अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनआरएनए अमेरिका लगायतका संस्थाहरूका विशिष्ट हस्तीहरू अनि फ्रान्स, बेलायत, क्यानाडा र विशेषत: अमेरिकामा बस्ने नेपाली र नेपाली मूलका प्रख्यात व्यक्तित्वहरूसँग हातेमालो गर्दै अमेरिकाको म्याडिसनमा बस्ने साहित्यिक मनहरूले जनवरी १ मा नयाँ वर्ष २०२१ भव्य रूपमा मनाए। साथै, आपसमा परिचयको माला पहिऱ्याउँदै साहित्यिक रसपानमा रमाए।
जुम प्रविधिको प्रयोग गरी सञ्चालित उक्त शुभकामना आदान-प्रदान तथा साहित्यिक भेटघाट कार्यक्रमलाई साहित्यकार राजेन्द्र अर्याल, सन्तोष लामिछाने तथा पूर्ण श्रेष्ठले सन्चालन र समायोजन गरेका थिए ।
सानी नानी एरिना उप्रेतीबाट गाष्ट्रिय गीत गाएर प्रारम्भ भएको सो कार्यक्रममा दिनार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह, वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेले मन्तव्य र उपाध्यक्ष सर्वज्ञ वाग्ले त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा लगायतले परिचयसहितको मन्तव्य राख्दै रचना पाठ गरेका थिए ।
सभामा प्रख्यात रचनावाचक जोडी सरू तथा मुरारी गुरागाईँले कवि शिरोमणि लेखनाथ पौडेलको वार्षिकोत्सवको संझनास्वरूप तरुण तपसी कृतिबाट रचना वाचन गरी मन्त्रमुग्ध पारेका थिए ।
वरिष्ठ साहित्यकारहरू हरि अधिकारी, गोविन्द गिरी प्रेरणा, डा. गोविन्दसिह रावत (क्यानाडा), कृष्ण बजगाईं (बेलायत), हिरण्य भोजपुरे, हरिहर अर्याल(फ्रान्स) लगायल डा. दुर्गा दाहाल, तीर्थराज अधिकारी, गुणराज लुइँटेल, भारती गौतम, परशुराम भण्डारी, डा. ऋषि बस्ताकोटी, महेश्वर पन्त, उर्मिला निर्दोषी, नम्रता गुरागाई, कृष्ण गिरी, प्रकाश पाण्डे, डा.रमेश खनाल, निजानन्द मल्ल र अर्जुनराज पन्त समेतका अतिथि साहित्यकारहरूले रचना पाठ गरेका थिए।
सभामा उपस्थित स्थानीय कवि तथा साहित्यकारहरूमा अविमन पसछेँ, आविष्कार आरती, दिनार श्रेष्ठ, धन श्रेष्ठ, सन्तोष लामिछाने, प्रकाश भट्ट, कल्पना ढकाल, पूर्ण श्रेष्ठ, डा. कृष्ण सिजापति, राधा सिजापति, अयोध्या बाटाजु, डा. यदु गुरागाईँ, राधिका गुरागाई, डा. बेङ्कटेश शर्मा, निकिता पाण्डे, अर्चना धाख्वा, आन्या पाण्डे र मित्र पौडेल लगायत प्रायः सबैले रचना वाचन गरेका थिए ।
तीन घण्टासम्म चलेको सो कार्यक्रमलाई नेपाली अमेरिका मैत्री संघ, म्याडिसनका अध्यक्ष अविमन पसछेँले समापन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।