लेखक ददि सापकोटाले जनावरका मनदेखि यौनसम्मका कुरालाई समेटेर किताब लेखेका छन् । उनको ‘वनको वैभव’ किताब भर्खरै  बजारमा आएकाे छ ।

ददि सापकाेटा

‘वनको वैभव’मा पशुपन्छीबीचको प्रेम, विछोड, यौन मात्र होइन, पशुपन्छीले कसरी बलात्कार गर्छन् भन्नेसम्मको कुरालाई समेटेर रोचक ढंगले लेखिएको सापकोटाले साहित्यपोस्टलाई बताए ।

सापकोटा लामो समयदेखि फ्रान्समा बसोबास गर्दै आइरहेका छन् ।

नेपालमा हुँदा उनी जंगल घुम्न हिडिराख्थे । फ्रान्स गएपछि पनि उनी विभिन्न जंगलमा दौडिरहेको अनुुभव सुनाए । फ्रेन्च साथीसँग उनी २१ दिनसम्म जंगलमै बसेको बताउँछन् ।

उनले ‘वाइल्ड लाइफ’को विषयमा किताब लेख्ने सोच १८ वर्ष अघि नै बनाएका थिए ।

‘किताब लेख्ने सोच अहिलेको होइन, १८ वर्ष पहिला नै यस्तो विषयमा पुस्तक लेख्छु भन्ने सोचेको थिए ।’उनले भने पशुुपन्छीको बारेमा बुुझेर किताबको तयारी गरेको हुँ ।’

किताब जुनसुकै पाठकले पनि बुझ्ने गरी सरल भाषमा लेखिएको उनको भनाइ छ ।

सापकोटाका यसअघि पनि ३ ओटा किताब सार्वजनिक भइसकेका छन् ।