश सापकोटा (डेनमार्क)

तँलाई तँ ठीक लाग्यो, मलाई म ठीक

निधो गर्नुछ अब, को ठीक को बेठीक
गल्ती पटक्कै महसुस गरिनस्
ममाथि जान खोज्दा तँ तल झरिनस्
के सोचेको छस् आफूलाई हँ ?
भो धेरै फुर्ती नझिक्
अरुसँग प्रस्तुत हुने तरिका
आइज, मसँग सिक् !
मन मिलुन्जेल,
तँ नाङ्गो हुँदा मैले लाज ढाकिदिएँ
आफ्नै सम्झेर इज्जत राखिदिएँ
कहाँ खत छ कहाँ कोठी छ मेरो, तैँले नि था’पाइस्
आज आएर इज्जत लिलाम गराइस्
के सम्झेको छस् आफूलाई हँ ?
भन्दै हिँडेको छस् रे- ‘तँ काग, म बकुल्लो !’
लौ हिँड् जाउँ छिमेकीलाई सोध्न
तँ ठूलो कि म ठूलो !