अमेरिकामा रहेका नेपाली कविहरुले अंग्रेजी नयाँ वर्ष २०२१ लाई कविता वाचन गरेर स्वागत गरेका छन् । अमेरिकाका विभिन्न राज्यमा रहेका कविहरू एउटै मञ्चमा जम्मा भएर कवितासहित शुभकामना व्यक्त गरेका हुन् ।

जूम प्रविधिमार्फत बिहीबार रातको ९ बजेदेखि सुरू भएको कार्यक्रममा संयोजक पदम विश्वकर्माले कार्यक्रमबारे प्रकाश पारेका थिए । यसैगरी गोवर्ध्दन पूजा, सर्वज्ञ वाग्ले र कृष्ण गिरीले कार्यक्रम सञ्चालन र स्वागत सत्कार गरेका थिए । कार्यक्रमलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनुका साथै विभिन्न अनलाइन पत्रिकाले पनि प्रसारण गरेका छन् ।

कार्यक्रममा हरिमाया अधिकारी, रश्मि भट्ट, उर्मिला निर्दोषी, राजेन्द्रप्रसाद अर्याल, आनन्द श्रेष्ठ, लक्ष्मण न्यौपाने, कल्पना सुबेदी, राजेन्द्र श्रेष्ठ, तारा अधिकारी, दुर्गा रिजाल, शकुन्तला ज्ञवाली, परशु तिमिल्सिना, डिलु चौलागाई, सीता अर्याल, तीर्थराज अधिकारी, ममता कर्माचार्य, आचार्य प्रभा, ईश्वर बगाले, ईश्वरीप्रसाद भट्ट, हरिप्रसाद काफ़्ले, विष्णा विरही, प्रकाश पाण्डे, केशव आचार्य, प्रकाश नेपाल, दीपा राई पुन, गुणराज लुइटेल, लालगोपाल सुवेदी, नरेश गौतम, ऋषि बस्ताकोटी,नीलकण्ठ सुबेदी, सुदीपभद्र खनाल, डा. दुर्गा दाहाल, राम लामा ‘अविनाशी’, सिर्जना शर्मा, अग्नि पराजुली, पदम बिश्वकर्मा, पुरु सुबेदी, उमा पराजुली, रीतादेवी प्रधान, आविष्कार भारती, पीपलमणि सिग्देल, कोमल भट्ट, दीपक कुंवर, कृष्ण गिरी, सर्वज्ञ वाग्ले, गीता बजगाईं, मोहन सिटौला र गोवर्ध्दन पूजाले कविता वाचन गरेका थिए ।