अनेसास दर्पणका प्रधान सम्पादक लालगोपाल सुवेदीले विश्वभरका पाठकलाइ लक्षित गर्दै यसको सातौँ अंक सार्वजनिक गरेका छन् ।
अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समितिद्वारा प्रकाशन गरिने ‘अनेसास दर्पण’ अनलाइन साहित्यिक पत्रिका हो । यसलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेषांकका रूपमा वृहद् किताबी स्वरूपमा नै बजारमा ल्याइने भएको छ ।
यसमा घिमिरेको व्यक्तित्व, कृतित्व र जीवनशैली झल्कने खालका लेख, रचना, समालोचना र विविधता झल्किने संस्मरणहरू प्रकाशित छन् ।
भविष्यमा कवि घिमिरेका बारेमा गरिने शोध अनुसन्धानलाई समेत मद्दत होस् भन्ने लक्ष्य राखिएको छ । केही दिनभित्रै प्रिन्ट कपीलाई एक भव्य समारोहका बीच विमोचन गरिने अनेसास दर्पणका कार्यकारी सम्पादक हरिप्रसाद काफ्ले ‘शैव’ले जनाए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला