अमेरिकाको डालस-फोर्टवोर्थ शहरमा कार्यक्षेत्र रहेको स्रस्टा साँझ अमेरिकाले सन् २०१७ देखि नेपाली साहित्य, संगीत तथा कला क्षेत्रहरुमा समर्पित नेपाल तथा अन्य देशमा रहेका स्रस्टाहरुलाई विभिन्न कार्यक्रममार्फत आफ्नो सिर्जना मौलाउने वातावरण प्रदान गरिरहेको छ । यस संस्थाले सन् २०२० मा जूम प्रबिधिको माध्यमबाट नेपाल, भारत, अमेरिका, क्यानाडा तथा न्युजिल्याण्ड आदि देशहरुका स्रस्टाहरुलाई साझा चौतारी प्रदान गर्दै विभिन्न २६ वटा कार्यक्रमहरु संचालन गरेको थियो । तीमध्ये उपन्यास सम्बन्धित -६ (उपन्यास समाज, नेपालको सहकार्यमा), बाल कार्यक्रम-६, गजल / मुक्तक कार्यक्रम-२, लघुकथा कार्यक्रम -३, मैथिली, भोजपुरी कार्यक्रम -२, कविता कार्यक्रम -२ र अन्य कार्यक्रमहरु थिए ।

उक्त सम्पन्न बैठकमा सहभागीहरुले सन् २०२० मा गरेका कार्यक्रमहरुको सिंहावलोकन तथा समीक्षा गरी सन् २०२१ मा कार्यक्रमहरुलाई अझै परिस्कृत तथा प्रभावकारी बनाउन विभिन्न सुझावहरु प्रस्तुत गरिएका थिए । साथै, स्रस्टा साँझ अमेरिकाको कार्यक्रम र कार्यक्षेत्र बिस्तार हुँदै गएको परिप्रेक्ष्यमा संस्थालाई अझ सुदृढ र गतिशील बनाउन नयाँ तदर्थ कार्य समिति गठन गरी सर्वसम्मतबाट पदाधिकारीहरुको चयन गरियो ।

नयाँ कार्यसमितिमा प्रा. प्रभात दिक्षित- अध्यक्ष र सचिवमा बैकुण्ठराज आचार्य रहेकाछन् । अन्य पदाधिकारीहरुमा विश्वराज अधिकारी (लघुकथा कार्यक्रम संयोजक), बिटु के.सी. (गजल / मुक्तक कार्यक्रम संयोजक), भगवती पौडेल (कविता कार्यक्रम संयोजक), पवनकुमार बुढाथोकी (कार्यक्रम संयोजक-नेपाल), शशी भट्टराई (मैथिली, भोजपुरी कार्यक्रम संयोजक) तथा प्रतिमा खरेल (बालकार्यक्रम संयोजक ) रहेका छन् ।