गैर आवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सहकार्यमा आह्वान गरिएको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०७७” को समयावधि जनावरी २५, २०२१ सम्मलाई थप गरिएको अनेसासले जनाएको छ ।

विदेशमा रहेका नेपाली भाषी १९ वर्ष उमेर समूहका बाल तथा किशोर कविहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने यस प्रतियोगिताको पुरस्कारको राशि प्रथम हुनेलाई १ हजार अमेरिकी डलर, द्वितीय हुनेलाई ५ सय र तृतीय पुरस्कार ३ सय अमेरिकी डलर रहेको छ ।

यस्तैअंग्रेजी भाषामा लेखिएको एउटा कवितालाई २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने पनि जनाइएको छ ।

उक्त प्रतियोगिताको नतिजा आगामी श्रीपञ्चमी अर्थात् सरस्वती पूजाका दिन घोषणा गरिनेछ । कविता २ सय शब्दभित्र लेखिएको र अप्रकाशित/अप्रसारित हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।